• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

युट्युबर र ‘अभियन्ता’लाई हायलकायल पार्ने पल–प्रकरण 

64x64
नारायण अधिकारी मंगलबार, फागुन २४, २०७८  १८:२३
1140x725

काठमाडौं– ‘हत्तेरी! यस्तो प्रश्न गरेर मलाई फेरि फसाउने काम नगर्नुस् न। बरु यसरी मिलाएर सोध्नुस्– हिरासतमा रहेका पल शाहलाई भेटेर काठमाडौं फर्किएका पुण्य गौतमले उनका हिरासत बसाई कस्तो देखे भन्ने तरीकाले सोध्नुस्। अनुसन्धानको क्रममा रहेको विषयमा मेरो धारणा दिन लगाएर फसाउने काम नगर्नुस्’, दमौलीबाट काठमाडौं फर्किएका पुण्य गौतमले एक युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा भने।

एक नाबालिग गायिकालाई कलारकार पल शाह (पूर्णविक्रम शाह)ले बलात्कार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय तनुहँको प्रहरी हिरासतमै पुगेर शाहलाई भेटेका र उनका पक्षमा युट्युब च्यानल लगायतमा अभिव्यक्ति दिएर हिँडेका गौतमको एकाएक भनाई फेरियो। पहिला अनुसन्धानको क्रममा रहेका विषयमा शाहको पक्षमा धारणा दिइरहेका गौतम अहिले भने उक्त विषयमा बोल्न नमिल्ने र अदालतले नै ‘दूधको दूध, पानीको पानी’ छुट्याउने बताइरहेका छन्। 

केही दिन अघिसम्म एकपक्षीय रुपमा शाहको पक्षमा बोलिरहेका गौतमको बोली एकाएक किन फेरियो? किन उनी अहिले ‘मलाई नफसाउनुस्, अनुसन्धानको क्रममा रहेको विषयमा मैले बोल्न मिल्दैन’ भन्न थालेका छन्?

गौतम आफैं आइतबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उपस्थित हुनुले यी प्रश्नको जवाफ थाहा पाउन सघाउँछ।

अघिपछि युट्युबर र १०/१२ जना मान्छे च्यापेर हिँड्ने, आफूलाई ‘अभियन्ता’ र राजनीतिककर्मी भनेर चिनाउने गौतम आइतबार सुटुक्क साइबर ब्यूरो छिरेका थिए। अनुसन्धानको क्रममा रहेको विषयमा अनावश्यक अभिव्यक्ति दिएर प्रभावित पार्न खोजेपछि र प्रहरी कार्यालय अगाडि हुलहुज्जत गरिएपछि युट्युबर र स्वघोषित अभियन्ता दमौली प्रहरीको निशानामा रहेको गौतमले बुझेका थिए। त्यहीकारण उनी दमौलीबाट सुटुक्क काठमाडौं आइपुगेका थिए। त्यतिले पनि उनी ढुक्क हुन सकेनन्। त्यसको कारण थियो, विद्युतीय माध्यम प्रयोग गरेर जथाभावी अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरेर साइबर अपराध गरेको कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी। 

यसको सुइँको पाएपछि उनी आफैं सुटुक्क साइबर ब्यूरो पुगेका थिए। पल शाह प्रकरणमा प्रेस काउन्सिलले अनलाइन, युट्युब च्यानललाई समेत कारबाहीको दायरामा ल्याउन भन्दै ब्यूरोलाई पत्र पठाएको थियो। त्यसले गौतमको बेचैनी बढाइदिएको थियो। आइतबार आफैं ब्यूरोमा उपस्थित भएर उनले यसबारे अनुनय गरे। ब्यूरोका एक प्रहरी अधिकृत भन्छन्, ‘गौतमले आफू अब सच्चिएको र आइन्दा यस्ता विषयमा टिप्पणी नगर्ने भन्दै एक पटकलाई माफी दिन आग्रह गरे। त्यसपछि आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा हामीले उनलाई छाड्यौं।’ 

होटेलमा छापा मार्दा पनि भेटिएनन् युट्युबर 
गौतम जस्तै नाबालिग बलात्कारका आरोपी शाहको पक्षमा ‘माहोल’ बनाउन कलाकार जयकिशन बस्नेतदेखि आफूलाई ‘अभियन्ता’ बताउने शर्मिला वाइबासम्मको टोली दमौली पुगेको थियो। अघिपछि युट्युबरका ‘बूम’बाट घेरिएका उनीहरुले शाहको पक्षमा माहोल बनाउन एक हप्तासम्म अनेक अभिव्यक्ति दिए। त्यति मात्र होइन, नाबालिग गायिकाको चरित्र हत्या गर्नेसम्मका अभिव्यक्ति दिन उनीहरु केन्द्रित देखिए। तिनै अभिव्यक्तिलाई ‘भाइरल’ बनाउने काम युट्युबरले गरे। 

