काठमाडौं– गत संस्करणको च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सातदोबाटोमा शुक्रबार भएको फाइनल भिडन्तमा बिबिसीले आर्मीलाई १–० गोलले पराजित गरेको।
बिबिसीका लागि अनुप गुरुङले गरेको गोल निर्णायक बन्यो। उनले ८७ मिनेटमा गोल गर्दा बिबिसीले रोमाञ्चक जित दर्ता गरायो।
उपाधिसँगै बिबिसीले ३ लाख रुपैयाँ हात पार्दा आर्मीले १ लाख ५० हजारमै चित्त बुझायो।
आर्मीका विकास खवास उत्कृष्ट डिफेन्डर तथा आर्मीकै दिनेश हेन्जन उत्कृष्ट फरवार्ड भए। यस्तै बिबिसीका आकास रानाबाट उत्कृष्ट गोलकिपर, जय गुरुङ मिडफिल्डर र उजेन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने। सवैले जनही १० हजार रुपैयाँ पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।