• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

राजपत्रकै व्यवस्था बदलेर सीजी टेलिकमलाई मोबाइल सेवाको लाइसेन्स दिने तयारी 

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १३, २०७८  ११:१४
1140x725

काठमाडौं– सरकारले तोकिएको शर्त पूरा गर्न नसकेको चौधरी ग्रुपको सीजी टेलिकम्युनिकेसन्सलाई आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र (मोबाइल सर्भिस लाइसेन्स) दिने तयारी अघि बढाएको छ। पूर्ववर्ती सरकारले शर्त पूरा नगरेको भन्दै रोकेको लाइसेन्स वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सीजीलाई दिने प्रक्रिया सघन रुपमा अघि बढाएका हुन्। 

सीजी टेलिकम्युनिकेसन उद्योगी विनोद चौधरीको कम्पनी हो। चौधरी सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य र सांसदसमेत हुन्। सञ्चार मन्त्रालय स्रोतका अनुसार नयाँ राजपत्र प्रकाशन गरेर सीजीलाई लाइसेन्स दिने तयारी थालिएको छ। ‘सरकारले पुरानो निर्णयअनुसार नयाँ राजपत्र प्रकाशित गर्‍यो भने १ जेठ, २०६९ मा प्रकाशित भएको दूरसञ्चार सेवा प्रदान गर्न अनुमतिपत्र प्रदान गर्ने, नवीकरण दस्तुर, आवश्यक योग्यता र शर्तहरू बारेको नेपाल राजपत्रका व्यवस्थाहरू संशोधन हुन्छ,’ स्रोतले भन्यो।

पुरानो राजपत्रमा विभिन्न प्रविधिबाट सेवा दिइरहेका स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट (हेल्लो नेपाल), यूटीएल, एसटीएम टेलिकम सञ्चार (सीजी टेलिकम)लाई तोकिएका शर्त पूरा गरेको अवस्थामा आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिन सकिने गरी शर्तहरू तोकिएका छन्।
निश्चित क्षेत्रभित्र मात्र सीमित रहने ताररहित टेलिसञ्चारमा आधारित लिमिटेड मोबिलिटी सेवा, ग्रामीण दूरसञ्चार सेवा (तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र) बाहेक र आधारभूत दूरसञ्चार सेवा प्रदान गर्ने अनुमति पाएकाहरूमध्ये कुनै एकलाई आधारभूत टेलिफोनको लाइसेन्स दिन सकिने त्यो राजपत्रमा उल्लेख छ।

यस्ता अनुमतिपत्र पाएका कम्पनीले आधारभूत टेलिफोन सेवाको अनुमति लिन प्रचलित कानुन बमोजिम तिर्नु र बुझाउनुपर्ने दस्तुर तथा सम्पूर्ण बक्यौता तिरेको हुनुपर्ने र यसअघिका अनुमतिपत्र प्राप्त गर्दा तोकिएको अनिवार्य शर्तहरू पूरा गरेर सेवा सञ्चालन गरेको हुनुपर्ने व्यवस्था राजपत्रमा छ।

त्यस्ता सेवा पुर्‍याउन अनिवार्य गरिएका जिल्ला वा साविक गाउँ विकास समितिको प्रत्येक इलाकामा कम्तिमा एउटा बीटीएस टावर स्थापना गरी सो क्षेत्रको मागअनुसार सेवा विस्तार गर्ने पूर्वाधार स्थापना गरेको कम्पनीले मात्रै आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाउने योग्यता पनि तोकिएको छ।

२०६९ सालमा लाइसेन्सबारेको राजपत्र प्रकाशित भएपछि त्यसकै आधारमा यूटीएल र स्मार्ट टेलिकमले आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाएका थिए। आवेदन दिए पनि शर्त पूरा नगरेको ठहर गरेर सीजी टेलिकम (तत्कालीन एसटीएम) लाई लाइसेन्स दिन नसकिने निर्णय प्राधिकरणले गरेको थियो।

