• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

एमबाप्पे : विश्व फुटबलका नयाँ स्टार

64x64
नेपाल लाइभ आइतबार, असार १७, २०७५  ०४:२१
1140x725

काठमाडौं– अर्जेन्टाइन फुटबल टिमका कप्तान लिओनल मेसी र फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पे जब एक-अर्का विरुद्ध खेलिरहेका थिए, लाग्थ्यो मेसीपछि अर्का स्टारको उदय भइरहेको छ।

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार रसियाको कजान शहरमा अर्जेन्टिना र फ्रान्सबीचको खेल निकै रोमाञ्चक थियो। विश्वभरका फुटबलप्रेमीलाई रोमाञ्चित पार्ने खेलमा ७ गोल भएको थियो। खेलमा अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दै फ्रान्सले अन्तिम ८ को यात्रा तय गर्‍यो। 

नतिजाले वर्तमान पुस्ताका उत्कृष्ट खेलाडी मेसीको स्थान लिन अर्का खेलाडीको जबर्जस्त आगमन भएको संकेत गरिरहेको थियो। १९ वर्षीय एमबाप्पेले अब विश्व फुटबलमा मेसीको स्थान लिने छनक देखाएका छन्। 

फ्रान्सले अर्जेन्टिना विरुद्ध गरेका ४ मध्ये ३ गोलमा एमबाप्पेको योगदान रह्यो। सुरुवातमा तीव्र गतिका एमबाप्पेलाई रोक्न अर्जेन्टाइन डिफेन्डरहरलाई हम्मेहम्मे परेको थियो। १४ मिनेटमा एमबाप्पेलाई अर्जेन्टाइन डिफेन्डरले लडाएपछि पाएको पेनाल्टीमा गोल गरेर फ्रान्सले अग्रता लिएको थियो। त्यसपछि दुई गोल गर्दै एमबाप्पेले आफ्नो क्षमता प्रमाणित गरे।

एमबाप्पेको गति हेर्दा लाग्थ्यो, फ्रान्सले सन् १९९८ पछि दोस्रो पटक विश्वकपको ट्रफी उचाल्छ। फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्वकप उपाधि उचाल्दा एमबाप्पे जन्मिएका थिएनन्। हाल फ्रेन्च टिममा उनी त्यस्ता एक्ला खेलाडी हुन्, जो फ्रान्सले पहिलो पटक विश्वकप जितेपछि जन्मिएका थिए। 

२० डिसेम्बर १९९८ मा जन्मिएका एमबाप्पेले गत सिजन व्यावसायिक फड्को मारेका थिए। मोनाकोलाई फ्रेन्च लिग वानको च्याम्पियन बनाएपछि उनले अर्को फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा कीर्तिमानी रकममा आबद्ध हुने सम्झौता गरेका थिए। हाल भने लोनमा पिएसजीमा आबद्ध छन्। 

यो सिजन सुरु भएपछि उनी १ सय ८० मिलियन युरो (२३ अर्ब नेपाली रुपैयाँ) मा पिएसजीमा जाने सम्झौता भइसकेको छ। योसँगै उनी विश्वककै दोस्रो महँगा फुटबलर भएका थिए। सर्वाधिक महँगा खेलाडी भने ब्राजिलका नेइमार हुन्। उनी २ सय मिलियन युरोमा पिएसजीमै आबद्ध भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सिजनमा नेइमारसँगै लिग खेल्दा एमबाप्पेले २७ खेलमा १३ गोल गरे। 

युवा अवस्थामै युरोपियन लिगमा तहल्का मच्चाएका एमबाप्पेको तीव्र गतिमा बल अघि बढाउने शैली गजबको छ। उत्कृष्ट कौशल, तेज दिमाग, दुवै खुट्टा समान गतिमा चलाउन सक्ने, शान्त तर बहादुर, क्षमतामा आत्मविश्वास उनका गुण हुन्।

 

'उनको प्रदर्शन साँच्चै गजब छ। बल अगाडि बढाउने तरिका र तीव्रता उनको बलियो पक्ष हो', इंग्ल्यान्डका पूर्व कप्तान एलन सेएरर भन्छन्, '१९ वर्षको उमेरमै उनले मेसीको टिम विरुद्ध गरेको प्रदर्शन उत्कृष्ट थियो।' 

सन् २०१६–१७ को सिजन मोनाकोबाट उत्कृष्ट प्रदर्शन गरेपछि एमबाप्पेको चर्चा चुलिएको थियो। उनले मोनाकोलाई फ्रेन्च लिग जिताउन उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४४ खेलमा २६ गोल गरेका थिए। त्यो सिजन मोनाकोले घरेलु लिगमा मात्र होइन, युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। 

त्यसपछि सर्वत्र उनको चर्चा हुन थाल्यो। राष्ट्रिय टिममा सजिलै ठाउँ पाए। पेरिसमा जन्मिएका एमबाप्पेले गत वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले राष्ट्रिय टिमबाट १९ खेल खेल्दा ७ गोल गरिसकेका छन्। ७ मध्ये ३ गोल उनले जारी विश्वकपमा गरेका हुन्। 

शनिबार अर्जेन्टिनालाई पराजित गर्ने क्रममा २ गोल गरेसँगै एमबाप्पेले २०औं शताब्दीका महान् फुटबलर पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। उनले 'टिनएज'मा विश्वकपमा २ गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन्। सन् १९५८ को विश्वकपमा १७ वर्षीय पेलेले स्विडेन विरुद्धको फाइनलमा २ गोल गरेका थिए। उनकै गोलबाट ब्राजिलले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

पेले जस्ता महान् खेलाडीसँग तुलना गर्दा खुसी लागेको छ। तर, पेलेको क्षमतासँग मलाई तुलना गर्न मिल्दैन', एमबाप्पेले भने।फ्रान्स र अर्जेन्टिनाबीचको खेलको अन्तिम सिठ्ठीसँगै मेसी निरास देखिएका थिए। त्यही समय एमबाप्पे मेसी नजिकै पुगेका थिए। मेसीसँग हात मिलाएर फर्कँदा एमबाप्पेमा अझै अगाडि बढ्ने ऊर्जा देखिन्थ्यो। 

६० वर्षपछि पेलेको कीर्तिमानसँग बराबरी गरेका एमबाप्पेलाई '२१औं शताब्दीका पेले' समेत भन्न थालिएको छ।  

फ्रान्स र अर्जेन्टिनाबीचको खेलको अन्तिम सिठ्ठीसँगै मेसी निरास देखिएका थिए। त्यही समय एमबाप्पे मेसी नजिकै पुगेका थिए। मेसीसँग हात मिलाएर फर्कँदा एमबाप्पेमा अझै अगाडि बढ्ने ऊर्जा देखिन्थ्यो। 

लाग्थ्यो, अब अर्जेन्टिनाका जर्सी नम्बर १० को समय सकिएको छ, फ्रान्सको १० नम्बर जर्सीको समय सुरु भएको छ।


 

प्रकाशित मिति: आइतबार, असार १७, २०७५  ०४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’?
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्