• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
एमबाप्पे : विश्व फुटबलका नयाँ स्टार
64x64
नेपाल लाइभ आइतबार, असार १७, २०७५  ०४:२१
1140x725

काठमाडौं– अर्जेन्टाइन फुटबल टिमका कप्तान लिओनल मेसी र फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पे जब एक-अर्का विरुद्ध खेलिरहेका थिए, लाग्थ्यो मेसीपछि अर्का स्टारको उदय भइरहेको छ।

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार रसियाको कजान शहरमा अर्जेन्टिना र फ्रान्सबीचको खेल निकै रोमाञ्चक थियो। विश्वभरका फुटबलप्रेमीलाई रोमाञ्चित पार्ने खेलमा ७ गोल भएको थियो। खेलमा अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दै फ्रान्सले अन्तिम ८ को यात्रा तय गर्‍यो। 

नतिजाले वर्तमान पुस्ताका उत्कृष्ट खेलाडी मेसीको स्थान लिन अर्का खेलाडीको जबर्जस्त आगमन भएको संकेत गरिरहेको थियो। १९ वर्षीय एमबाप्पेले अब विश्व फुटबलमा मेसीको स्थान लिने छनक देखाएका छन्। 

फ्रान्सले अर्जेन्टिना विरुद्ध गरेका ४ मध्ये ३ गोलमा एमबाप्पेको योगदान रह्यो। सुरुवातमा तीव्र गतिका एमबाप्पेलाई रोक्न अर्जेन्टाइन डिफेन्डरहरलाई हम्मेहम्मे परेको थियो। १४ मिनेटमा एमबाप्पेलाई अर्जेन्टाइन डिफेन्डरले लडाएपछि पाएको पेनाल्टीमा गोल गरेर फ्रान्सले अग्रता लिएको थियो। त्यसपछि दुई गोल गर्दै एमबाप्पेले आफ्नो क्षमता प्रमाणित गरे।

एमबाप्पेको गति हेर्दा लाग्थ्यो, फ्रान्सले सन् १९९८ पछि दोस्रो पटक विश्वकपको ट्रफी उचाल्छ। फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्वकप उपाधि उचाल्दा एमबाप्पे जन्मिएका थिएनन्। हाल फ्रेन्च टिममा उनी त्यस्ता एक्ला खेलाडी हुन्, जो फ्रान्सले पहिलो पटक विश्वकप जितेपछि जन्मिएका थिए। 

२० डिसेम्बर १९९८ मा जन्मिएका एमबाप्पेले गत सिजन व्यावसायिक फड्को मारेका थिए। मोनाकोलाई फ्रेन्च लिग वानको च्याम्पियन बनाएपछि उनले अर्को फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा कीर्तिमानी रकममा आबद्ध हुने सम्झौता गरेका थिए। हाल भने लोनमा पिएसजीमा आबद्ध छन्। 

यो सिजन सुरु भएपछि उनी १ सय ८० मिलियन युरो (२३ अर्ब नेपाली रुपैयाँ) मा पिएसजीमा जाने सम्झौता भइसकेको छ। योसँगै उनी विश्वककै दोस्रो महँगा फुटबलर भएका थिए। सर्वाधिक महँगा खेलाडी भने ब्राजिलका नेइमार हुन्। उनी २ सय मिलियन युरोमा पिएसजीमै आबद्ध भएका थिए। 

सिजनमा नेइमारसँगै लिग खेल्दा एमबाप्पेले २७ खेलमा १३ गोल गरे। 

युवा अवस्थामै युरोपियन लिगमा तहल्का मच्चाएका एमबाप्पेको तीव्र गतिमा बल अघि बढाउने शैली गजबको छ। उत्कृष्ट कौशल, तेज दिमाग, दुवै खुट्टा समान गतिमा चलाउन सक्ने, शान्त तर बहादुर, क्षमतामा आत्मविश्वास उनका गुण हुन्।

 

'उनको प्रदर्शन साँच्चै गजब छ। बल अगाडि बढाउने तरिका र तीव्रता उनको बलियो पक्ष हो', इंग्ल्यान्डका पूर्व कप्तान एलन सेएरर भन्छन्, '१९ वर्षको उमेरमै उनले मेसीको टिम विरुद्ध गरेको प्रदर्शन उत्कृष्ट थियो।' 

सन् २०१६–१७ को सिजन मोनाकोबाट उत्कृष्ट प्रदर्शन गरेपछि एमबाप्पेको चर्चा चुलिएको थियो। उनले मोनाकोलाई फ्रेन्च लिग जिताउन उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४४ खेलमा २६ गोल गरेका थिए। त्यो सिजन मोनाकोले घरेलु लिगमा मात्र होइन, युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। 

त्यसपछि सर्वत्र उनको चर्चा हुन थाल्यो। राष्ट्रिय टिममा सजिलै ठाउँ पाए। पेरिसमा जन्मिएका एमबाप्पेले गत वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले राष्ट्रिय टिमबाट १९ खेल खेल्दा ७ गोल गरिसकेका छन्। ७ मध्ये ३ गोल उनले जारी विश्वकपमा गरेका हुन्। 

शनिबार अर्जेन्टिनालाई पराजित गर्ने क्रममा २ गोल गरेसँगै एमबाप्पेले २०औं शताब्दीका महान् फुटबलर पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। उनले 'टिनएज'मा विश्वकपमा २ गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका हुन्। सन् १९५८ को विश्वकपमा १७ वर्षीय पेलेले स्विडेन विरुद्धको फाइनलमा २ गोल गरेका थिए। उनकै गोलबाट ब्राजिलले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

पेले जस्ता महान् खेलाडीसँग तुलना गर्दा खुसी लागेको छ। तर, पेलेको क्षमतासँग मलाई तुलना गर्न मिल्दैन', एमबाप्पेले भने।फ्रान्स र अर्जेन्टिनाबीचको खेलको अन्तिम सिठ्ठीसँगै मेसी निरास देखिएका थिए। त्यही समय एमबाप्पे मेसी नजिकै पुगेका थिए। मेसीसँग हात मिलाएर फर्कँदा एमबाप्पेमा अझै अगाडि बढ्ने ऊर्जा देखिन्थ्यो। 

६० वर्षपछि पेलेको कीर्तिमानसँग बराबरी गरेका एमबाप्पेलाई '२१औं शताब्दीका पेले' समेत भन्न थालिएको छ।  

फ्रान्स र अर्जेन्टिनाबीचको खेलको अन्तिम सिठ्ठीसँगै मेसी निरास देखिएका थिए। त्यही समय एमबाप्पे मेसी नजिकै पुगेका थिए। मेसीसँग हात मिलाएर फर्कँदा एमबाप्पेमा अझै अगाडि बढ्ने ऊर्जा देखिन्थ्यो। 

लाग्थ्यो, अब अर्जेन्टिनाका जर्सी नम्बर १० को समय सकिएको छ, फ्रान्सको १० नम्बर जर्सीको समय सुरु भएको छ।


 

प्रकाशित मिति: आइतबार, असार १७, २०७५  ०४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान सोमबार, असार २३, २०८२
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्