• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नेता बन्न सकिएला, जुध्न सजिलो छैन अन्जली!

विन्दु शर्मा बिहीबार, वैशाख ८, २०७९  १५:००
1140x725

रातो जामा। रातो चप्पल। दुई चुल्ठा बाटेको कपाल। चुल्ठामा रातै रिबन। हातमा समेत रातो झोला झुण्ड्याएकी उनलाई हेर्दा यस्तो लाग्छ, रातो रङप्रति बढी नै मोह छ।

गत हप्ता काठमाडौँको एक अस्पतालको रिसेप्सन कक्षमा भेट्दा उनी थकित देखिन्थिन्। गाजल लगाएको आँखामा सपना मुर्झाएका देखिँदैन थिए। हातमा बोकिरहेकाे पुरानो दर्ता किताबले उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन् भनेर अनुमान गर्न गाह्रो पर्दैनथ्यो।

उनी  मैथलीभाषी भएको कारण रिसेप्सनिष्टलाई कुरा गर्न कठिन भइरहेको थियो। त्यसैले हुनुपर्छ रिसेप्सनिष्टले अरूको सहायता लिइन्।

रिसेप्सनिष्टले राम्रोसँग बुझिनन् क्यारे, उनी पख्नुस् हौ भन्दै थिइन्। उनले कसैलाई बाेलाउन खोजिरहेको देखिन्थ्याे। सँगै उनकी आमा आएकी थिइन्। आमाको देब्रे आँखा सेताे टेपले छोपिएको थियो। 

रिसेप्सन आडमै रहेको क्यास काउन्टरका दुइमध्ये एक जना दा‍इ काउन्टरबाट बाहिर आई 'अन्जली तिमी पनि आएको आमासँग?' भनेर उनलाई उचालेर काखमा राखे। देख्दा लाग्थ्यो उनीहरुबीचकाे चिनजान पुरानो हो। उनकी आमा ती व्यक्तिसँग मैथिलीमा कुरा गरिरहेकी थिइन्।

अन्जलीले सानाे स्वरमा ती दाइलाई सुनाइन्, 'आज मेरो जन्मदिन हो नि।'

अन्जली ९ वर्ष पुगेकी रहिछन्। आमाको आँखामा मोतियाबिन्दु भएका कारण अपरेसनका लागि आमाछोरी आएका रहेछन्। आमा र ती दाइको कुरा सुनिरहेकी थिइन्, अन्जली।

उनकी आमाले  सोधिन्, 'वाउ, मोतियाबिन्दुके लेल अप्रेसन खर्च कते लगतै ?'

Ncell 2
Ncell 2
nimb
nimb

ती दाइले विदेशी लेन्स हाल्नु पर्ने भो भने ५० हजारसम्ममा खर्च लाग्न सक्ने बताए। ती दाइको बोली भुईंमा झर्न नपाउँदै अन्जली बोलिन्,  'हे भगवान, अतेक महग? कनि कम करैला नै मिल्तै ?'

दाइ, केही भन्न खोज्दै थिए। फेरि अन्जली नै बोलिन्,  'हमरा सङे बहुत पैसा रुपैयाँ नै छे मिल बला है त मिलादू,'

उनको कुरा सुनेर आमा र ती दाइ हेराहर गरे। केही बेर काेही बोलेनन्। अन्जलीका आँखा वेटिङ रुममा बसिरहेका बिरामी र उनका आफन्ततिर डुलिरहे। उनले ती बिरामी र बिरामीका आफन्तलाई हेर्दै फेरि बोलिन्, 'हमरा जका आदमी सबके उपचार कराबके लेल बड मश्किल।'

आमाले छोरीको आँखामा पुलुक्क हेरिन्। आमाको गहभरि आँसु देखेर अन्जलीले भनिन्, 'आमा, सामाजिक पढाब मिस कहैत छल्लिन, जे शिक्षा आ स्वास्थ्य त सस्ता होबाक चाही।'

