• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनाव पनि आन्दोलन हो, नागरिक उन्मुक्ति पार्टीले जनताको मत पाउँछ : गणेश चौधरी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, वैशाख १४, २०७९  १८:३०
1140x725

स्थानीय तहको निर्वाचनमा देशैभर पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। कैलालीमा भने गठबन्धन र एमालेका लागि एकअर्का उम्मेदवारमात्र प्रतिस्पर्धी छैनन्। निलम्बित सांसद रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहमा ठूला दलका उम्मेदवारलाई चुनौती दिने देखिएको छ। उन्मुक्ति पार्टीबाट गणेश चौधरीले जानकी गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका छन्। दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय उनीसँग नेपाललाइभका लागि बीपी अनमोलले गरेको कुराकानी :

नागरिक उन्मुक्ति पार्टीले कैलालीका स्थानीय तहमा उम्मेदवारी दिएको छ। तयारी कसरी भइरहेको छ?
कैलालीमा १३ वटा स्थानीय तह छन्। यीमध्ये १० वटामा हाम्रो पार्टीले उम्मेदवारी दिएको छ। उम्मेदवारी दर्ता गरेसँगै प्रचारप्रसारलाई तीव्र बनाएका छौं। हरेक मतदातासँग भेटघाट र छलफल गरिरहेका छौं। गोदावरी नगरपालिका, चुरे र मोहन्याल गाउँपालिकामा हाम्रो पार्टीको उम्मेदवारी छैन। समग्रमा हामीले पार्टीको एजेन्डालाई आम मतदातासम्म पुर्‍याइरहेका छौं। 

तपाईंहरूको पार्टीले जित्नका लागि उम्मेदवारी दिएको हो कि कसैलाई हराउन मात्र?
हाम्रो पार्टीको सशक्त उपस्थिति भएकाले सबै ठाउँमा हामी जित्छौं। यो हाम्रो दाबी हो। त्यसमा पनि हामीले जित सुनिश्चित हुने स्थानीय तहको रुपमा कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया र जोशीपुर गाउँपालिकालाई लिएका छौँ। यहाँ हामी बलियो शक्तिका रुपमा रहेका छौं। 

कैलालीमा नागरिक उन्मुक्ति पार्टीको मुख्य प्रतिस्पर्धा कुन दलसँग हुन्छ? 
कैलालीको अहिलेको परिस्थिति हेर्दा कोसँग मुख्य प्रतिस्पर्धा हुन्छ भनेर भन्न सकिने अवस्था मैले देखेको छैन। किनभने, यहाँ गठबन्धन गरेर एउटा शक्ति अघि बढेको छ। तर, गठबन्धन दलबीच धेरै कुरा मिलिसकेको अवस्था छैन। धेरै असन्तुष्टि अहिले पनि कायमै छ। कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको अवस्था छ। आफैं तितरबितर छन्। अर्कोतिर नेकपा एमाले पनि फुटेको स्थिति छ। त्यहाँबाट ठूलो पंक्ति बाहिरिएपछि एमाले पनि कमजोर भएको छ। यी विभिन्न दलमा देखिएको टुटफुटको स्थिति र यिनले विगतमा सरकारमा रहँदा गरेका कामबाट जनतामा असन्तुष्टि देखिएकाले अहिले हामी बलियो शक्ति भएर खडा भएका छौं।  

तपाईंको पार्टी र तपाईं स्वयंले जित्ने आधार के के हुन्?
कैलालीको हकमा भन्ने हो भने हिजोको दिनमा अखण्ड सुदूरपश्चिम र थारुवान/थरुहटको नाममा आन्दोलन भयो। त्यो आन्दोलन पहिचानका लागि थियो। विगतमा पहिचानको मुद्दा बोकेकाहरूले सडकमा त्यसै छोडेर गए। जस्तो, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमकै कुरा गर्नुस्। उनीहरूले मुद्दा उठाए, तर त्यसलाई पूरा गर्न सकेनन्। अहिले पनि यो क्षेत्रमा पहिचानको मुद्दा स्थापित हुनुपर्छ भन्ने मान्यता बोकेका मानिसहरू धेरै छन्। हिजो स्थानीय सरकारसँग जनताले राखेका आशा र अपेक्षा जे थिए ती पनि पूरा हुन सकेनन्। जनताले चाहेको शान्ति र विकास हुन सकेन। घरआँगनमा स्थानीय सरकार छ भन्ने अनुभुति गर्न पाएनन्। 

Ncell 2
Ncell 2

अर्को कुरा, विगतमा भएको टीकापुर घटनाले पनि मानिसलाई तितरबितर बनायो। समाजलाई विभाजित गर्ने काम भयो। अझै मिलिसकेको अवस्था छैन। जातीय/भेगीय द्वन्द्वले समाजलाई असर गरिरहेकै छ। अहिले हाम्रो पार्टी यस्ता समस्यालाई कसरी मिलाएर लैजान सकिन्छ भन्नेमै लागेको छ। हाम्रो मुख्य एजेन्डा पनि यही हो। जबसम्म मान्छेमाथि अन्याय, अत्याचार, शोषण र दमन भइरहन्छ, क्रान्ति र आन्दोलन गरिरहने हो।

यो पनि पढ्नुहोस्

गठबन्धन र एमालेलाई कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको चुनौतीबुधबार, वैशाख १४, २०७९

