ब्राजिल भर्सेस मेक्सिको
मिति– असार १८ गते, समय– राति ७:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा आज राति ५ पटकको विश्वविजेता ब्राजिल मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणमा ठिकठाक प्रदर्शनपछि उपाधि जित्ने अभियानमा रहेको ब्राजिलको वास्तविक परीक्षा अब सुरु भएको छ।
समूह चरणको पहिलो खेलमा ब्राजिल स्विट्जरल्यान्डसँग १–१ गोलको बरारीमा रोकिएको थियो। कोस्टारिका विरुद्धको दोस्रो खेलमा अन्त्यमा २ गोल गर्दै ब्राजिलले आत्मविश्वास बढाएको थियो। अन्तिम खेलमा सर्वियालाई २–० ले हराएपछि ब्राजिल समूह विजेता बन्यो।
सुरुवातमा दमदार प्रदर्शन गरेको मेक्सिकोले चिन्ता लय गुमाएको हो कि? भन्ने छ। पहिलो खेलमा साबिक विजेता जर्मनीलाई १–० गोलले पराजित गरेको मेक्सिकोले दोस्रो खेलमा कोरियालाई २–१ ले हराएको थियो। तर अन्तिम खेलमा भने मेक्सिकोलाई स्विडेनले ३–० गोलले पराजित गर्यो।

मेक्सिको र ब्राजिलबीच गत संस्करणको विश्वकपमा प्रतिस्पर्धा भएको थियो। खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा ब्राजिलले जित निकालेको थियो।
ब्राजिलले बिस्तारै खेल सुधार गरिरहेको छ। विश्वकपको सुरुवातको १ सय ८० मिनेटमा तनावमा बिताएको ब्राजिलले त्यसपछि भने ४ गोल गर्न सफल भयो। जसले गर्दा टिममा दबाब कम भएको छ। अब मेक्सिको विरुद्ध ब्राजिल तीव्र गतिमा खेल्नुपर्नेछ।
बलिया टिमलाई पराजित गर्दै मेक्सिकोले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। अब मेक्सिकोले अन्तिम १६ मा ब्राजिलविरुद्ध सम्पूर्ण शक्ति खर्च गर्नेछ। यद्पयि सेन्ट्रल डिफेन्डर हेक्टर मोरेनो लगातार दुई खेलमा पहेँलो कार्ड पाएका कारण टिममा उपलब्ध हुनेछैनन्। जसले मेक्सिकोलाई अप्ठ्यारोमा पार्नेछ। किनकि उनी मेक्सिकोका महत्वपूर्ण मध्ये एक खेलाडी हुन्।

ब्राजिल र मेक्सिकोबीच विश्वकपमा अहिलेसम्म ४ खेल भएको छ। जहाँ ब्राजिल अहिलेसम्म पराजित भएको छैन। ३ खेलमा ब्राजिल विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ। ४ खेलमा ब्राजिलले ११ गोल गर्दा अहिलेसम्म गोल खाएको छैन।
सम्भावित टिम
ब्राजिल : एलिन्सन, फाग्नर, थियागो सिल्भा, मिरान्डा, फिलिप लुइस, कासेमिरो, पाउलिन्हो, विलियम, फिलिप काउटिन्हो, नेइमार, गाब्रियल जेसस
मेक्सिको : गुइलेर्मो ओचोआ, मिगुयल लयुम, हुगो अयाला, कार्लोस साल्सेडो, जेसस गालार्डोव, हेक्टर हेरेरा, जोनाथन डोस सान्तोस, आन्द्रेस गाउडार्डो, कार्लोस भेला, जाभियर हार्नान्डेज, हिर्भिङ लोजानो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।