काठमाडौं- डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्षम स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
स्वतन्त्र उम्मेदवारी दिएर खरायो चुनाव चिन्ह पाएका कार्मा छोइवेल गुरुङ ५३५ मतसहित विजयी भए। उनका एक मात्र प्रतिश्पर्धी माओवादी केन्द्रका तेम्वा गुरुङले ३०२ मत पाए।
गाउँ पालिका अध्यक्षमा दुई जनाको मात्र उम्मेदवारी परेको थियो। उपाध्यक्षमा भने नेकपा एकीकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भएका थिए।
६ वटा वडा रहेको यो गाउँपालिकामा चार वडाध्यक्ष निर्विरोध भएका थिए। जसमध्ये कांग्रेस र एकीकृत समाजवादीबाट दुई दुई जना निर्विरोध भएका थिए।
वडा नं. १ र ३ मा निर्वाचनमार्फत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। दुवै वडामा एकीकृत समाजवादी विजयी भएको थियो।
स्वतन्त्र निर्वाचित हुने गुरुङ सातौं पालिका प्रमुख हुन्। त्यसबाहेक काठमाडौं महानगरसहित धरान, धनगढी र जनकपुर उपमहानगर तथा बर्दिबास नगरपालिकामा स्वतन्त्रले अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।