तर, अहिले सीजीलाई लाइसेन्स दिन मन्त्रिपरिषद्बाट राजपत्रमा भएको व्यवस्था परिवर्तन गरिएको नेपाल दूरसञ्चार प्राधिकरणकै अधिकारीले पुष्टि गरेका छन्। प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने, ‘राजपत्रमा पहिले भएको निर्णयलाई मन्त्रिपरिषद्को बैठकले पहिले नै परिवर्तन गरिसकेको छ। लाइसेन्सका लागि के शर्त राख्ने भनेर पहिले नै राजपत्र परिमार्जन गर्ने कुरा भइसकेको थियो। अब त्यसलाई कार्यान्यन गर्न लागेको हो। यसको लागि प्राधिकरणले सूचना प्रकाशन गर्नुपर्ने हुन्छ। उक्त सूचना निकाल्ने काम अगाडि बढिसकेको छ।’ 


नेपाल दूरसञ्चार प्राधिकरणले २०६९ चैत ३० मै आफ्नो निर्णय जानकारी गराउँदै सीजीलाई पत्र लेखेको थियो। त्यो पत्रमा भएको व्यहोरा यस्तो छ :– 
उपरोक्त सम्वन्धमा त्यस प्रालिले यस प्राधिकरणसमक्ष मिति २०६९ जेठ १ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम आधारभूत टेलिफोन सेवा सञ्चालनको लागि दिएको निवेदनको सन्दर्भमा प्राधिकरणबाट निम्नानुसारको निर्णय भएको व्यहोरा जानकारी गराइन्छः

nimb
nimb

त्यस प्रालिले सुरु अनुमतिपत्रमा उल्लेख भएका १६ जिल्लाको ५३४ गाविसमा भिएसएटी (भिस्याट) जडान गरी पीसीओ सञ्चालन गरेको भनी सन् २००६ मा प्रमाणित भएको भएपनि हाल १६ जिल्लासमेत अन्य जिल्लामा गरी सो पूर्वाधार ७२९ गाविसमा सञ्चालनमा रहेको जानकारी गराएको तर, ती सबै पूर्वाधार सञ्चालनमा रहेको यकिन नभएको, थप ४१ जिल्लाको लागि लिमिटेड मोबिलिटी सेवाको अनुमतिपत्र प्राप्त गरी सोको निमित्त ९०० एमएचजेड व्याण्डको फ्रिक्वेन्सी समेत २०६४ सालमा प्राप्त गरेको तर, सोको यथेष्ट प्रयोग गरी सेवा सञ्चालन नगरेको हुँदा सेलुलर मोबाइल सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधार स्थापना गरेको वा सेवा सञ्चालन गरेको अभिलेख देखिएन। 

तत्कालीन अवस्थामा ५३४ गाविसमा सेवा पुर्‍याउन भिएसएटी प्रविधि प्रयोग गरिएकोमा हाल आएर ती स्थानहरुमा अन्य सेलुलर मोबाइल सेवा समेतको पहुँच पुग्न गई भिएसटीबाट प्रदान गरिएका सेवा प्रदायकका सेवाहरु विस्थापित भइरहेको भनि त्यस कम्पनीबाट समेत पत्राचार भएको सन्दर्भमा विचार गर्दा आर्थिक रुपले समेत दिगो सेवा सञ्चालन गर्न भिएसएटी प्रविधिको मात्र प्रयोगबाट सम्भव नदेखिँदा आधारभूत टेलिफोन सेवा अन्तर्गतको अनुमतिपत्रबाट सेवा सञ्चालन गर्न सेलुलर मोबाइल सेवाको बिटिएस वा एक्सचेञ्ज र सोही अनुसारको स्थलीय व्याकबोन नेटवर्क स्थापना र प्रयोगको विकल्प देखिँदैन। तसर्थ देहायका शर्त पुरा भएपछि सो प्रालिलाई आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र जारी गरिने व्यहोरा जानकारी गराइन्छः

