• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

युट्युबर र ‘अभियन्ता’लाई हायलकायल पार्ने पल–प्रकरण 

64x64
नारायण अधिकारी मंगलबार, फागुन २४, २०७८  १८:२३
1140x725

काठमाडौं– ‘हत्तेरी! यस्तो प्रश्न गरेर मलाई फेरि फसाउने काम नगर्नुस् न। बरु यसरी मिलाएर सोध्नुस्– हिरासतमा रहेका पल शाहलाई भेटेर काठमाडौं फर्किएका पुण्य गौतमले उनका हिरासत बसाई कस्तो देखे भन्ने तरीकाले सोध्नुस्। अनुसन्धानको क्रममा रहेको विषयमा मेरो धारणा दिन लगाएर फसाउने काम नगर्नुस्’, दमौलीबाट काठमाडौं फर्किएका पुण्य गौतमले एक युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा भने।

एक नाबालिग गायिकालाई कलारकार पल शाह (पूर्णविक्रम शाह)ले बलात्कार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय तनुहँको प्रहरी हिरासतमै पुगेर शाहलाई भेटेका र उनका पक्षमा युट्युब च्यानल लगायतमा अभिव्यक्ति दिएर हिँडेका गौतमको एकाएक भनाई फेरियो। पहिला अनुसन्धानको क्रममा रहेका विषयमा शाहको पक्षमा धारणा दिइरहेका गौतम अहिले भने उक्त विषयमा बोल्न नमिल्ने र अदालतले नै ‘दूधको दूध, पानीको पानी’ छुट्याउने बताइरहेका छन्। 

केही दिन अघिसम्म एकपक्षीय रुपमा शाहको पक्षमा बोलिरहेका गौतमको बोली एकाएक किन फेरियो? किन उनी अहिले ‘मलाई नफसाउनुस्, अनुसन्धानको क्रममा रहेको विषयमा मैले बोल्न मिल्दैन’ भन्न थालेका छन्?

गौतम आफैं आइतबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उपस्थित हुनुले यी प्रश्नको जवाफ थाहा पाउन सघाउँछ।

अघिपछि युट्युबर र १०/१२ जना मान्छे च्यापेर हिँड्ने, आफूलाई ‘अभियन्ता’ र राजनीतिककर्मी भनेर चिनाउने गौतम आइतबार सुटुक्क साइबर ब्यूरो छिरेका थिए। अनुसन्धानको क्रममा रहेको विषयमा अनावश्यक अभिव्यक्ति दिएर प्रभावित पार्न खोजेपछि र प्रहरी कार्यालय अगाडि हुलहुज्जत गरिएपछि युट्युबर र स्वघोषित अभियन्ता दमौली प्रहरीको निशानामा रहेको गौतमले बुझेका थिए। त्यहीकारण उनी दमौलीबाट सुटुक्क काठमाडौं आइपुगेका थिए। त्यतिले पनि उनी ढुक्क हुन सकेनन्। त्यसको कारण थियो, विद्युतीय माध्यम प्रयोग गरेर जथाभावी अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरेर साइबर अपराध गरेको कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी। 

यसको सुइँको पाएपछि उनी आफैं सुटुक्क साइबर ब्यूरो पुगेका थिए। पल शाह प्रकरणमा प्रेस काउन्सिलले अनलाइन, युट्युब च्यानललाई समेत कारबाहीको दायरामा ल्याउन भन्दै ब्यूरोलाई पत्र पठाएको थियो। त्यसले गौतमको बेचैनी बढाइदिएको थियो। आइतबार आफैं ब्यूरोमा उपस्थित भएर उनले यसबारे अनुनय गरे। ब्यूरोका एक प्रहरी अधिकृत भन्छन्, ‘गौतमले आफू अब सच्चिएको र आइन्दा यस्ता विषयमा टिप्पणी नगर्ने भन्दै एक पटकलाई माफी दिन आग्रह गरे। त्यसपछि आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा हामीले उनलाई छाड्यौं।’ 

होटेलमा छापा मार्दा पनि भेटिएनन् युट्युबर 
गौतम जस्तै नाबालिग बलात्कारका आरोपी शाहको पक्षमा ‘माहोल’ बनाउन कलाकार जयकिशन बस्नेतदेखि आफूलाई ‘अभियन्ता’ बताउने शर्मिला वाइबासम्मको टोली दमौली पुगेको थियो। अघिपछि युट्युबरका ‘बूम’बाट घेरिएका उनीहरुले शाहको पक्षमा माहोल बनाउन एक हप्तासम्म अनेक अभिव्यक्ति दिए। त्यति मात्र होइन, नाबालिग गायिकाको चरित्र हत्या गर्नेसम्मका अभिव्यक्ति दिन उनीहरु केन्द्रित देखिए। तिनै अभिव्यक्तिलाई ‘भाइरल’ बनाउने काम युट्युबरले गरे। 

