• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ३०, २०८२ Sun, Nov 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेता बन्न सकिएला, जुध्न सजिलो छैन अन्जली!

विन्दु शर्मा बिहीबार, वैशाख ८, २०७९  १५:००
1140x725

रातो जामा। रातो चप्पल। दुई चुल्ठा बाटेको कपाल। चुल्ठामा रातै रिबन। हातमा समेत रातो झोला झुण्ड्याएकी उनलाई हेर्दा यस्तो लाग्छ, रातो रङप्रति बढी नै मोह छ।

गत हप्ता काठमाडौँको एक अस्पतालको रिसेप्सन कक्षमा भेट्दा उनी थकित देखिन्थिन्। गाजल लगाएको आँखामा सपना मुर्झाएका देखिँदैन थिए। हातमा बोकिरहेकाे पुरानो दर्ता किताबले उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन् भनेर अनुमान गर्न गाह्रो पर्दैनथ्यो।

उनी  मैथलीभाषी भएको कारण रिसेप्सनिष्टलाई कुरा गर्न कठिन भइरहेको थियो। त्यसैले हुनुपर्छ रिसेप्सनिष्टले अरूको सहायता लिइन्।

रिसेप्सनिष्टले राम्रोसँग बुझिनन् क्यारे, उनी पख्नुस् हौ भन्दै थिइन्। उनले कसैलाई बाेलाउन खोजिरहेको देखिन्थ्याे। सँगै उनकी आमा आएकी थिइन्। आमाको देब्रे आँखा सेताे टेपले छोपिएको थियो। 

रिसेप्सन आडमै रहेको क्यास काउन्टरका दुइमध्ये एक जना दा‍इ काउन्टरबाट बाहिर आई 'अन्जली तिमी पनि आएको आमासँग?' भनेर उनलाई उचालेर काखमा राखे। देख्दा लाग्थ्यो उनीहरुबीचकाे चिनजान पुरानो हो। उनकी आमा ती व्यक्तिसँग मैथिलीमा कुरा गरिरहेकी थिइन्।

अन्जलीले सानाे स्वरमा ती दाइलाई सुनाइन्, 'आज मेरो जन्मदिन हो नि।'

अन्जली ९ वर्ष पुगेकी रहिछन्। आमाको आँखामा मोतियाबिन्दु भएका कारण अपरेसनका लागि आमाछोरी आएका रहेछन्। आमा र ती दाइको कुरा सुनिरहेकी थिइन्, अन्जली।

उनकी आमाले  सोधिन्, 'वाउ, मोतियाबिन्दुके लेल अप्रेसन खर्च कते लगतै ?'

Ncell 2
Ncell 2

ती दाइले विदेशी लेन्स हाल्नु पर्ने भो भने ५० हजारसम्ममा खर्च लाग्न सक्ने बताए। ती दाइको बोली भुईंमा झर्न नपाउँदै अन्जली बोलिन्,  'हे भगवान, अतेक महग? कनि कम करैला नै मिल्तै ?'

दाइ, केही भन्न खोज्दै थिए। फेरि अन्जली नै बोलिन्,  'हमरा सङे बहुत पैसा रुपैयाँ नै छे मिल बला है त मिलादू,'

उनको कुरा सुनेर आमा र ती दाइ हेराहर गरे। केही बेर काेही बोलेनन्। अन्जलीका आँखा वेटिङ रुममा बसिरहेका बिरामी र उनका आफन्ततिर डुलिरहे। उनले ती बिरामी र बिरामीका आफन्तलाई हेर्दै फेरि बोलिन्, 'हमरा जका आदमी सबके उपचार कराबके लेल बड मश्किल।'

आमाले छोरीको आँखामा पुलुक्क हेरिन्। आमाको गहभरि आँसु देखेर अन्जलीले भनिन्, 'आमा, सामाजिक पढाब मिस कहैत छल्लिन, जे शिक्षा आ स्वास्थ्य त सस्ता होबाक चाही।'

अन्जलीको कुरा सुनेर मन भरिएर आयो। म पनि चस्माको पावर चेक गर्न आएकी थिएँ।  पालो पर्खिने क्रममा रिसेप्सन नजिक बस्दा अन्जलीको कुरा नजिकबाट सुन्न पाइरहेकी थिएँ। कार्ड अन्जलीको हातमा थियो। त्यसमा तलतिर नाम, उमेर, लिंग र ठेगाना लेखिएको थियो। 