१. त्यस कम्पनीले सुुरुमा अनुमतिपत्र लिँदाका बखत पूर्वाञ्चलका १६ जिल्लाको ५३४ गाविसमा सेवा पुर्‍याउनु पर्ने शर्त तोकिएको हुँदा स्मार्ट टेलिकमसरह ती ५३४ गाविसले छोएका जिल्ला विकास समितिको निमित्त तोकिएका प्रत्येक इलाकामा एउटा वीटीएस वा एक्सचेञ्ज स्थापना गर्नुपर्ने। 

२. अनुमतिपत्र पाएका सबै जिल्लामा नेटवर्क निर्माण तथा सेवा विस्तारको लागि आवश्यक यन्त्र उपकरण झिकाउने लगायतका सम्पूर्ण सुविधा उक्त प्रालिलाई उपलब्ध गराइने। 

३. फ्रिक्वेन्सीको हकमा दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य) सम्बन्धी नीति, २०६९ को दफा १० बमोजिम उपलब्ध ९०० एमएचजेड टिवाईएफ १८०० एमएचजेडमा फ्रिक्वेन्सी उपलब्ध गराइने एवं सबै मोवाइल सेवा प्रदायकलाई समान व्यवहार हुने गरी फ्रिक्वेन्सी नीतिमा परिमार्जनका लागि फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई अनुरोध गरी सो बमोजिम हुने रिफर्मिङसमेतका आधारमा उपलब्ध हुने फ्रिक्वेन्सी त्यस प्रालिलाई उपलब्ध गराइने। 

त्यस कम्पनीबाट समेत पत्राचार भएको सन्दर्भमा विचार गर्दा आर्थिक रुपले समेत दिगो सेवा सञ्चालन गर्न भिएसएटी प्रविधिको मात्र प्रयोगबाट सम्भव नदेखिँदा आधारभूत टेलिफोन सेवा अन्तर्गतको अनुमतिपत्रबाट सेवा सञ्चालन गर्न सेलुलर मोवाइल सेवाको बिटिएस वा एक्सचेञ्ज र सोही अनुसारको स्थनीय ब्याककोन नेटवर्क स्थापना र प्रयोगको विकल्प देखिँदैन। तसर्थ देहायका शर्त पूरा भएपछि सो प्रालिलाई आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र जारी गरिने कुराको जानकारी दिनेः

१. यस कम्पनीले शुरुमा अनुमतिपत्र लिँदाका बखत पूर्वाञ्चलका १६ जिल्लाको ५३४ गाविसमा सेवा पुर्‍याउनु पर्ने शर्त तोकिएको हुँदा स्मार्ट टेलिकम सरह ती ५३४ गाविसले छोएका जिल्ला विकास समितिको निमित्त तोकिएका प्रत्येक इलाकामा एउटा वीटीएस वा एक्सचेञ्ज स्थापना गर्नुपर्ने।

२. अनुमतिपत्र पाएका सबै जिल्लामा नेटवर्क निर्माण तथा सेवा विस्तारको लागि आवश्यक यन्त्र उपकरण झिकाउने लगायतका सम्पूर्ण सुविधा उक्त प्रालिलाई उपलब्ध गराउने।

३. फ्रिक्वेन्सीको हकमा दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति, २०६९ को दफा १० बमोजिम उपलब्ध ९०० एमएचजेड टिवाईएफ एमएचजेडमा फ्रिक्वेन्सी उपलब्ध गराइने एवं सबै मोवाइल सेवा प्रदायकलाई समान व्यवहार हुने गरी फ्रिक्वेन्सी नीतिमा परिमार्जनका लागि फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई अनुरोध गरी सो बमोजिम हुने रिफर्मिम समेतका आधारमा उपलब्ध हुने फ्रिक्वेन्सी सो प्रालिलाई उपलब्ध गराइने जानकारी गराउने।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टनेलमा फसेकाको उद्धारमा भारतीय विज्ञ टोली पनि खटियो
बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
टनेलमा फसेकाको उद्धारमा भारतीय विज्ञ टोली पनि खटियो शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक शनिबार, भदौ १३, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्