Xtrem

Xtrem

अन्जलीको कुरा सुनेर मन भरिएर आयो। म पनि चस्माको पावर चेक गर्न आएकी थिएँ।  पालो पर्खिने क्रममा रिसेप्सन नजिक बस्दा अन्जलीको कुरा नजिकबाट सुन्न पाइरहेकी थिएँ। कार्ड अन्जलीको हातमा थियो। त्यसमा तलतिर नाम, उमेर, लिंग र ठेगाना लेखिएको थियो। 

जानकी महतो, उमेर ५२, ठेगाना पर्सा।

पर्साबाट आमा-छोरी आमाको आँखाको उपचारका लागि आएका रहेछन्। छोरीको आमाप्रतिको माया र  महंगो उपचारले बाल मनोविज्ञानमा परेको असर  देखेर मन खिन्न बनायो। 

अन्जलीलाई सामाजिक पढाउने मिसले भनेको कुरा मनमा गडेको रहेछ। उनलाई मिसले पढाउँदा शिक्षा, स्वास्थ्य सुलभ हुनुपर्छ भन्ने कुराले बढी नै छोएको हुनुपर्छ। 

म बसेको नजिकै पानीको जार राखिएको थियो। अन्जली मेरो झनै नजिक आएकी थिइन्। मलाई उनीसँग बोलौँ बाेलौँ लाग्यो।

डिस्पेन्सरबाट पानी निकालेर दिँदै गर्दा उनले मेरो मुखमा हेरिन्। म मन्द मुस्काएँ। मेरो आँखामा लगाएको चस्मा हेर्दै उनले साेधिन्, ‘दिदी यो चस्मामा पावर धेरै राख्ने हो भने त अपरेसन नगरे पनि हुन्छ होला नि है।’

उनको कुराले मलाई सारै नै गाह्रो बनाएको थियो। तर, सरल तरिकाले प्रस्तुत हुन खोज्दै भनेँ, 'त्यस्तो हुँदैन नानु। कतिपय आँखाको समस्यालाई अपरेसन गरेरै निको पार्नु पर्ने हुन्छ।'

फेरि मलाई सोधिन्, 'दिनमा मेरो आमाजस्तो कति बिरामी आउछन् होला है?'

'आँखाका  बिरामीहरु हरेक दिनजस्तो अस्पताल आउछन्,'  मैले भनेँ।

'यति धेरै आउने ठाँउमा पनि किन यस्तो महंगो हाे,' अन्जलीले फेरि थपिन्।

'आँखा अति नै संवेदनशील अंग भएको र एकदमै ध्यान दिएर उपचार गर्नुपर्ने भएको भएर यसमा प्रयोग हुने प्रविधि महंगो हुन्छ, त्यसैले होला,' मैले भनेँ।

उनकी आमा ती दाइसँग बोलिरहेकी थिइन्। अलि पर दुई डाक्टर कुरा गर्दै थिए, 'त्यो प्यासेन्टको अवस्था अलिक कम्प्लिेकेटेड छ। सिनियर डाक्टर फलानोसँग कन्सल्ट गर्नुपर्छ।'

उनीहरुको कुरा सुनेर अन्जलीले सोधिन्, 'दिदी, यो आँखाको उपचारमा लाग्ने खर्च कम गर्न कसले सक्छ?'

'प्रशासनसँग एक पटक कुरा गर्नु पर्छ होला,'  मैले भनेँ।

उनले भनिन्, 'होइन के दिदी, मेरो आमाको मात्रै होइन। जति बिरामी आउँछन् र हामीजस्तै पैसा धेरै नहुने पनि छन्, उनीहरुका लागि।'

प्रतिउत्तरमा मैले भनेँ, 'देशमा स्वास्थ्य सुविधाको राम्रो पहुँच र सस्तो भयो भने सबैलाई सजिलो हुन्छ।'

उनले झट्ट भनिन्, 'दिदी यो देशका नेताहरुको आँखामा कहिल्यै समस्या आउदैन हो?'

उनको आक्रोश नेताप्रति थियो। उनले भुईंतिर हेर्दै भनिन्, 'म अब यो देशको खत्रा नेता बन्छु, अनि स्वास्थ्य र शिक्षा सबैलाई फ्रि गरिदिन्छु।'

उनको त्यो कुराले आँखा रसाएर आयो। मैले सोधेँ, 'तिमीलाई यो देशको नेता को मन पर्छ?'

