काठमाडौं– ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम मोन्टेरियल लगातार तेस्रो खेलमा पराजित भएको छ। मोन्टेरियललाई मंगलबार विहान सम्पन्न खेलमा भ्यानकुवर नाइट्सले १८ रनले पराजित परेको हो।
यद्पयी सन्दीपले भने उत्कृष्ट प्रदर्शन गरेका छन्। पहिले ब्याटिङ गरेको भ्यानकुवरले ६ विकेटको क्षतिमा १ सय ६६ रन जोड्यो। भ्याकुवरका लागि भान डे डुसेनले ८३ रन जोडे। बलिङमा लासिथ मालिङले ३ विकेट र पिटर सिड्लेले २ विकेट हात पारे। सन्दीप लामिछानेले १ विकेट लिए। तर उनले ४ ओभरमा १ मेडन राखेर १९ रन मात्र खर्चिए। उनी मोन्टेरियलका लगि कम रन दिने बलर बने।
१ सय ६७ रनको लक्ष्य पछ्याएको मोन्टेरियल २ बल खेल्न बाँकी छदा १ सय ४८ रनमा अलआउट भयो। उसका लागि जर्ज वर्करले ४३ र मार्क हेरनरिक्सले ४० रन जोडे। सन्दीप लामिछानेले ३ बलमा नटआउट ७ जोडे। उनले आन्द्रे रसेललाई छक्का प्रहार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।