• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
‘म अटेरी उम्मेदवार, राजनीति सपार्ने जिम्मा लिन्नँ, पोखरा बनाउन आएको हुँ’ [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ मंगलबार, फागुन १०, २०७८  ०९:२८
1140x725

गनेस पौडेलको पहिलो परिचय हो लेखक। उनी पहिलो उपन्यास ‘पैताला’बाटै चिनिएका हुन्। तर, अहिले साहित्यका कारण नभई राजनीतिका कारण चर्चामा छन्। उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यसका लागि ‘अटेरी युवा अभियान’ पनि चलाइरहेका छन्। उम्मेदवारी घोषणाको सन्दर्भमा गनेस पौडेलसँग नेपाल लाइभका लागि जनक कार्कीले गरेको कुराकानीको सारसंक्षेप :

पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत गर्नुभयो। तपाईंका पाठकका लागि यो अप्रत्यासित थियो। तर, तपाईं त अप्रत्यासित रूपमा निर्णयमा पुग्नु भएको पक्कै होइन। उम्मेदवार बन्ने निर्णयको 'ज्वालामुखी' फुट्नुपूर्व तपाईंको मन र मस्तिष्कमा कतिको 'लाभा' मडारिए? 
म अहिले जे छु, जे सोच्छु, जे गर्छु, त्यो मेरो वैयक्तिक कुरा मात्रै हुँदैन। मेरो भौतिक र मानसिक रूपमा निर्मित समाज र समयकै परिणाम हुन्। वैयक्तिक होस् या सामाजिक कदम, त्यो इतिहासकै घटनाका परिणति हुन्। संसारका कुनै पनि घटना आकस्मिक भन्ने हुँदैनन्। 

अघिल्लो स्थानीय निर्वाचनमा पनि मैले उम्मेदवारी दिने सोचेको थिएँ। तर, विविध कारणले त्यो निर्णय लिने अवस्था आइनसकेको मूल्यांकन गरेँ। अझ स्पष्ट भन्दा आँट गरिनँ। अहिले सोच्दा लाग्छ, मैले ठीकै गरेको रहेछु। लोकतन्त्रमा स्वतन्त्र उम्मेदवारी किन चाहिन्छ भन्ने विवेचनाको सार्थकता अघिल्लो पटकमा भन्दा यसपटक ज्यादा स्पष्ट भएको छ। 

बाँकी रह्यो कुरा लाभाको, तपाईँले उल्लेख गर्नुभएजस्तो लाभा बर्षौँदेखिको हो। र त्यो लाभाको उत्प्रेरक हाम्रो (कु)राजनीति हो। बेथितिले हरेक मानिसलाई पोल्छ र विद्रोह अस्तित्वमा आँउछ। मेरो हकको विद्रोह भनेको राजनीतिक अटेरी हो। त्यो अटेर गर्ने आँट मैले यसपटक गरेको छु र मलाई लाग्छ, समयमै अटेर गरेको छु। 

तपाईंले फेसबुक पेजमार्फत अभियान पनि सुरु गर्नुभएको छ, ‘आउनुहोस् केही त गरौँ, अति भो अटेर गरौँ।’ यसको नाम ‘अटेरी युवा अभियान’ राखिएको छ। के अब यही नामको पार्टी खोल्दै हुनुहुन्छ?
कतिलाई ‘अटेर’ शब्द मन परेको छैन। यसको सट्टामा प्रतिवाद, प्रतिरोध, अवज्ञाजस्ता शब्दको प्रयोग गरेको भए हुन्थ्यो भन्ने खालका सुझाब मैले निकै पाएको छु। प्रतिवाद वा प्रतिरोध भनेको कुनै विचार वा व्यवहारप्रति देखाइने विपरीत विचार वा व्यवहार हो। विरोधी विचार वा व्यवहार हो। तर ‘अटेरी’ हुँदा आफूले मानिआएको विचारभित्रै रहने सुविधा हुन्छ। तपाईं लोकतान्त्रिक हो भने लोकतान्त्रिक नै भएर अटेर गर्ने हो। वामपन्थी हो भने वामपन्थी नै भएर अटेर गर्ने हो। 

