म्यानचेस्टर – इंग्ल्यान्ड बिरुद्धको पहिलो टी–२० मा भारतले ८ विकेटको जित हात पारेको छ। म्यानचेस्टरमा मंगलबार भएको खेलमा भारतलाई जित दिलाउन लोकेश राहुलले शतक प्रहार गरेका थिए।
१ सय ६४ रनको लक्ष्य भारतले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। राहुलले १ सय १ रन जोड्दा भारतले सहज जित हात पारेको हो। उनले ५४ बलमा १० चौका र ५ छक्का प्रहार गरे। कप्तान विराट कोहलीले २० रन र रोहित शर्माले ३२ रन जोडे।
त्यसअघि इंल्यान्डलाई लागि जोस बलटलरले सर्वाधिक ६९ रन जोडेपनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्। बलिङमा भारतका कुलदीप यादवले ५ विकेट लिए। उमेश यादवले २ र हार्दिक पाण्ड्याले १ विकेट हात पारे। कुलदीप म्यान अफ दि म्याच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।