• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनाव पनि आन्दोलन हो, नागरिक उन्मुक्ति पार्टीले जनताको मत पाउँछ : गणेश चौधरी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, वैशाख १४, २०७९  १८:३०
1140x725

स्थानीय तहको निर्वाचनमा देशैभर पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। कैलालीमा भने गठबन्धन र एमालेका लागि एकअर्का उम्मेदवारमात्र प्रतिस्पर्धी छैनन्। निलम्बित सांसद रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहमा ठूला दलका उम्मेदवारलाई चुनौती दिने देखिएको छ। उन्मुक्ति पार्टीबाट गणेश चौधरीले जानकी गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका छन्। दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय उनीसँग नेपाललाइभका लागि बीपी अनमोलले गरेको कुराकानी :

नागरिक उन्मुक्ति पार्टीले कैलालीका स्थानीय तहमा उम्मेदवारी दिएको छ। तयारी कसरी भइरहेको छ?
कैलालीमा १३ वटा स्थानीय तह छन्। यीमध्ये १० वटामा हाम्रो पार्टीले उम्मेदवारी दिएको छ। उम्मेदवारी दर्ता गरेसँगै प्रचारप्रसारलाई तीव्र बनाएका छौं। हरेक मतदातासँग भेटघाट र छलफल गरिरहेका छौं। गोदावरी नगरपालिका, चुरे र मोहन्याल गाउँपालिकामा हाम्रो पार्टीको उम्मेदवारी छैन। समग्रमा हामीले पार्टीको एजेन्डालाई आम मतदातासम्म पुर्‍याइरहेका छौं। 

तपाईंहरूको पार्टीले जित्नका लागि उम्मेदवारी दिएको हो कि कसैलाई हराउन मात्र?
हाम्रो पार्टीको सशक्त उपस्थिति भएकाले सबै ठाउँमा हामी जित्छौं। यो हाम्रो दाबी हो। त्यसमा पनि हामीले जित सुनिश्चित हुने स्थानीय तहको रुपमा कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया र जोशीपुर गाउँपालिकालाई लिएका छौँ। यहाँ हामी बलियो शक्तिका रुपमा रहेका छौं। 

कैलालीमा नागरिक उन्मुक्ति पार्टीको मुख्य प्रतिस्पर्धा कुन दलसँग हुन्छ? 
कैलालीको अहिलेको परिस्थिति हेर्दा कोसँग मुख्य प्रतिस्पर्धा हुन्छ भनेर भन्न सकिने अवस्था मैले देखेको छैन। किनभने, यहाँ गठबन्धन गरेर एउटा शक्ति अघि बढेको छ। तर, गठबन्धन दलबीच धेरै कुरा मिलिसकेको अवस्था छैन। धेरै असन्तुष्टि अहिले पनि कायमै छ। कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको अवस्था छ। आफैं तितरबितर छन्। अर्कोतिर नेकपा एमाले पनि फुटेको स्थिति छ। त्यहाँबाट ठूलो पंक्ति बाहिरिएपछि एमाले पनि कमजोर भएको छ। यी विभिन्न दलमा देखिएको टुटफुटको स्थिति र यिनले विगतमा सरकारमा रहँदा गरेका कामबाट जनतामा असन्तुष्टि देखिएकाले अहिले हामी बलियो शक्ति भएर खडा भएका छौं।  

तपाईंको पार्टी र तपाईं स्वयंले जित्ने आधार के के हुन्?
कैलालीको हकमा भन्ने हो भने हिजोको दिनमा अखण्ड सुदूरपश्चिम र थारुवान/थरुहटको नाममा आन्दोलन भयो। त्यो आन्दोलन पहिचानका लागि थियो। विगतमा पहिचानको मुद्दा बोकेकाहरूले सडकमा त्यसै छोडेर गए। जस्तो, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमकै कुरा गर्नुस्। उनीहरूले मुद्दा उठाए, तर त्यसलाई पूरा गर्न सकेनन्। अहिले पनि यो क्षेत्रमा पहिचानको मुद्दा स्थापित हुनुपर्छ भन्ने मान्यता बोकेका मानिसहरू धेरै छन्। हिजो स्थानीय सरकारसँग जनताले राखेका आशा र अपेक्षा जे थिए ती पनि पूरा हुन सकेनन्। जनताले चाहेको शान्ति र विकास हुन सकेन। घरआँगनमा स्थानीय सरकार छ भन्ने अनुभुति गर्न पाएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को कुरा, विगतमा भएको टीकापुर घटनाले पनि मानिसलाई तितरबितर बनायो। समाजलाई विभाजित गर्ने काम भयो। अझै मिलिसकेको अवस्था छैन। जातीय/भेगीय द्वन्द्वले समाजलाई असर गरिरहेकै छ। अहिले हाम्रो पार्टी यस्ता समस्यालाई कसरी मिलाएर लैजान सकिन्छ भन्नेमै लागेको छ। हाम्रो मुख्य एजेन्डा पनि यही हो। जबसम्म मान्छेमाथि अन्याय, अत्याचार, शोषण र दमन भइरहन्छ, क्रान्ति र आन्दोलन गरिरहने हो।

यो पनि पढ्नुहोस्

गठबन्धन र एमालेलाई कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको चुनौतीबुधबार, वैशाख १४, २०७९