अवज्ञा भनेको चाहिँ ‘आज्ञा’ नमान्नु हो। यसले पनि सामान्य मतदातालाई छुँदैन। किनकि, मतदातालाई कसैले आज्ञा दिदैँन। मतदातालाई त अनुरोध मात्रै गरिएको हुन्छ। आफूले अहिलेसम्म मत दिई आएको, तर क्रियाशील राजनीति नगर्ने ठूलो जमात हामीसँग छ। उनीहरूले अहिलेसम्म एउटै वा केही दलमा मात्रै मत दिइरहेका हुनसक्छन्, तर उनीहरु त्यो दलका कार्यकर्ता हुँदैनन्। हुन रुचाउँदैनन्। त्यो बेला गर्ने भनेको न प्रतिरोध हो न त अवज्ञा। गर्ने अटेर नै हो। चाहिएको बेलामा मात्रै सहभागी हुने अरु बेला आफ्नै जीवनको लयमा रहने भन्ने यसको ध्येय हुन्छ। कामकाजी समाजमा सबै जनाले राजनीति गरेर हुँदैन। सबै मान्छे राजनीतिमा लाग्नै पर्ने खालको जुन परिस्थिति निर्माण गरिएको छ, त्यो गलत हो। विद्यार्थी, पेशाकर्मी, व्यापारी, उद्योगी वा अरु जो कोही पनि राजनीतिमा लागिरहन पर्दैन। सामान्य मतदाता मात्रै भएर बसे हुन्छ। घरैपिच्छेका मान्छे कार्यकर्ता भएको उदाहरण दुनियाँको कुन ठाउँमा छ?

लेनिनले संगठनवादलाई सघन पारेपछि त्यसयता सामान्यतः पार्टी वा विचार भन्नु नै संगठन भनेजस्तो भयो। गहिरिएर हेर्ने हो भने संगठनवाद चेतनाको बाधकजस्तै बनिसक्यो। पार्टी नै खोल्नुथ्यो त 'अटेर'को आँट नै गरिन्नथ्यो, औपचारिकतामा लागिहालिन्थ्यो। त्यसकारण पनि यो अभियान नै हो। अभियानको प्रकृति सर्वव्यापी हुन्छ, पार्टी त सीमाले छुट्याउन सक्ने अवधारणा हो।

र्‍यापर बालेनलगायत धेरैले स्थानीय तहमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अटेरी युवा अभियानकै कारण यसो भएको हो?
देशैभर अहिले ‘अटेरी’ उम्मेदवारी दिने जुन उभार आएको छ, ती सबै मेरै कारणले आएको हो भनेर म दाबा गर्दिनँ। मैले भनिसकेँ, हरेक मान्छेको निर्णय व्यक्तिको एक्लो निर्णय मात्र हुँदैन। इतिहासका घटनाहरूको विवेचनाबाट मान्छेले त्यस्तो निर्णय गरेको हुन्छ। राजनीतिक दलले ठीक ठीक तरिकाले राजनीति गरेको भए सायद यस्तो अटेरको आवश्यकता नै पर्दैनथ्यो। म किताब लेखेर बस्थेँ, बालेन गीत गाएर बस्थे। देवानन्दले व्यवसाय गरेर बस्थे। सुमित खरेल र उदय भाट आफ्नै जीवनको मेलो समातेर बस्थे। अरु धेरै साथीहरू आ–आफ्ना काममा लीन हुन्थे।