जानकी महतो, उमेर ५२, ठेगाना पर्सा।

पर्साबाट आमा-छोरी आमाको आँखाको उपचारका लागि आएका रहेछन्। छोरीको आमाप्रतिको माया र  महंगो उपचारले बाल मनोविज्ञानमा परेको असर  देखेर मन खिन्न बनायो। 

अन्जलीलाई सामाजिक पढाउने मिसले भनेको कुरा मनमा गडेको रहेछ। उनलाई मिसले पढाउँदा शिक्षा, स्वास्थ्य सुलभ हुनुपर्छ भन्ने कुराले बढी नै छोएको हुनुपर्छ। 

म बसेको नजिकै पानीको जार राखिएको थियो। अन्जली मेरो झनै नजिक आएकी थिइन्। मलाई उनीसँग बोलौँ बाेलौँ लाग्यो।

डिस्पेन्सरबाट पानी निकालेर दिँदै गर्दा उनले मेरो मुखमा हेरिन्। म मन्द मुस्काएँ। मेरो आँखामा लगाएको चस्मा हेर्दै उनले साेधिन्, ‘दिदी यो चस्मामा पावर धेरै राख्ने हो भने त अपरेसन नगरे पनि हुन्छ होला नि है।’

उनको कुराले मलाई सारै नै गाह्रो बनाएको थियो। तर, सरल तरिकाले प्रस्तुत हुन खोज्दै भनेँ, 'त्यस्तो हुँदैन नानु। कतिपय आँखाको समस्यालाई अपरेसन गरेरै निको पार्नु पर्ने हुन्छ।'

फेरि मलाई सोधिन्, 'दिनमा मेरो आमाजस्तो कति बिरामी आउछन् होला है?'

'आँखाका  बिरामीहरु हरेक दिनजस्तो अस्पताल आउछन्,'  मैले भनेँ।

'यति धेरै आउने ठाँउमा पनि किन यस्तो महंगो हाे,' अन्जलीले फेरि थपिन्।

'आँखा अति नै संवेदनशील अंग भएको र एकदमै ध्यान दिएर उपचार गर्नुपर्ने भएको भएर यसमा प्रयोग हुने प्रविधि महंगो हुन्छ, त्यसैले होला,' मैले भनेँ।

उनकी आमा ती दाइसँग बोलिरहेकी थिइन्। अलि पर दुई डाक्टर कुरा गर्दै थिए, 'त्यो प्यासेन्टको अवस्था अलिक कम्प्लिेकेटेड छ। सिनियर डाक्टर फलानोसँग कन्सल्ट गर्नुपर्छ।'

उनीहरुको कुरा सुनेर अन्जलीले सोधिन्, 'दिदी, यो आँखाको उपचारमा लाग्ने खर्च कम गर्न कसले सक्छ?'

'प्रशासनसँग एक पटक कुरा गर्नु पर्छ होला,'  मैले भनेँ।

उनले भनिन्, 'होइन के दिदी, मेरो आमाको मात्रै होइन। जति बिरामी आउँछन् र हामीजस्तै पैसा धेरै नहुने पनि छन्, उनीहरुका लागि।'

प्रतिउत्तरमा मैले भनेँ, 'देशमा स्वास्थ्य सुविधाको राम्रो पहुँच र सस्तो भयो भने सबैलाई सजिलो हुन्छ।'

उनले झट्ट भनिन्, 'दिदी यो देशका नेताहरुको आँखामा कहिल्यै समस्या आउदैन हो?'

उनको आक्रोश नेताप्रति थियो। उनले भुईंतिर हेर्दै भनिन्, 'म अब यो देशको खत्रा नेता बन्छु, अनि स्वास्थ्य र शिक्षा सबैलाई फ्रि गरिदिन्छु।'

उनको त्यो कुराले आँखा रसाएर आयो। मैले सोधेँ, 'तिमीलाई यो देशको नेता को मन पर्छ?'

