काठमाडौं– ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम मोन्टेरियल टाइगर्सले पहिलो जित हात पारेको छ।
लगातार तेस्रो खेलमा पराजित मोन्टेरियलले बुधबार भएको खेलमा एडमन्टन रोयल्सलाई १५ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको मोन्टेरियलले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन जोड्यो। उसका लागि मोइसिस हेनरिक्सले ५० रन जोडे। सिकन्दर राजाले २० र नाजिबुल्लाह जार्डानले २२ रनको योगदान दिए। सन्दीपले ब्याटिङमा मौका पाएनन्।
१ सय ३० रन पछ्याएको एडमन्टन ५ बल खेल्न बाँकी छदा १ सय १४ रनमा आउट भयो। एडमन्टनलाई सस्तैमा आउट गर्न मोन्टेरियलका पिचर सिड्लेले ४ विकेट लिए। लासिथ मालिङगा र केभ कुपरले २–२ विकेट लिए। सन्दीप लामिछाने र सुनील नारिनले १–१ विकेट लिए। सन्दीपले आन्द्रे फ्रेचरलाई ९ रनमा बोल्ड गरेका थिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १६ रन मात्र खर्चिए। एडमन्टनका लागि लुक रोचीले सर्वाधिक ३० रन लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।