क्रोएसिया भर्सेस डेनमार्क
मिति– असार १७ गते, समय– राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रिक्वार्टरफाइनलको खेलमा आज मध्यरातमा क्रोएसिया र डेममार्कबीच प्रतिस्पर्धा हुँदैछ।
क्रोएसियाले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्ने क्रममा समूह चरणका तीन वटै खेल जित्यो। दुई पटकको विश्वविजेता अर्जेन्टिना विरुद्ध एक पक्षीय खेल पस्किएको क्रोएसिया समूह चरणमा बढी गोल गर्ने तेस्रो टिम हो। क्रोएसियाले समूह चरणमा उत्कृष्ट फुटबल खेलेर सवैको मन जितिसकेको छ। लुका मोड्रिकको कप्तानीमा उत्रने टिममा प्रतिभाशाली खेलाडीको जमघट छ। सन् १९९८ मा तेस्रो स्थान हात पारेको उसले अब भने उपाधितर्फ आँखा लगाइसकेको छ।
डेनमार्कको विश्वकपमा उत्कृष्ट प्रदर्शन क्वार्टरफाइनलमा पुग्नु हो। यसपटक राम्रो इतिहास बनाउन लक्ष्यमा रहेको डेनमार्कको समस्या फरवार्डमा देखिएको छ। उसले समूह चरणमा २ गोल मात्र गर्न सक्यो। तर डेनमार्क अपराजित रहेकाले रक्षापंक्तिमा खोट लगाउने ठाँउ छैन। डेनमार्कको भरपर्दा खेलाडी क्रिस्टियन एरिक्सन हुन्। एक गोल गरेका उनले एक पास गोल गर्न उपलब्ध गराएका थिए। उनी समूह चरणमा सवैभन्दा बढी कुद्ने खेलाडी समेत हुन्। त्यसलै डेनमार्कले उनीबाट आसा गरेको छ।
क्रोएसिया र डेनमार्कबीच अहिलेसमा पाँच पटक प्रतिस्पर्धा भएको छ। जसमा दुवै टिमले २–२ जित हात पारेका छन्। एक खेल बराबरीमा सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।