उनको सिधै उत्तर थियो, 'मलाई कोही मन पर्दैन।'

'किन मन पर्दैन?' मैले सोधेँ।

उनले भनिन्, 'मेरो ठूलोबाबा पर्नेको छोरी (दिदी) गाउँको नेता हो। दिदीले कति राम्रो कुरा गर्नुहुन्छ। अस्ति नै पनि गाउँमा स्वास्थ्य शिविर दिदीको पहलमा भयो। डाक्टरहरु आए। गाँउको सबैलाई चेकजाँच गरे। शिविरबाट सन्चो नहुनेहरुलाई जिल्लाको अस्पतालमा पठाए। कति राम्रो काम गर्नु भएको थियो। तर, अहिले त्यहाँको अर्को नेताले दिदीलाई काम गर्नबाट रोक्छ अरे। आरिसे! आफूले पनि नगर्ने, अरुले गरेको राम्रो काम पनि देखि नसहने। छ्या त्यस्ता नि नेता हुन्छन्? हाम्रो दिदीभन्दा ठूलो मान्छे अरे त्यो नेता। मेरो बाबाको जस्तो उमेरको मान्छेले कस्तो हेपेको हौ छोरी मान्छेलाई?'

उसको त्यो बाल मानसपटलमा हुर्किरहेको कुराले मलाई थप सोच्न बाध्य बनाइरहेको थियो। देशको महंगीदेखि महिला र पुरुषबीचको विभेद र राजनीतिमा महिला हेपिन्छन् भन्ने कुराको अन्तरद्वन्द्वमा रुमलिएकी अन्जलीलाई नेता बन्न मन छ। जसले शिक्षा र स्वास्थ्य निशुल्क गर्नेबारे सोच बनाएकी छ। 

२०६२–०६३ को जनआन्दोलनपछि देशको संंरचना परिर्वतन भयो। संविधान बन्यो। महिलालगायत पछि पारिएको समुदायलाई आरक्षण कोटा पनि छुट्याइयो। संसद र सदनमा महिलाहरुले ठाँउ पाए। तर, अधिकांस महिला जनप्रतिनिधिहरुको कुरा सुन्दा लाग्छ कि, उनीहरु संविधानमा भएको व्यवस्था पालन गर्न मात्र राजनीतिमा स्थान दिइएको छ। उनीहरुको निणर्य लिन पाउने अधिकारप्रति अनेक तरहले अंकुस लागाइन्छ। क्षमता र दक्षताअनुसार निर्णय लिन रोकिन्छ। सामानुपातिक र सामावेशीताको धारा त लागू भयो, तर पितृसत्ताको सहानुभूतिले छाडेको छैन।

सहानुभूति होइन, समान अनुभूति गर्ने वातावरण होस् भन्नका लागि हरेक दिन महिला राजनीतिकर्मी सडकदेखि सदनसम्म भौतारिनुपर्ने अवस्था सिजर्ना गर्ने को हो? आमाको नामबाट नागरिकता पाउनु पर्छ भन्नेदेखि मेरो शरीर मेरो अधिकारको विषयमा लामो बहस गर्नु पर्ने यो समाजमा राजनीतिमा माहिलाको समान सहभागिता र अवसर कहिले पाउने? आरक्षणमा अल्झाइनु कति उचित हो?

अन्जलीको कुराले मनमा धेरै कुरा आए। उनी पनि पर्साकै भएकाले मलाई पर्सा पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन याद आयो। 

मुस्लिम समुदायकी सल्मा पत्रकारिताकी विद्यार्थी हुन्। राजनीतिमा प्रवेश गर्नुअघि पत्रकारितामा संमलन हुँदा उनले आफ्नै समुदायबाट धेरै नकारात्मक कुरा सुन्नु परेको थियो। कलेज पढ्दै गर्दा अजितलाल कर्ण र केशव झासँगको अनौपचारिक कुराकानीमा मधेशमा महिला स्वतन्त्रता, भौतिक पूर्वाधार र मानव विकासका लागि गर्नु पर्ने धेरै कामहरु नभएको थाहा पाएपछि सल्मा राजनीतिमा आउन प्रेरित भएकी थिइन्। 