Ncell 2
Ncell 2

कुनै बेला तपाईं नयाँ शक्ति पार्टीबाट प्रभावित देखिनुभयो। तर, वैकल्पिक भनेर खोलिएका पार्टी माथि उठ्नै सकेनन्। नेपालमा कि बायाँपन्थी कि दायाँपन्थी दल नै हाबी छन्। तपाईं चाहिँ सिधा हिँड्न खोज्नु भएको हो?
सत्यहरु ध्रुवमा हुन्छन् भनिन्छ, त्यसकारण पनि प्रायःले दायाँबायाँ गोडाफाट गरेका होलान्। तर, म वेगलाई ख्याल गर्छु। ट्राफिकलाई हेर्नुस् न, तपाईँको सवारी बिस्तारै गुडेको छ भने किनारा च्यापेर चलाउनु हुन्छ। तर, बेग बढ्दै गयो भने तपाईं मध्यभागतिर प्रवेश गर्नु हुन्छ। नेपाललाई द्रुतत्तर विकास गर्ने हो भने किनारामा बसरे हुँदैन। दाँया र बाँयाको संघर्षमा लागेर हुँदैन। मध्यभागबाट हुँइक्याउनु पर्छ। यो भन्दै गर्दा ‘माझ’लाई अवसर खोजीको क्षेत्र भन्ने बुझिएला। त्यसो मात्र पनि होइन, अरुभन्दा अघि हुन गतिशील हुनैपर्छ। आजको भूमण्डलीकृत पूँजीवादी युगमा कुन समाजको विचार वा उत्पादन कुन गतिमा तपाईंको दैलामा आइपुग्छ पत्तै हुँदैन। समयलाई समात्न मात्रै पनि गतिवान् हुन जरुरी छ। त्यो खालको गति माझमा बसेकाले मात्रै पकड्न सक्छ। त्यो विचार वा बस्तुको उत्पादन पनि माझमा रहेकाले मात्रै रचना गर्न सक्छ। यहाँ माझ भन्नु दर्शन पक्ष हो। राजनीतिक गतिशीलता समृद्धिको आधार हो। 

डा. बाबुराम भट्टराई हुन् या रवीन्द्र मिश्र, दुवै जना मेरा प्रिय व्यक्तित्वहरू हुनुहुन्छ। तर, वैकल्पिक राजनीतिको नाममा नेपालमा जुन ठाउँ बनिरहेको थियो, उहाँहरूले त्यसलाई कब्जा गर्न मात्रै खोज्नुभयो। खासमा त्यो वैकल्पिक राजनीति भएन। उसो त एमालेले पनि नेपालको वामपन्थीहरूको स्पेस मात्रै कब्जा गरेको हो। एमाले कुनै पनि तरिकाले माक्र्सवादी वा लेनिनवादी पार्टी हो भनेर मान्ने अवस्थामा म छैन। काँग्रेसको हाल पनि त्यही हो। काँग्रेसले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’को स्पेस कब्जा गरेको न हो। 

पोखरा सांस्कृतिक, प्राकृतिक, पर्यटकीय लगायत दृष्टिकोणबाट महत्त्वपूर्ण स्थान हो। गण्डकी प्रदेशको राजधानी हो। तपाईंले उम्मेदवारी घोषणा गरिसकेपछि घोषणापत्रको पनि कल्पना गर्नुभएको होला। केही महत्त्वपूर्ण बुँदा सार्वजनिक गर्न मिल्छ?
पोखरा भौगोलिक रूपमा मात्रै होइन, धेरै मानेमा नेपालको केन्द्र हो। तर राजनीतिक नेतृत्व उत्पादनको दृष्टिले हेर्दा यहाँबाट केन्द्रमा प्रभाव पार्न सक्ने कोही देखिएनन्। कास्की कटेर अर्को कुनै शहरको चोकमा एक घण्टा उभिदा एकै जना पनि ‘नेता’ भन्ने चिनेर कुराकानी गर्दैन भने के को नेता? ३०/४० वर्षसम्म राजनीति गरेँ भनेर फुर्ती लगाउनेको हालत त्यस्तो छ। संगठन छोड्दाको दिन आफ्नै परिवारका सदस्यबाहेक अरु कसैले तिनलाई मत दिनेवाला छैन। पछि लाग्नेवाला छैन। सुन्नेवाला छैन। मेरो ‘अटेर’ त्यसै माथिको अटेर हो। तिनीहरूलाई नेता मान्न तयार नभएका मजस्तै हजारौँ मतदाता ज्यूँदै छन् है भन्ने जानकारी गराउने मेरो उद्घोष हो। घोषणापत्र चाहिँ समय भएपछि सार्वजनिक  हुन्छ। त्यो घोषणापत्र परम्परावादी दलको जस्तो भएर आउँदैन। म एउटा सर्जक हुँ, लेखक हुँ। एउटा लामो निबन्धजस्तो भएर आउँछ। समाज रुपान्तरको मौलिक सिर्जनाजस्तो भएर आउँछ।

