काठमाडौं– इंग्ल्यान्ड विरुद्धको ३ खेलको टी–२० सिरिज भारतले २–१ ले जितेको छ। आइतबार भएको तेस्रो तथा निर्णायक खेलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज कब्जा गरेको हो।
इंग्ल्यान्डले दिएको १ सय ९९ रनको लक्ष्य भारतले ८ बल बाँकी छदा ४ विकेटको क्षतिमा पार गरेको थियो। भारतका लागि ओपनर रोहित शर्माले नटआउट १०० रन जोडे। उनले ५६ बल खेल्दा ११ चौका र ५ छक्का प्रहार गरे। रोहित शर्मा ५ रन तथा लोकेश राहुल १९ रनमा आउट भए। कप्तान विराट कोहलीले २९ बलमा ४३ रन जोडे भने हार्दिक पाण्ड्याले १४ बलमा नटआउट ३३ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९८ रन जोडे। इंग्ल्यान्डका लागि जासन रोएले ६७ रन तथा जोस बटलर ३४ र एलेक्स ३० रन जोडे। बलिङमा भारतका हार्दिक पाण्ड्याले ४ विकेट लिए। म्यान अफ दि सिरिज र म्यान अफ दि म्याच रोहित शर्मा भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।