उनी २०७४ सालको स्थानीय चुनावमा संघीय समाजवादी फोरमबाट उनी पर्सा पोखरिया नगरपालिकाको उपमेयरमा उम्मेदवार बनिन् र जितिन् पनि। त्यति बेला सल्मामा एउटा उर्जा र उत्तरदायित्वको बोध भएको थियो। उनलाई महिला र पुरुष दुवैले भोट दिएर जिताएका थिए। तर, सामाजिक यथार्थ फरक थियो। उनलाई आफ्ना कार्ययोजना लागू गर्न सजिलो थिएन। बहस, छलफल या बैठकमा उनका कुरा गम्भीर रुपमा सुनिँदैन थियो। आफू उपमेयर भए पनि वडा सदस्य जतिको पनि महत्त्व नदिइएको उनको गुनासो थियो। महिला भएकै कारण आफ्नो काममा हस्तक्षेप भएको उनले बताउने गरेकी छिन्। जसका कारण न्यायिक समिति, अनुगमन, अनियमिता छानबिनको काममा असहज हुने उनी बताउँछिन्। 

नेकपा एमालेबाट स्थानीय निर्वाचनमा कपिलवस्तु नगरपालिकाबाट जितेकी शिवकुमारी थारुको राजनीतिक यात्रा पनि कलेज पढ्ने बेलादेखि नै सुरु भएको थियो। चार वर्ष शिक्षिका भएर काम गर्दैगर्दा हाम्रो शिक्षा प्रणाली, शिक्षामा हुने राजनिति, आदिवासी जनजातिमाथिको विभेदले राजनीतिमा तान्यो। राजनीति सुरु गर्दाका केही वर्ष विभिन्न सामाजिक समस्यासँग जुझ्नु परे पनि सधैँ लड्नु पर्ने एउटै मुद्दा सहअस्त्विको नै रह्यो। उनी भन्छिन्, 'मधेशमा हरुवा र कमैया मुक्त भए पनि राजनीतिमा महिलाले मुक्तिको सास फेर्न मिल्ने वातावरण बनाइनु पर्छ। महिलाहरु नेतृत्व लिन सक्षम छन् भन्ने कुरा अब पुरुषले स्वीकार गर्नैपर्छ।'

एमाले नेतृ विन्दा पाण्डे राजनीतिमा महिला सहभागिताकाे वकालत गर्नेमध्येमा पर्छिन्। एक मिडियामा आफ्नो अनुभव सुनाउँदै उनी भन्‍छिन्, 'रामेछाप जिल्लामा ७४ वटा वडामा एक जना मात्रै महिलाले म वडा अध्यक्ष बन्छु भनेर आउँदा पार्टीले टिकट पनि दियो र वडा अध्यक्ष पनि जित्नुभो, तर आज धेरै महिलाहरु तयार छन्। टिकट पाउने संभावना भने कम भएर गएकाे छ।' पाण्डेले गरेको सर्वेक्षणमा ८२ प्रतिशत महिलाले आफूहरु प्रमुख चलाउन सक्षम भएको दाबी गरेको अवस्था छ। अब उनीहरुलाई किनारा लगाउन नहुने उनी बताउँछिन्।

यी प्रसंग तत्काललाई अस्पतालमा भेटिएकी सानी बहिनी अन्जलीको कारण आएका हुन्। तर, यी सवालहरु समाजमा गढेर रहेका कारण अन्जलीहरु पीडित छन्। अन्जलीको आमाको अवस्था अन्जलीले भोग्नु पर्दैन भन्ने सुनिश्चितता छैन। के अन्जलीको आमाले जस्तै अब अन्जलीले पनि सहन सिक्नुपर्ने हो र?

अहिले नबोले कहिले बोल्ने? अबको स्थानीय निर्वाचनदेखि नै महिलाले प्रमुख पदमा समानुपातिक संख्याको लागि दाबी गर्नुपर्छ। अन्जलीको जवाफ पितृसत्ताले दिन सक्दैन।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत आइतबार, कात्तिक ३०, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीप्रति बादलको टिप्पणी– भूतपूर्व साथीहरुले ‘१० कोठे टहरो’  बनाएका छन् शनिबार, कात्तिक २९, २०८२
बादलले भने– फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल शनिबार, कात्तिक २९, २०८२
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्