बेलायती प्रधानमन्त्री विस्टन चर्चिलबारे एउटा कथन छ। आफ्नो परिचय नखुलाई ट्याक्सी लिएर अन्तरवार्ता दिन बीबीसी मुख्यालय पुगे। फर्कउन्जेल कुर्न आग्रह गर्दा चालकले भनेछ, ‘माफ गर्नुहोला, चर्चिलको अन्तरवार्ता सुन्न म घर जानुपर्नेछ।’ चर्चिलले १० पाउन्ड बढी दिएछन्। अनि चालकले भनेछ, ‘म तपाईंलाई नफर्किउन्जेल पर्खनेछु, चर्चिल नरकमा परोस्।’ यो घटनाले पैसाको महत्त्व र नेताको अवस्था देखाउँछ। उनी पनि साहित्यकार थिए। भोलि तपाईंको हालत पनि चर्चिलकै जस्तो त हुँदैन? चुनावका लागि पनि पैसा चाहिन्छ। खर्च कसरी जुटाउनुहुन्छ?
यो प्रश्नमा पुँजी जोडिएको छ यसमा। भनाइ छ नि, पैसा संसारका सबै मान्छेले बुझ्ने एकमात्र भाषा हो। पैसा सबै मान्छे पुग्न चाहने एकमात्र साझा गन्तब्य हो। चर्चिल बाठो मान्छे हुन्। चतुर। सत्य कुरा त के हो भने, उनलाई ट्याक्सी चढ्ने दरकार सायदै परेको होला। जाहेर छ, यो कथा ‘साहित्यकार’ चर्चिलको व्यङ्ग्य चेतनाको उपज थियो।

जति नै उन्नत लोकतन्त्रमा पनि केही न केही भोट पैसामा बिकिहाल्छ। पैसामा भोट मात्रै होइन उम्मेदवारको टिकट र कहिलेकाँही त निर्वाचित जनप्रतिनिधि नै बिकेका घटना हाम्रो र वैश्विक राजनीतिका समेत नाङ्गा नियति हुन्। मेरो ‘अटेर’ यस्तै प्रवृत्तिका विरुद्धमा हो। मलाई थाहा छ, मजस्तै विरोधी मतदाता अहिले बहुमतमा छन्। त्यसैले डर रत्ति लाग्दैन। 

चुनावमा न्युनतम खर्च त अवश्य हुन्छ। साथीभाइ इष्टमित्रले त्यसको जोहो गरिदिने वाचा गर्नुभएको छ। गरिरहनु भएको छ। देश देशावरबाट सहयोग दिने रहर व्यक्त गर्नु भएको छ। मैले सबैलाई भनेको छु ‘मलाई बोझ हुने कुनै पनि सहयोग नगरिदिनुस्। त्यत्ति मात्रै सहयोग गर्नुस् जसबापत तपाईँलाई मेरो विजयबाहेक केही चाहिँदैन।’

एकताका भारतको लालकिल्लामा भएको ठूलो कवि सम्मेलनमा मुख्य अतिथिका रूपमा जवाहरलाल नेहरु आउँदै थिए। मञ्चमा पुग्ने सिँढी उक्लने क्रममा खुट्टा अनियन्त्रित भएर लड्खडाए। सम्मेलनको अध्यक्षका रूपमा उनलाई स्वागत गरिरहेका महाकवि दिनकरले उनलाई सम्हालेर लड्नबाट जोगाएपछि नेहरुले धन्यवाद दिएछन्। अनि दिनकरले भनेछन्, ‘महामहिम, भारतमा राजनीति यसैगरी लड्खडाइरहँदा साहित्यले नै त जोगाइरहेको छ। यसमा धन्यवादको के कुरा!’ नेपालको लड्खडाइरहेको राजनीति तपाईंको कलमले सम्हाल्न सक्ला?
प्रसंग सुन्दर छ। तर बुझ्नु पर्ने के छ भने, नेहरु आफैँ पनि उम्दा लेखक हुन्। एक जमाना थियो, नेपाल होस् या भारत या अन्त कतै; कवि, लेखक, कलाकार वा बौद्धिक व्यक्ति सक्रिय र नेतृत्वदायी राजनीतिमा हुन्थे। त्यो बेला जो लडखडाउँथ्यो, ऊ आफैँ सम्हालिन सक्थ्यो। कदाचित नसके महाकवि दिनकरहरू प्रेमपूर्वक वगलमा उभिएका हुन्थे। जोगिने र जोगाउने दुवै धन्य हुन्थे। तर, अचेल राजनीतिमा त्यो बौद्धिकता छैन। त्यो सिर्जनात्मक सहचर्य छैन। भएका सर्जकहरू पनि प्रत्यक्ष र सक्रिय राजनीतिबाट अलग भैसकेका छन्। 