कैलालीको पूर्वी इलाकाका मानिसहरू, जो थारु हुन् वा पहाडी, उनीहरूले के बुझेका छन् भने, राज्यले हामीलाई विभेद गरेको छ। हिजो माथि बस्ने नेताहरुले लडाएर हिंसा गराएको यहाँका मानिसहरूले बुझेका छन्। त्यसलाई समाधान गरेर समाजलाई जोड्न राज्यले पहल गरेन। त्यसैले यहाँका मानिसहरूमा आफूहरू अन्यायमा परेको महसुस भइरहेको छ। चुनाव भनेको आन्दोलन नै हो भन्ने मानिसहरूले बुझेका छन्। यो आन्दोलनमा सबै नागरिकहरू सहभागी भएर हाम्रो पार्टीलाई मतदान गर्छन् भन्नेमा हामी विश्वस्त छौं।

तपाईंको पार्टीले स्थानीय तहमा जितेर आन्दोलनकै कुरा मात्र गर्ने कि त्यस क्षेत्रको विकासमा पनि ध्यान जान्छ?
पहिचान भनेको थारु समुदायको मात्रै हुँदैन। आममान्छेसँग जोडिने विषय हो। थारु र पहाडी समुदाय दुवैको चासो छ। भूगोल र सांस्कृतिक आधारमा पहिचान स्थापित हुनुपर्छ भन्ने हाम्रो माग हो। भूगोलका आधारमा थारुवान/थरुहटको आन्दोलन भयो, एउटा भूगोलको माग थियो। तर, त्यो हुन सकेन। कालान्तरमा त्यो विषय फेरि उठ्ला। तर, अहिले हामीहरूले चुनाव जित्यौं भने सांस्कृतिक आधारमा पहिचान स्थापित गर्न सक्छौं भन्ने हो। यसका लागि एउटा उदाहरण दिन्छु।

हामीले बजारमा पाइने खानेकुरा हेर्ने हो भने विदेशबाट आयातीत धेरै छन्। तर, हाम्रो समुदायमा भएका थारु र पहाडीका सांस्कृतिक पहिचानको रूपमा रहेको सेल, ढिकरीलगायत खानेकुरा कसैले खान सिकायो? राज्यले नै आयातीत वस्तु स्थापित गरेर हाम्रा परम्परागत खानेकुरालाई विस्थापन गरेको छ। यस्ता धेरै विभेद व्याप्त छन्। भाषाको कुरा हेर्नुस्, थारु समुदायको बच्चालाई नेपाली बोल्नु भनेको पहाडी समुदायको बच्चाले अङ्ग्रेजी बोल्नुसरह हो। थारु समुदायको बच्चाले विद्यालय गएर एकैपटक नेपाली भाषामा कसरी शिक्षा लिन सक्छ? 

तराईका थारुहरूलाई मात्रै लाग्ने सिकलसेल रोगको उपचार व्यवस्था अहिलेसम्म हुन सकेको छैन। राज्यले अन्य रोगको उपचारको व्यवस्था गरे पनि सिकलसेलको उपचारमा बेवास्ता गरिएको छ। टीकापुर घटनामा पनि थारुमाथि विभेद भयो। पहिचानका लागि भएको आन्दोलनमा हिंसा भड्कियो, केही मानिसको मृत्यु भयो। तर, थारु समुदायले मानिस मारेको आरोप लगाइयो। त्यही घटनाको भोलिपल्ट टीकापुरमा थारुका घर छानीछानी आगो लगाउने काम भयो। आगो लगाउने मानिसहरूलाई पक्राउ गरेर कारबाही गरिएन। जो क्रान्तिकारी छ, जसले विभेदविरुद्ध अघि सर्छु भन्ने सोच्छ, उसले नागरिक उन्मुक्ति पार्टीलाई मत दिन्छ। 

तपाईं जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो भने कस्ता कामलाई प्राथमिकता दिनुहुन्छ?
यो गाउँपालिका टीकापुर र लम्कीचुहा नगरपालिकाको बीचमा छ। यहाँ उचित शिक्षाको प्रबन्ध हुन सकेको छैन। जानकी गाउँपालिकाका बालबालिका स्कुल पढ्न टीकापुर वा लम्की जानुपर्ने अवस्था छ। त्यहाँका बालबालिका पनि जानकी गाउँपालिकामा आएर पढ्न सक्नुपर्ने हो नि। शिक्षामा आमूल सुधार मेरो पहिलो प्राथमिकता हो। 

यहाँका नागरिकले अहिलेसम्म गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। सरकारले हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउने भनेको छ। त्यसका लागि पनि मैले आवश्यक काम गर्ने योजना बनाएको छु। गाउँपालिकाले अहिलेसम्म भाडाको घरमा बसेर सेवा दिइरहेको छ। आफ्नै एउटा भवन निर्माण गर्नुपर्ने छ। त्यस्तै, यहाँका नागरिकको आर्थिक अवस्थालाई माथि उठाउनु छ। धेरै मानिस कृषि पेशामा आबद्व छन्। उनीहरूलाई कसरी कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ पनि मैले विशेष कार्यक्रम लैजाने सोचेको छु।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मंगलबार, माघ १३, २०८२
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग मंगलबार, माघ १३, २०८२
ओखलढुंगामा राई दम्पतीको हत्या मंगलबार, माघ १३, २०८२
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्