उनको सिधै उत्तर थियो, 'मलाई कोही मन पर्दैन।'

'किन मन पर्दैन?' मैले सोधेँ।

उनले भनिन्, 'मेरो ठूलोबाबा पर्नेको छोरी (दिदी) गाउँको नेता हो। दिदीले कति राम्रो कुरा गर्नुहुन्छ। अस्ति नै पनि गाउँमा स्वास्थ्य शिविर दिदीको पहलमा भयो। डाक्टरहरु आए। गाँउको सबैलाई चेकजाँच गरे। शिविरबाट सन्चो नहुनेहरुलाई जिल्लाको अस्पतालमा पठाए। कति राम्रो काम गर्नु भएको थियो। तर, अहिले त्यहाँको अर्को नेताले दिदीलाई काम गर्नबाट रोक्छ अरे। आरिसे! आफूले पनि नगर्ने, अरुले गरेको राम्रो काम पनि देखि नसहने। छ्या त्यस्ता नि नेता हुन्छन्? हाम्रो दिदीभन्दा ठूलो मान्छे अरे त्यो नेता। मेरो बाबाको जस्तो उमेरको मान्छेले कस्तो हेपेको हौ छोरी मान्छेलाई?'

उसको त्यो बाल मानसपटलमा हुर्किरहेको कुराले मलाई थप सोच्न बाध्य बनाइरहेको थियो। देशको महंगीदेखि महिला र पुरुषबीचको विभेद र राजनीतिमा महिला हेपिन्छन् भन्ने कुराको अन्तरद्वन्द्वमा रुमलिएकी अन्जलीलाई नेता बन्न मन छ। जसले शिक्षा र स्वास्थ्य निशुल्क गर्नेबारे सोच बनाएकी छ। 

२०६२–०६३ को जनआन्दोलनपछि देशको संंरचना परिर्वतन भयो। संविधान बन्यो। महिलालगायत पछि पारिएको समुदायलाई आरक्षण कोटा पनि छुट्याइयो। संसद र सदनमा महिलाहरुले ठाँउ पाए। तर, अधिकांस महिला जनप्रतिनिधिहरुको कुरा सुन्दा लाग्छ कि, उनीहरु संविधानमा भएको व्यवस्था पालन गर्न मात्र राजनीतिमा स्थान दिइएको छ। उनीहरुको निणर्य लिन पाउने अधिकारप्रति अनेक तरहले अंकुस लागाइन्छ। क्षमता र दक्षताअनुसार निर्णय लिन रोकिन्छ। सामानुपातिक र सामावेशीताको धारा त लागू भयो, तर पितृसत्ताको सहानुभूतिले छाडेको छैन।

सहानुभूति होइन, समान अनुभूति गर्ने वातावरण होस् भन्नका लागि हरेक दिन महिला राजनीतिकर्मी सडकदेखि सदनसम्म भौतारिनुपर्ने अवस्था सिजर्ना गर्ने को हो? आमाको नामबाट नागरिकता पाउनु पर्छ भन्नेदेखि मेरो शरीर मेरो अधिकारको विषयमा लामो बहस गर्नु पर्ने यो समाजमा राजनीतिमा माहिलाको समान सहभागिता र अवसर कहिले पाउने? आरक्षणमा अल्झाइनु कति उचित हो?

अन्जलीको कुराले मनमा धेरै कुरा आए। उनी पनि पर्साकै भएकाले मलाई पर्सा पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन याद आयो। 

मुस्लिम समुदायकी सल्मा पत्रकारिताकी विद्यार्थी हुन्। राजनीतिमा प्रवेश गर्नुअघि पत्रकारितामा संमलन हुँदा उनले आफ्नै समुदायबाट धेरै नकारात्मक कुरा सुन्नु परेको थियो। कलेज पढ्दै गर्दा अजितलाल कर्ण र केशव झासँगको अनौपचारिक कुराकानीमा मधेशमा महिला स्वतन्त्रता, भौतिक पूर्वाधार र मानव विकासका लागि गर्नु पर्ने धेरै कामहरु नभएको थाहा पाएपछि सल्मा राजनीतिमा आउन प्रेरित भएकी थिइन्। 