अहिलेको राजनीति शुद्ध लठैत राजनीतिकर्मीको हातमा पुगेको छ। ती कदाचित लड्खडाए भने आफैँ उठ्न सक्दै सक्दैनन्। तिनलाई हात समातेर लड्नबाट जोगाउन कुनै दिनकर प्रेमपूर्वक बगलमा उभिएको हुनेछैन। प्रचण्डजी रित्तिएको त्यसैगरी हो। बाबुरामजी बितर्किएको त्यसैगरी हो। माधवजी र झलनाथजी किनाराकृत भएको त्यसैगरी हो। ओलीजी र देउवाजीको भवितव्य पनि त्यही हो। कसै कसैलाई भ्रम अझै छ, हाम्रा नेताका बगलमा पनि दिनकरहरू छन्। तर त्यो मिठो भ्रमबाहेक केही होइन भनेर बुझ्न हाम्रा एकेडेमीहरुमा दलको दौरा समातेर बसेका ‘सर्जक’हरूको अनुहार काफि छैन र?

नेता लड्खडाउँदा उठाइदिन अहिले पूँजिपतिहरु बगलमा बस्छन्। साइबर सेना खटिन्छन्। कदाचित ‘नेता’ भैगएँ भने मेरो बगलमा दिनकरहरू भैदिउन् भन्ने कुरामा म सदैव सचेत छु। म ‘लड्खडाएको राजनीति’ सम्हाल्न आएको होइन। एकलैले सम्हालेर राजनीति सम्हालिन सक्दैन। यात्रामा कतै लड्खडाएँ भनेँ सके आफैँ सम्हालिन्छु नसके बगलमा प्रेमिल दिनकरहरू छन् भन्ने विश्वासले राजनीतिमा आएको हुँ।

हाम्रा पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिबाट साहित्यमा हामफाल्दै ‘मेरो जून हरायो’ (अभिव्यक्ति द्वैमासिक, वैशाख २०६२ मा प्रकाशित) कविता रचेका थिए, तपाईं चाहिँ ‘देश हरायो’ भन्दै राजनीतिमा हामफाल्न खोज्नुभएको हो? 
पूर्वप्रधानमन्त्रीको जून पक्कै हराएको हो। कामुको क्यालिगुला पात्रले जून खोजेजस्तै नभौतारिए हुन्थ्यो बरु। देश हराउने तर्क होइन। हराएको त विधिको शासन हो। इमान हो। नेताको नैतिक धरातल हो। हाम फाल्नेहरुलाई सम्हालिन गाह्रो हुन्छ। भासिने वा हाडजोर्नी सड्किने सम्भावना पनि उस्तै हुन्छ। म ‘आएको’ हुँ। ‘हाम फालेको’ होइन।

संस्कृत मनीषिहरूको परिभाषा सापटी लिँदा जसमार्फत हितकर भावनाको प्रसार हुन्छ, त्यसैलाई साहित्य भनिन्छ। के तपाईं साहित्यको हितकर भावना बिग्रिएको राजनीतिक यन्त्रमार्फत प्रयोग गर्न सक्नुहुन्छ?
संस्कृतमा ‘साहित्य’ शब्दको जरो ‘हितकर भावना’मा जोडिएको होला। त्यो एटमोलजी अंग्रेजीमा नमिल्ला। कोरियनमा अर्कै होला। नेवारीमा फरक होला। गुरुङ भाषामा अलग बन्ला। कला र साहित्यको मूल कुरा सौन्दर्य हो। सौन्दर्यविनाको साहित्य बरु हानिकारक हुँदैन, तर सौन्दर्यविनाको राजनीति खतरनाक हुन्छ। उसो त सौन्दर्य नभएको साहित्य सधैँ साहित्य रहँदैन। कला कला रहँदैन। एक झमट चल्छ, सकिन्छ। तर राजनीतिको कुरा फरक छ। सौन्दर्यविनाको राजनीति भयानक हुन्छ। परपीडक हुन्छ।

