उरुग्वे भर्सेस पोर्चुगल
मिति– असार १६ गते, समय– राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रिक्वार्टरफाइनलको दोस्रो खेलमा आज मध्यरातमा उरुग्वे र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ।
खेलका लागि दुवै टिम उत्साहित छन्। दक्षिण अमेरिकी टिम उरुग्वे र युरोपियन च्याम्पियन पोर्चुगल समान स्तरको प्रतिद्वन्द्वीसँग भिड्दा जितमा केन्द्रीत हुनेछन्। उरुग्वेमा लुइस सुआरेज र इडिन्सन काभानी जस्ता स्टार फरवार्ड छन्। पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डोप्रेरित छ।
दुई टिम तेस्रो पटक भिड्न लागेका हुन्। विश्वकपमा भने दुई टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुँदैछ। दुवै टिमका अधिकांस खेलाडीहरु एकअर्काबारे जानकार छन्। दुवै टिमका अधिकांस खेलाडी पोर्चुगल, स्पेन र अन्य युरोपियन लिगबाट सँगसँगै खेलेका छन्।

अब दुई टिमको भाग्य फैसला टिम रणनीति र ड्रेसिङ रुमको गतिविधिले फरक पार्नेछ। उरुग्वेका ओस्कार ताबारेज र पोर्चुगलका फर्नान्डो सन्तोस जारी विश्वकपका अनुभवी प्रशिक्षक हुन्। त्यसलै दुवैले आफ्नो टिमको जितका लागि हरप्रकारका रणनीति र चतुर्याइ अपनाउनेछन्।
उरुग्वेले समूह चरणका सबै खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। फर्ममा रहेको उरुग्वेको चिन्ता रक्षापंक्तिमा छ। त्यसैले मिडफिल्डमा उत्कृष्ट खेलेर फरवार्डलाई लगातार बल उपलब्ध गराउने रणनीति लिँदा उरुग्वेलाई फाइदा हुने देखिन्छ।

पोर्चुगलले उरुग्वेविरुद्धको खेलका लागि पर्याप्त तयारी गरिरसकेको छ। उरुग्वेसँग उत्कृष्ट खेल्नका लागि पोर्चुगल बलियो हुँदै आएको छ। पोर्चुगलको कमजोर पक्ष मिडफिल्डमा देखिएको छ। जसले गर्दा फरवार्ड रोनाल्डोले बल पाउन मुस्किल पर्नेछ।
सम्भावित टिम
उरुग्वे : फर्नान्डो मुस्लेरा, मार्टिम कासेरेस, जोस मारिया गिमेनेज, डिएगो गोडि,न डिएगो लक्साल्ट, नहिटन नान्डेज, मार्टियस भेसिनो, लुका टोइरेरा, रोद्रिगो बान्चाकुर, लुइस सुआरेज, इडिन्सन काभानी
पोर्चुगल : रुइ प्याट्रिसिओ, सेड्रिक, पेपे, जोस फोन्टे, राफायल गुइरेइरो, विलियम, एड्रियन सिल्भा, रिकार्डो क्वारिस्मा, जोआओ मारियो, गोन्कालो गुइडेस, क्रिस्टियानो रोनाल्डो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।