काठमाडौं- दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
खेलको १३ मिनेटमा केलियन एमबाप्पेलाई अर्जेन्टिनाका मार्कोस रोजोले लडाएपछि प्राप्त पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १-० ले अघि बढाए।
४१ मिनेटमा अर्जेन्टिनाका एन्जेल डि मारियाले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए। ४८ मिनेटमा लियोनल मेसीले डिबक्स नजिकबाट हानेको प्रहारलाई मार्कोडोले डिबक्स भित्रबाट गोलपोस्टको दिसा लिँदा अर्जेन्टिनाले अग्रता लियो।
५७ मिनेटमा फ्रान्सका डिफेन्डर पभार्डले लुकास हर्नान्डेजको क्रसमा हाफ भलि सर्टमार्फत लोभलाग्दो गोल गर्दा खेल २-२ को बराबरी भयो। ६४ मिनेटमा फ्रान्कोस अर्मानीले उपलब्ध गराएको पासमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-२ ले अघि बढाएका थिए। ४ मिनेटमा पछि एमबाप्पेले ओलिभर जिरुडको पासमा गोल गर्दा फ्रान्सले ४-२ को अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी टाइममा सर्जियो अग्युरोले खेलको सातौं गोल गरे।
हेर्नुहोस् खेलको हाइलाइट्स :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।