कैलालीको पूर्वी इलाकाका मानिसहरू, जो थारु हुन् वा पहाडी, उनीहरूले के बुझेका छन् भने, राज्यले हामीलाई विभेद गरेको छ। हिजो माथि बस्ने नेताहरुले लडाएर हिंसा गराएको यहाँका मानिसहरूले बुझेका छन्। त्यसलाई समाधान गरेर समाजलाई जोड्न राज्यले पहल गरेन। त्यसैले यहाँका मानिसहरूमा आफूहरू अन्यायमा परेको महसुस भइरहेको छ। चुनाव भनेको आन्दोलन नै हो भन्ने मानिसहरूले बुझेका छन्। यो आन्दोलनमा सबै नागरिकहरू सहभागी भएर हाम्रो पार्टीलाई मतदान गर्छन् भन्नेमा हामी विश्वस्त छौं।

तपाईंको पार्टीले स्थानीय तहमा जितेर आन्दोलनकै कुरा मात्र गर्ने कि त्यस क्षेत्रको विकासमा पनि ध्यान जान्छ?
पहिचान भनेको थारु समुदायको मात्रै हुँदैन। आममान्छेसँग जोडिने विषय हो। थारु र पहाडी समुदाय दुवैको चासो छ। भूगोल र सांस्कृतिक आधारमा पहिचान स्थापित हुनुपर्छ भन्ने हाम्रो माग हो। भूगोलका आधारमा थारुवान/थरुहटको आन्दोलन भयो, एउटा भूगोलको माग थियो। तर, त्यो हुन सकेन। कालान्तरमा त्यो विषय फेरि उठ्ला। तर, अहिले हामीहरूले चुनाव जित्यौं भने सांस्कृतिक आधारमा पहिचान स्थापित गर्न सक्छौं भन्ने हो। यसका लागि एउटा उदाहरण दिन्छु।

Xtrem
Xtrem

हामीले बजारमा पाइने खानेकुरा हेर्ने हो भने विदेशबाट आयातीत धेरै छन्। तर, हाम्रो समुदायमा भएका थारु र पहाडीका सांस्कृतिक पहिचानको रूपमा रहेको सेल, ढिकरीलगायत खानेकुरा कसैले खान सिकायो? राज्यले नै आयातीत वस्तु स्थापित गरेर हाम्रा परम्परागत खानेकुरालाई विस्थापन गरेको छ। यस्ता धेरै विभेद व्याप्त छन्। भाषाको कुरा हेर्नुस्, थारु समुदायको बच्चालाई नेपाली बोल्नु भनेको पहाडी समुदायको बच्चाले अङ्ग्रेजी बोल्नुसरह हो। थारु समुदायको बच्चाले विद्यालय गएर एकैपटक नेपाली भाषामा कसरी शिक्षा लिन सक्छ? 

तराईका थारुहरूलाई मात्रै लाग्ने सिकलसेल रोगको उपचार व्यवस्था अहिलेसम्म हुन सकेको छैन। राज्यले अन्य रोगको उपचारको व्यवस्था गरे पनि सिकलसेलको उपचारमा बेवास्ता गरिएको छ। टीकापुर घटनामा पनि थारुमाथि विभेद भयो। पहिचानका लागि भएको आन्दोलनमा हिंसा भड्कियो, केही मानिसको मृत्यु भयो। तर, थारु समुदायले मानिस मारेको आरोप लगाइयो। त्यही घटनाको भोलिपल्ट टीकापुरमा थारुका घर छानीछानी आगो लगाउने काम भयो। आगो लगाउने मानिसहरूलाई पक्राउ गरेर कारबाही गरिएन। जो क्रान्तिकारी छ, जसले विभेदविरुद्ध अघि सर्छु भन्ने सोच्छ, उसले नागरिक उन्मुक्ति पार्टीलाई मत दिन्छ। 

तपाईं जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो भने कस्ता कामलाई प्राथमिकता दिनुहुन्छ?
यो गाउँपालिका टीकापुर र लम्कीचुहा नगरपालिकाको बीचमा छ। यहाँ उचित शिक्षाको प्रबन्ध हुन सकेको छैन। जानकी गाउँपालिकाका बालबालिका स्कुल पढ्न टीकापुर वा लम्की जानुपर्ने अवस्था छ। त्यहाँका बालबालिका पनि जानकी गाउँपालिकामा आएर पढ्न सक्नुपर्ने हो नि। शिक्षामा आमूल सुधार मेरो पहिलो प्राथमिकता हो। 

यहाँका नागरिकले अहिलेसम्म गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्। सरकारले हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउने भनेको छ। त्यसका लागि पनि मैले आवश्यक काम गर्ने योजना बनाएको छु। गाउँपालिकाले अहिलेसम्म भाडाको घरमा बसेर सेवा दिइरहेको छ। आफ्नै एउटा भवन निर्माण गर्नुपर्ने छ। त्यस्तै, यहाँका नागरिकको आर्थिक अवस्थालाई माथि उठाउनु छ। धेरै मानिस कृषि पेशामा आबद्व छन्। उनीहरूलाई कसरी कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ पनि मैले विशेष कार्यक्रम लैजाने सोचेको छु।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्