काठमाडौं– ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आइतबारको खेलमा २ विकेट लिएका छन्।
मोन्टेरियल टाइगर्सका लागि ४ ओभरमा बलिङ गर्दै सन्दीपले २ विकेट हात पारेका हुन्। टोरन्टो नेसनल विरुद्धको उक्त खेलमा उनले ३४ रन खर्चिएका थिए। सन्दीपले टोरन्टोका लागि सर्वाधिक रन बनाएका नितिश कुमारलाई ४६ रनमा सुनील नारिनबाट क्याच गराउँदै पेभिलियनको बाटो देखाए। यस्तै उनले नवित धनीवाललाई शून्य रनमा आउट गरे। उनले नवितलाई विकेटकिपर दिनेश रामदिनबाट स्पम्टपिन गराएका थिए।
सन्दीपले अहिलेसम्म चार खेल खेल्दै पाँच विकेट लिएका छन्।
यद्यपी सन्दीपको टिम मोन्टेरियललाई टोरन्टोले १ विकेटले पराजित गर्यो। मोन्टेरियलको यो चौथो हार हो। पहिलो चरणको पाँच खेल सकिदा मोन्टेरियाले एक खेलमा मात्र जित हात पार्न सफल भएको छ।
आइतबार मोन्टेरियलले दिएको १ सय ७७ रनको लक्ष्य टोरन्टोले अन्तिम बलमा ९ विकेट गुमाएर पार गरेको थियो। टोरन्टोका लागि नितिश कुमारले ४६,एन्टोन डेभकिकले ४३ र केइरन पोलार्डले ३७ रन जोडे। बलिङमा सन्दीपले २ विकेट तथा लासिथ मालिङ्गाले र पिटर सिड्लेले ३–३ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मोन्टेरियलले ४ विकेट गुमाएर १ सय ७६ रन जोड्यो। उसका लागि जर्ज वर्करले ६२ र मोइसिस हेनरिक्सले ५० रन जोडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।