काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आयोजक रसिया सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित अन्तिम ८ मा स्थान पुगेको छ।
पेनाल्टी सुटआउटमा स्पेनका लागि आन्द्रेस इनिस्टा, जेरार्ड पिके र सर्जियो रामोसले गोल गरे। कोके र इस्पासका प्रहारलाई रसियाका गोलकिपरले बचाए।
रसियाका स्मोलोभ, सेर्जेइ इंग्नासेभिच, गोलोभिन र चेरिसेभको गोल गरेका थिए।
त्यसअघि निर्धारित समय र थप गरिएको ३० मिनेटमा दुवै तर्फबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
खेलको १२ मिनेटमा रसियाका सेर्जेइ इंग्नासेभिचले आफ्नै पोस्टमा गोल गरेपछि स्पेनले अग्रता लियो। तर ४१ मिनेटमा रसियाका पेनाल्टीमा डिज्युवाले गोल गरेका थिए।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।