काठमाडौं– २० करोड रुपैयाँभन्दा बढी मागदाबीसहित मुद्दा दर्ता भएका व्यक्ति नै मेयर बन्ने दाउमा लागेका छन्। २० करोड ८७ लाख रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता भएका बलराम महतो जनकपुर उपमहानरपालिकाको मेयर बन्ने दाउमा लागेका हुन्।
उनी रमण कन्स्ट्रक्सनका सञ्चालक हुन्। कांग्रेस र माओवादी केन्द्रबाट टिकटका लागि लबिइङ गरेका महतोले नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
निर्माण व्यवसायी महतोले एक महिना अघिदेखि नै चुनाव उठ्ने लक्ष्यसहित मैदानमा होमिएका थिए।
उनै महतोलाई राजश्व अनुसन्धान विभागले २० करोड ८७ लाख रुपैयाँ मागदाबी र कैद सजाय माग गर्दै विशेष मुद्दा समेत चलाएको थियो। उक्त मुद्दा अहिले पनि उच्च अदालत पाटनमा विचाराधीन अवस्थामै छ।
ठेक्का लिएर काम अलपत्र पारेको भन्दै गत चैतमा मात्रै रमण कन्स्ट्रक्सनसहित ६ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो। महतोको कम्पनीले नक्कली बिजक लिएर राजश्व चुहावट गरेको आरोप लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।