काठमाडौं- रसियामा भइरहेको फिफा विश्वकपबाट २०१० को च्याम्पियन स्पेन बाहिरिएको छ। आइतबार भएको प्रिक्वार्टरफाइनलमा स्पेनलाई आयोजक रसियाले पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्यो।
अर्को खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमै ४–३ ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको छ। अब क्वार्टरफाइनलमा रसिया र क्रोएसियाबीच खेल हुनेछ।
प्रतियोगितामा सोमबार राति ब्राजिल र मेक्सिको तथा जापान र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ।
स्पेनको हारको कारण के हो? ब्राजिललाई मेक्सिकोले कस्तो चुनौती देला? नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।