के हाम्रो राजनीतिमा कुनै सौन्दर्य बाँकी छ? छ भने कति छ? कुन वर्ग, जाति, लिंग, समुदाय वा परिवारको आँखाले मात्रै परख गर्ने सौन्दर्य बाँकी छ। सौन्दर्य त आखिर आँखा अनुसार फरक छ भनिहाल्छन्।

म पोखरा सपार्न आएको हुँ, राजनीतिको यन्त्र वा संयन्त्र सपार्न आएको होइन। म एक्लैले त्यो गर्नै सक्दिनँ। सबै ‘अटेरी’ उम्मेदवार मिलेर पनि त्यो गर्न सकिँदैन। किन कि देशभर जति पनि ‘अटेरी’ उम्मेदवार छौँ, हामी आ–आफ्ना पृष्ठभूमिसहित ‘अटेरी’ छौँ। आ–आफ्ना तोडसहित ‘अटेरी’ छौँ। आ–आफ्ना योजनासहित ‘अटेरी’ छौँ। हामी यौटै अभियानमा त छौँ तर हामी सबै एउटै राजनीतिक विचारबाट आएका छैनौँ। हामी राजनीतिक दल होइनौँ।

यो अभियान भोलि विचारमा परिणत भयो भने त्यो अलग कुरा हो। अहिले जसरी ‘अटेरी’ उम्मेदवारहरूको उभार आएको छ, उसै गरी ‘अटेरी’ मतदाताको पनि उभार आयो भने त्यो अलग कुरा हो। त्यो बेला पक्कै भनुँला नि, अब म बिग्रेको राजनीतिको यन्त्र बनाउन आएको छु।

बीपी कोइरालाले आफू राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भएको बताएका छन्। राजनीति, समाज, धर्मजस्ता सीमा र बन्धन साहित्यकारहरू मन पराउँदैनन्। त्यसैले प्लेटोले आफ्नो युटोपिया (काल्पनिक गणराज्य) मा कवि लेखकलाई प्रवेश निषेध गरेका थिए। तपाईं पनि साहित्यकार हुनुहुन्छ। भोलि मेयर बन्नुभयो भने यस्ता सामाजिक मान्यता र नियमबाहिर जाँदा लफडा त हुन्न?
बीपी राजनीतिमा समाजवादी थिए कि थिएनन् वा साहित्यमा अराजक हुन् या होइनन् ती विवेचेनाका पाटा हुन्। उनले भन्दैमा उनी त्यही हुन् भन्ने पनि हुँदैन। राजनीतिको मूल्याङ्कन जनताले गर्ने हो, साहित्यको पाठकले। मलाई त बीपी न व्यवहारतः समाजवादी लाग्छन्, न अक्षरसः अराजक। अर्को कुरा, अहिले प्लेटोको जमाना छैन। उनले भनेजस्तो कवि (साहित्यकार) भ्रमको दुनियाँमा हुँदैनन्। साहित्यको साधन सौन्दर्य हो, तुष्टि सत्य। सत्यको आविष्कार साहित्यिकको अभिष्ट हो। 

रह्यो मूल्य, मान्यता र नियमलाई भत्काउने कुरा। कुनै न कुनै कुरा नभत्काई नयाँ बन्दैन। पोखरा सपार्न के भत्काउनु पर्छ र के जोगाउनु पर्छ भन्ने कुरा मलाई राम्रोसँग थाह छ। मैले भत्काउँदा दुख्नेहरूको आँखामा म अराजक लागुँला, मैले जोगाउँदा प्रसन्न हुनेको आँखामा परम्परावादी लागुँला। ‘कसले के भन्ला?’ भन्ने भय र टन्टामा फस्ने खालको मनुष्य भएको भए मैले उम्मेदवारी नै दिदैनथेँ।

