स्पेन भर्सेस रसिया
मिति– असार १७ गते, समय– राति ७:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रिक्वार्टरफाइनलको खेलमा आज राति स्पेन र रसियाबीच प्रतिस्पर्धा हुँदैछ।
सन् २०१० को विश्वविजेता स्पेन घरेलु टिमसँग प्रतिस्पर्धा गर्दा दबाबमा हुनेछ। स्पेनले समूह चरणका दुई खेलमा बराबरीमा रोकिएको थियो। स्पेनले पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा इरानमाथि १–० को जित पारेको स्पेनलाई अन्तिम खेलमा मोरक्कोले २–२ को बराबरीमा रोक्यो। मध्यपंक्तिमा र अग्रपंक्तिमा राम्रो देखिएको स्पेनको रक्षापंक्तिमा भने कमजोर देखिएको छ।
रसियाले सुरुवाती २ खेलमा सानदार खेल पस्किएको थियो। पहिलो खेलम साउदी अरेबियालाई ५–० ले हराएको रसियाले दोस्रो खेलमा इजिप्टमाथि ३–१ को जित निकाल्यो। तर अन्तिम खेलमा भने उरुग्वेसँग ३–० ले पराजित भयो। अन्तिम खेलमा हार ब्यहोर्दा रसियाको मनोबल खस्किएको छ। तर उसले स्पेनको कमजोर रक्षापंक्तिको फाइदा उठाउन सक्छ।
सम्भावित टिम
स्पेन : डेभिड डे गिया, डानी कार्भान्जल, गेरार्ड पिके, सर्जियो रामोस, जोर्डी अल्बा, सर्जियो बुस्केट, कोके, आन्द्रेस इनिस्टा, इस्को, डिएगो कोस्टा, इयागो अस्पास
रसिया : इगोर अकिन्फेभ, मारियो फर्नान्डेज, इल्या कुटेपोभ, सेर्जी इनाशेभिच, युरी हिर्कोभ, रोमान जोनिन, डालेर कुज्येभ, अलेक्सार्द्रो समाभेडोभ, अलेक्जेन्डर गोलोभिन, डेनिस चेरिसेभ, अर्टेम डिज्युभा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।