त्यही भीडमा मिसिएको थियो, अभिनेत्री पूजा शर्माको टोली। उनको उद्देश्य पनि अनुसन्धानको क्रममा रहेको मुद्दा प्रभावित पारेर बलात्कारका आरोपी शाहको पक्षमा ‘माहोल’ बनाउनु थियो। भयो पनि त्यस्तै, उनीहरुले पीडित नाबालिगको चरित्र हत्या गर्दै दिएका अन्तर्वार्ताहरु युट्युबमा बेस्सरी छाए। अनुसन्धानको क्रममा रहेको विषयमा अनावश्यक अभिव्यक्ति र नाबालिकको चरित्र हत्या जस्ता विषयले आक्रान्त बनेपछि स्वघोषित अभियन्ता र युट्युबरलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय तनहुँलाई निर्देशन दियो। 

Ncell 2
Ncell 2

तनहुँ प्रहरीका एक अधिकृत भन्छन्, ‘हेडक्वार्टरको निर्देशनानुसार हामीले अराजक युट्युबर र अभियन्तालाई पक्राउ गर्न मध्यराति दमौलीका होटल–होटलमा छापा मारेका थियौं। तर, उनीहरु पक्राउ पर्ने डरले पहिल्यै भागिसकेका रहेछन्।’

काठमाडौंमा धमाधम पक्राउ, केही फरार
प्रहरी प्रधान कार्यालयले त्यसरी अराजकता प्रदर्शन गरेका एक/दुई जना युट्युबर र ‘अभियन्ता’लाई भएपनि पक्राउ गरेर कानुनी दायरामा ल्याएमा अरुले पनि पाठ सिक्ने भन्दै अपनाएको जुक्ति युट्युबरले पहिल्यै सुइँको पाएकाले उनीहरु दमौलीमा पक्राउ पर्नबाट जोगिएका थिए। तर, काठमाडौंमा भने उनीहरु जोगिएनन्। प्रेस काउन्सिलले नै प्रहरीको साइबर ब्यूरोलाई पत्र पठाएर केही अनलाइन र युट्युब च्यानललाई कानुनी दायरामा ल्याउन भनेपछि उनीहरु धमाधम पक्राउ पर्न थालेका छन्।  

काउन्सिलको पत्रसँगै विभिन्न व्यक्तिले पनि जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने काम भइरहेको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्याल बताउँछन्। दमौलीमा पक्राउ पर्नबाट जोगिए पनि केही युट्युबर र ‘अभियन्ता’ पक्राउ परिसकेका छन्। फरार रहेका केहीलाई ब्यूराको टोलीले खोजिरहेको छ। 

पल शाह प्रकरणमा जथाभावी भिडियो पोस्ट गरेर चरित्र हत्या गरेको आरोपमा सामेबार मात्र साइबर ब्यूरोको टोलीले गुल्मीको भनभने–९ घर भएका राहुल थापालाई पक्राउ गरेको छ। पक्राउसँगै काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु गरिएको छ। 

आफूलाई ‘अभियन्ता’ दाबी गरेर यसरी टिप्पणी गरिरहेका हरि उदासी पनि ब्यूरोको नियन्त्रणमा आएका छन्। सोमबार नै अर्की एक नाबालिगको चरित्र हत्या गरेको आरोपमा ललितपुरका दीपु भनिने विकास महर्जन पक्राउ परेका छन्।

नाबालिग गायिकामाथि बलात्कार भएको भन्ने पल शाह प्रकरणबारे टिप्पणी गरेपछि नायिका रेखा थापामाथि सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी भएको थियो। त्यसपछि रेखाकी दिदीले साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा केही व्यक्तिलाई पक्राउ गर्ने तयारी गरे पनि उनीहरु पक्राउ परिसकेका छैनन्। ‘अभियन्ता’ शर्मिला वाइबाको खोजीमा जुटेको ब्यूरोले उनलाई पक्राउ गर्न सकेको भने छैन। 

यसरी जथाभावी बोलेर चरित्र हत्या गरेको भन्दै ब्यूरोमा अहिलेसम्म ८८ वटा युट्युब च्यानलविरुद्ध उजुरी परिसकेको छ। तीमध्ये १७ जना पक्राउ परेका थिए। तर, उनीहरु सबैलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

पल शाह प्रकरणमै युट्युबमार्फत् प्रसारण भएका ‘अभियन्ता’को अभिव्यक्तिकै कारण युट्युबमै लगाम लगाउने तयारीसमेत अघि बढाइएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्