साहित्यिक चेत र नाम भएकाले देश बनाउन सक्ने भए उहिले बीपी र राजा महेन्द्रले पनि सरकारको नेतृत्व गरेकै हुन्। तपाईं पोखराको मेयर भएर असफल हुने डर लागेको छैन?
‘साहित्यिक चेतना भएकाले देश बनाउन सक्छन्’ भन्ने मान्यता कहिलेबाट चल्यो मलाई जानकारी छैन। भाषामा निश्चित पकड नभइकन अर्थात शिक्षाको एउटा चरण पार नगरिकन कोही मान्छे साहित्यकार हुन सक्दैन। जुन समाज लामो समय शैक्षिक अन्धकारमा थियो, जुन समाजमा शिक्षा निश्चित जाति, लिंग र वर्गको मात्रै पेवा थियो, त्यहाँ त्यस्तो मान्यता रहेकै भए पनि त्यसको अभिष्ट अरु जाति, लिंग वा वर्गको मान्छेलाई निषेध गर्नु थियो भन्ने बुझ्न कठिन हुँदैन।

बीपीको असफलताको रहस्य के हो भने, उनले राजनीति बुझेपछि मात्रै नेपाल बुझे। देश बुझेर राजनीति गर्ने कि राजनीति बुझेर देश? वा दुवै एकसाथ बुझ्ने? पहिले यी प्रश्नमा घोत्लिनु पर्छ। कहिलेकाहीँ राजनीतिक विचार र समाज कुन हदसम्म फरक हुनसक्छ भन्ने कुरा त अहिलेकै संघीय संसद हेर्नुस् न, नेपालका कम्युनिष्ट पार्टीहरूको जनमत झण्डै दुईतिहाइ छ। तर के ती संसद वा तिनका मतदाता खाट्टी कम्युनिष्ट नै हुन् त?

महेन्द्रलाई म सफल वा असफल भनेर मूल्यांकन नै गर्दिनँ। उनी जन्मजात शासक थिए। शासकलाई सफल हुनु पर्दैन, किनकि उनीहरूलाई असफल करार गर्ने कोही हुँदैन।

मेरो परिवार करिब तीन सय वर्षदेखि पोखरामा छ। डेड सय वर्षदेखि त उपत्यकामै छ। राष्ट्रिय हिसाबले म आदिवासी होइन, तर पोखरा उपत्यकाको हिसाबले म सबैभन्दा पुरानो बासिन्दा मध्येको एक हुँ। यहाँको खयरको घारी र बयरको झाडी पन्छाएर मेरै पुर्खाले कुँडहर फाँट आवाद गरेका हुन्। मझेरी पाटनको बस्ती बसालेका हुन्। मैले पोखराको मुटु कलेजो सबै बुझेको छु। समाज र राजनीति दुवै बुझेको इमान्दार मान्छे असफल भएको इतिहास मलाई थाहा छैन। म असफल हुनुपर्ने वा हुनसक्ने कुनै कारण छैन।

डा. केआई सिंहको प्रधानमन्त्रित्वकालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा केही समय शिक्षामन्त्री भए। उनको जीवनमा सबैभन्दा विवादित र सिर्जना मरेको समय यही थियो भनेर केही आलोचक भन्छन्। तपाईंलाई त्यस्तो डर लागेको छैन?
खोजी हिँडे त राजनीतिमा लागेपछि सिर्जनात्मकता निखारिएका मान्छेको उदाहरण प्रशस्तै भेटिएला। एउटै उदाहरणको बलमा यस्ता कुरालाई सामान्यीकृत गर्नु हुँदैन। लेखिसकेको सिर्जना राजनीतिमा लाग्दैमा मर्ने कुरा नहोला। नलेखेका सिर्जनाको चिन्ता लिने कुरा भएन। आधा लेखेर छोडेका सिर्जना केही समय पर्खिबस्लान्। सके लेखुँला, नलेखे पनि कोही फिक्कर छैन। किताब लेख्नु मात्रै कहाँ सृजना हो र? मेयरले सृजना गर्नसक्ने थुपै आयाम पोखरालाई चाहिएको छ। सिर्जनात्मकता एउटा उर्जा हो। विज्ञान भन्छ, उर्जा एकबाट अर्कोमा रुपान्तरण हुन्छ, तर मर्दैन। मलाई रुपान्तरित उर्जाको स्वरुपमा आफूलाई ढाल्नु छ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ०९:२८
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्