काठमाडौं- निर्वाचन आयोगले गरेका पछिल्ला केही निर्णयप्रति आपत्ति जनाउँदै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आयोगले सिधै सम्पर्क गरेर स्पष्ट हुन सक्ने भनेको छ।
आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार सञ्चारकर्मीले प्रमुख प्रतिपक्षी दलको तर्फबाट विरोध र आपत्तिप्रति जिज्ञासा राखेका थिए। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले काम गर्दै जाँदा कहीँ कतै त्यस्ता कुरा (विरोध) उठ्न सक्ने बताए।
'आयोगले ती कुराहरुलाई स्पष्ट पार्दै गएको छ। कुनै कुराको बारेमा उहाँहरुलाई अस्पष्टता अथवा दुविधा अथवा गुनासो छ भने उहाँहरुले आयोगमा सिधै सम्पर्क राखेर त्यो बारेमा स्पष्ट हुन सक्नुहुन्छ। र, आयोगले स्पष्ट पार्ने छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।