काडमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा उरुग्वेले आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका छ।
उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए। खेलको सातौं मिनेटमा काभानीले लुइस सुआरेजले उपलब्ध गराएको क्रसमा डिबक्स भित्रबाट हेडमार्फत उत्कृष्ट गोल गरेका थिए।
५५ मिनेटमा पोर्चुगलका लागि पेपेले बराबरी गोल गरेका थिए। तर ६२ मिनेटमा काभानीले डिबक्स भित्रबाट लोभलाग्दो गोल गर्दा उरुग्वे २-१ ले अघि बढ्यो।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।