• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय निर्वाचन : सुरक्षा बजेटमा अर्थको कैंची, मागभन्दा निकै कम रकम स्वीकृत

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २७, २०७८  १९:०३
1140x725

काठमाडौं– आउँदो वैशाख ३० गतेलाई तय स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायले माग गरेको बजेटमा अर्थ मन्त्रालयले व्यापक कटौती गरेको छ। अर्थ मन्त्रालयले निर्वाचन सुरक्षाको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले माग गरेको भन्दा निकै कम रकम निकासा गरेको हो।

प्रहरीले निर्वाचन सुरक्षाका लागि माग गरेको म्यादी प्रहरीको दरबन्दीमा पनि व्यापक कटौती भएको छ।

गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा तयारीका बारेमा आन्तरिक गृहकार्य गरेर आवश्यक पर्ने बजेटसहितका योजना गृहमा पेस गरेका थिए। प्रहरी र सशस्त्रले पेस गरेका योजना र बजेटसमेत गृहले केही कटौती गरेर त्यसको स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। तर, गृहले पठाएको उक्त प्रस्तावमा समेत अर्थले व्यापक कैंची चलाएको छ। 

नेपाल प्रहरीले स्थानीय निर्वाचनका लागि १ लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको थियो। गृह र अर्थले १ लाख म्यादी प्रहरी मात्रै भर्ना गर्न स्वीकृति दिएका छन्। त्यसैगरी विभिन्न शीर्षकमा माग गरिएको बजेटमा समेत अर्थले व्यापक कैंची चलाएको छ। 

प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीलाई ५० दिनको तलबभत्तासहित भर्ना गर्नुपर्ने माग गृहमा पेस गरेको थियो। गृहले हेडक्वार्टरको उक्त मागलाई ४५ दिनमा झारेर स्वीकृतिका लागि अर्थमा पठाएको थियो। त्यसमा समेत अर्थले कटौती गर्दै ४० मा झारेको छ। अब म्यादी प्रहरीमा भर्ना हुनेले ४० दिनको मात्रै तलबभत्ता पाउनेछन्।

म्यादीका लागि मागियो ७ अर्ब, निकासा भयो साढे ४ अर्ब
म्यादी प्रहरी भर्ना गर्दा लाग्ने विभिन्न ११ शीर्षकवापतको रकमको योजना नेपाल प्रहरीले गृहमा पेस गरेको थियो। म्यादीको पारिश्रमिक, खाद्यान्न, पोशाक, स्थानीय भत्ता, अन्य भत्ता, पानी तथा बिजुली, कार्यालय सञ्चालन, भ्रमण तथा तयारी खर्च, कर्मचारी तालिम, घर भाडा र विविध खर्चवापत ७ अर्ब १९ करोड ९४ लाख ५ हजार ८९९ रुपैयाँ लाग्ने भन्दै प्रहरीले गृहमा प्रस्ताव पेस गरेको थियो। 

गृहबाट अर्थमा पुगेको उक्त प्रस्तावमा स्थानीय भत्ता, अन्य भत्ता, पानी तथा बिजुली, कार्यालय सञ्चालन खर्च, घर भाडा र विविध खर्चको रकम आवश्यक नरहेको भन्दै कटौती भएको छ। यी शीर्षकको रकम कटौती गरेर प्रहरीले मागेभन्दा २८ प्रतिशत कम रकम मात्रै अर्थ मन्त्रालयले स्वीकृत गरेको छ। अर्थले ४ अर्ब ४५ करोड ९४ हजार रुपैयाँ बजेट म्यादीका लागि स्वीकृत गरेको छ।

प्रहरीले माग गरेअनुसार अब ३८ प्रतिशत अर्थात् २ अर्ब ७४ करोड ५ हजार ८ सय ९९ रुपैयाँ अपुग हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

सशस्त्रले झण्डै ५ अर्ब माग्दा ४४ करोड मात्रै निकासा
स्थानीय निर्वाचनका लागि विभिन्न २० वटा शीर्षकमा सशस्त्र प्रहरी बलले ४ अर्ब ९२ करोड २६ लाख ५५ हजार रुपैयाँ आवश्यक हरेको भन्दै प्रस्ताव पेस गरेको थियो। 

जसमा गृहमा छलफल भएपछि ३ अर्ब ५८ करोड १३ लाख ९९ हजार रुपैयाँ मागका लागि प्रस्ताव गर्ने तय भएको थियो। तर, उक्त प्रस्तावमा पनि अर्थले कटौती गर्दै ४४ करोड ५५ लाख ६४ हजार ६ रुपैयाँ मात्रै निकासा गरेको छ।

सशस्त्रका पनि स्थानीय भत्ता, कर्मचारी तालिम, औषधी खरिद लगायत शीर्षकमा माग गरिएको बजेटमा अर्थले स्वीकृति दिएन।

प्रहरीले ९ अर्ब माग्दा १ अर्ब ३२ करोड मात्रै पायो
म्यादी प्रहरीबाहेक आफ्ना लागि नेपाल प्रहरीले ९ अर्ब २९ करोड १७ लाख ८० हजार २५२ रुपैयाँ बजेट माग गरेको थियो। ९ अर्ब २९ करोडको उक्त प्रस्ताव प्रहरीले गृहमा पेस गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गृहबाट अर्थ पुगेको उक्त प्रस्तावमा जम्मा १ अर्ब ३२ करोड ४९ लाख ७८ हजार २०० रुपैयाँ मात्रै निकासा भएको छ। प्रहरीले माग गरेअनुसार उसका लागि ७ अर्ब ९६ करोड ६८ लाख २ हजार ५२ रुपैयाँ अपुग हुन्छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १९:०३
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्