काठमाडौं- आयोजक रसिया र क्रोएसिया २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफानइलमा प्रतिस्पर्धा गर्ने भएका छन्। दुवै टिमले अन्तिम १६ मा आ-आफ्नो खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन्।
आयोजक रसियाले सन् २०१० को च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेर अन्तिम ८ मा स्थान पक्का गरेको थियो। दुवै टिमले निर्धारित र थप गरिएको समयमा १-१ गोलको बराबरी खेलेका थिए।
यता क्रोएसियाले डेनमार्कलाई पनि पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै अन्तिम ८ मा रसियासँगको भेटक पक्का गर्यो। दुवै टिमले सुरुवाती ४ मिनेट भित्र १-१ गोल गरेका थिए। तर त्यसपछि निर्धारित समय र थप गरिएको ३० मिनेटमा कुनै गोल हुन सकेन।
रसिया र क्रोएसियाबीच असार २३ गते शनिबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।