त्यही भीडमा मिसिएको थियो, अभिनेत्री पूजा शर्माको टोली। उनको उद्देश्य पनि अनुसन्धानको क्रममा रहेको मुद्दा प्रभावित पारेर बलात्कारका आरोपी शाहको पक्षमा ‘माहोल’ बनाउनु थियो। भयो पनि त्यस्तै, उनीहरुले पीडित नाबालिगको चरित्र हत्या गर्दै दिएका अन्तर्वार्ताहरु युट्युबमा बेस्सरी छाए। अनुसन्धानको क्रममा रहेको विषयमा अनावश्यक अभिव्यक्ति र नाबालिकको चरित्र हत्या जस्ता विषयले आक्रान्त बनेपछि स्वघोषित अभियन्ता र युट्युबरलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय तनहुँलाई निर्देशन दियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तनहुँ प्रहरीका एक अधिकृत भन्छन्, ‘हेडक्वार्टरको निर्देशनानुसार हामीले अराजक युट्युबर र अभियन्तालाई पक्राउ गर्न मध्यराति दमौलीका होटल–होटलमा छापा मारेका थियौं। तर, उनीहरु पक्राउ पर्ने डरले पहिल्यै भागिसकेका रहेछन्।’

काठमाडौंमा धमाधम पक्राउ, केही फरार
प्रहरी प्रधान कार्यालयले त्यसरी अराजकता प्रदर्शन गरेका एक/दुई जना युट्युबर र ‘अभियन्ता’लाई भएपनि पक्राउ गरेर कानुनी दायरामा ल्याएमा अरुले पनि पाठ सिक्ने भन्दै अपनाएको जुक्ति युट्युबरले पहिल्यै सुइँको पाएकाले उनीहरु दमौलीमा पक्राउ पर्नबाट जोगिएका थिए। तर, काठमाडौंमा भने उनीहरु जोगिएनन्। प्रेस काउन्सिलले नै प्रहरीको साइबर ब्यूरोलाई पत्र पठाएर केही अनलाइन र युट्युब च्यानललाई कानुनी दायरामा ल्याउन भनेपछि उनीहरु धमाधम पक्राउ पर्न थालेका छन्।  

काउन्सिलको पत्रसँगै विभिन्न व्यक्तिले पनि जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने काम भइरहेको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्याल बताउँछन्। दमौलीमा पक्राउ पर्नबाट जोगिए पनि केही युट्युबर र ‘अभियन्ता’ पक्राउ परिसकेका छन्। फरार रहेका केहीलाई ब्यूराको टोलीले खोजिरहेको छ। 

पल शाह प्रकरणमा जथाभावी भिडियो पोस्ट गरेर चरित्र हत्या गरेको आरोपमा सामेबार मात्र साइबर ब्यूरोको टोलीले गुल्मीको भनभने–९ घर भएका राहुल थापालाई पक्राउ गरेको छ। पक्राउसँगै काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु गरिएको छ। 

Xtrem

Xtrem

आफूलाई ‘अभियन्ता’ दाबी गरेर यसरी टिप्पणी गरिरहेका हरि उदासी पनि ब्यूरोको नियन्त्रणमा आएका छन्। सोमबार नै अर्की एक नाबालिगको चरित्र हत्या गरेको आरोपमा ललितपुरका दीपु भनिने विकास महर्जन पक्राउ परेका छन्।

नाबालिग गायिकामाथि बलात्कार भएको भन्ने पल शाह प्रकरणबारे टिप्पणी गरेपछि नायिका रेखा थापामाथि सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी भएको थियो। त्यसपछि रेखाकी दिदीले साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा केही व्यक्तिलाई पक्राउ गर्ने तयारी गरे पनि उनीहरु पक्राउ परिसकेका छैनन्। ‘अभियन्ता’ शर्मिला वाइबाको खोजीमा जुटेको ब्यूरोले उनलाई पक्राउ गर्न सकेको भने छैन। 

यसरी जथाभावी बोलेर चरित्र हत्या गरेको भन्दै ब्यूरोमा अहिलेसम्म ८८ वटा युट्युब च्यानलविरुद्ध उजुरी परिसकेको छ। तीमध्ये १७ जना पक्राउ परेका थिए। तर, उनीहरु सबैलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

पल शाह प्रकरणमै युट्युबमार्फत् प्रसारण भएका ‘अभियन्ता’को अभिव्यक्तिकै कारण युट्युबमै लगाम लगाउने तयारीसमेत अघि बढाइएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्