काठमाडौं- २०१८ फिफा विश्वकपमा शनिबार भएको प्रिक्वार्टरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। फ्रान्सका लागि युवा फरवार्ड केलियन एमबाप्पेले २ गोल गरेका थिए।
अन्तिम १६ को अर्को खेलमा उरुग्वेले पोर्चुगललाई २–१ ले हराएर फ्रान्सको भेट पक्का गर्यो। उरुग्वेका लागि दुवै गोल इडिनस्न काभानीले गरेका थिए।
यता आइतबार राति स्पेन र रसिया तथा क्रोएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ।
लयमा देखिएको फ्रान्सको अबको खेल कस्तो होला? आजका खेलमा कुन टिमको प्रदर्शन कस्तो होला? नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।