काठमाडौं- धनकुटा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी भएका छन्।
मेयरमा एमालेका चिन्तन तामाङले कांग्रेसका दिनेश राईलाई १४ मतले पराजित गरेका हुन्। तामाङले ७ हजार ६६६ मत पाउँदा राईले ७६५२ मत पाए। धनकुटामा एमाले एक्लै प्रतिश्पर्धामा थियो भने कांग्रेलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको साथ थियो।
तामाङ र राईले दोस्रो पटक धनकुटाको मेयरमा प्रतिश्पर्धा गरेका हुन्। अघिल्लो निर्वाचनमा पनि तामाङले राईलाई पराजित गरेका थिए। त्यसबेला मतान्तर ११४ थियो। तामाङले ४ हजार ९३३ र राईले ४ हजार ८१९ मत पाएका थिए।
उपमेयरमा पनि एमालेकी भीमादेवी खनालले गठबन्धनतर्फ माओवादी केन्द्रका गणेश वष्टलाई पराजित गरिन्। खनालले ७ हजार १९६ मत पाउँदा विष्टले ६ हजार ६२९ मत पाए।
१० वटा वडा रहेको नगरपालिकामा पाँच पाँच वडा एमाले र कांग्रेसले जितेका छन्। तर, वडा नं. ३ मा भने जसपाका उम्मेदवार विकास घिमिरेले कांग्रेसको रुख चिन्ह लिएर उम्मेदवार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।