उनी २०७४ सालको स्थानीय चुनावमा संघीय समाजवादी फोरमबाट उनी पर्सा पोखरिया नगरपालिकाको उपमेयरमा उम्मेदवार बनिन् र जितिन् पनि। त्यति बेला सल्मामा एउटा उर्जा र उत्तरदायित्वको बोध भएको थियो। उनलाई महिला र पुरुष दुवैले भोट दिएर जिताएका थिए। तर, सामाजिक यथार्थ फरक थियो। उनलाई आफ्ना कार्ययोजना लागू गर्न सजिलो थिएन। बहस, छलफल या बैठकमा उनका कुरा गम्भीर रुपमा सुनिँदैन थियो। आफू उपमेयर भए पनि वडा सदस्य जतिको पनि महत्त्व नदिइएको उनको गुनासो थियो। महिला भएकै कारण आफ्नो काममा हस्तक्षेप भएको उनले बताउने गरेकी छिन्। जसका कारण न्यायिक समिति, अनुगमन, अनियमिता छानबिनको काममा असहज हुने उनी बताउँछिन्। 

नेकपा एमालेबाट स्थानीय निर्वाचनमा कपिलवस्तु नगरपालिकाबाट जितेकी शिवकुमारी थारुको राजनीतिक यात्रा पनि कलेज पढ्ने बेलादेखि नै सुरु भएको थियो। चार वर्ष शिक्षिका भएर काम गर्दैगर्दा हाम्रो शिक्षा प्रणाली, शिक्षामा हुने राजनिति, आदिवासी जनजातिमाथिको विभेदले राजनीतिमा तान्यो। राजनीति सुरु गर्दाका केही वर्ष विभिन्न सामाजिक समस्यासँग जुझ्नु परे पनि सधैँ लड्नु पर्ने एउटै मुद्दा सहअस्त्विको नै रह्यो। उनी भन्छिन्, 'मधेशमा हरुवा र कमैया मुक्त भए पनि राजनीतिमा महिलाले मुक्तिको सास फेर्न मिल्ने वातावरण बनाइनु पर्छ। महिलाहरु नेतृत्व लिन सक्षम छन् भन्ने कुरा अब पुरुषले स्वीकार गर्नैपर्छ।'

एमाले नेतृ विन्दा पाण्डे राजनीतिमा महिला सहभागिताकाे वकालत गर्नेमध्येमा पर्छिन्। एक मिडियामा आफ्नो अनुभव सुनाउँदै उनी भन्‍छिन्, 'रामेछाप जिल्लामा ७४ वटा वडामा एक जना मात्रै महिलाले म वडा अध्यक्ष बन्छु भनेर आउँदा पार्टीले टिकट पनि दियो र वडा अध्यक्ष पनि जित्नुभो, तर आज धेरै महिलाहरु तयार छन्। टिकट पाउने संभावना भने कम भएर गएकाे छ।' पाण्डेले गरेको सर्वेक्षणमा ८२ प्रतिशत महिलाले आफूहरु प्रमुख चलाउन सक्षम भएको दाबी गरेको अवस्था छ। अब उनीहरुलाई किनारा लगाउन नहुने उनी बताउँछिन्।

यी प्रसंग तत्काललाई अस्पतालमा भेटिएकी सानी बहिनी अन्जलीको कारण आएका हुन्। तर, यी सवालहरु समाजमा गढेर रहेका कारण अन्जलीहरु पीडित छन्। अन्जलीको आमाको अवस्था अन्जलीले भोग्नु पर्दैन भन्ने सुनिश्चितता छैन। के अन्जलीको आमाले जस्तै अब अन्जलीले पनि सहन सिक्नुपर्ने हो र?

अहिले नबोले कहिले बोल्ने? अबको स्थानीय निर्वाचनदेखि नै महिलाले प्रमुख पदमा समानुपातिक संख्याको लागि दाबी गर्नुपर्छ। अन्जलीको जवाफ पितृसत्ताले दिन सक्दैन।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्