काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको पहिलो चरणको खेल सकिएको छ। पहिलो चरणमा ४८ खेल भए। जसबाट १६ टिम अन्तिम १६ मा पुगेका छन् भने १६ टिम पहिलो चरणबाट घर फर्किएका छन्।
पहिलो चरणमा ४७ खेलमा गोल हुँदा फ्रान्स र डेनमार्क बीचको खेल मात्र गोलरहित बराबरीमा सकिएको थियो। गोलका हिसाबले पहिलो चरणमा एक खेलमा २ भन्दा बढी गोल भएको छ। यस्तै अहिलेसम्म ८६ जना खेलाडीले गोल गरिसकेका छन्। विश्वकपमा सहभागी सबै ३२ वटै टिमले गोल गर्न सफल भए।
समग्रमा थाहा पाउनुहोस् पहिलो चरणको तथ्य :
समूह चरणको समग्र तथ्य
जम्मा गोल – १२२
औसत प्रतिखेल गोल– २.५
पहेँलो कार्ड – १५८
औसत प्रतिखेल पहेँलो कार्ड – ३.४
रातो कार्ड – ३
औसत प्रतिखेल रातो कार्ड –०.०६
जम्मा पास – ३६३४९
औसत प्रतिखेल पास – ७५७.३
समूह चरणमा सर्वाधिक गोलकर्ता
ह्यारी केन (इंग्ल्यान्ड) – ५ गोल
रोमेलु लुकाकु (बेल्जियम) – ४ गोल
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – ४ गोल
उत्कृष्ट खेल्ने टिमहरु
बढी गोल गर्ने टिम – बेल्जियम – ९ गोल
बढी आक्रमण गर्ने टिम – जर्मनी – २५२ आक्रमण
बढी पास खेल्ने टिम – स्पेन – २०८९ पास
राम्रो रक्षापंक्ति भएको टिम – इरान – १४९ सेभ, ट्याकल र क्लियरेन्स
उत्कृष्ट खेल्ने खेलाडी
बढी प्रहार गर्ने खेलाडी – नेइमार (ब्राजिल) – १७ प्रहार
बढी क्षेत्र हिड्ने खेलाडी – क्रिस्टियन एरिकसन (डेनमार्क) – ३६ किलोमिटर
बढी पास खेल्ने खेलाडी – टोनी क्रुस (जर्मनी) – ३१० पास
बढी प्रहार विफल पर्ने खेलाडी – गुइलेर्मो ओचोए (मेक्सिकोका गोलकिपर) – १७ सेभ
पहिलो चरणमा रेकर्ड बनाएका खेल
बढी गोल भएको खेल – बेल्जियम भर्सेस ट्युनिसिया– ७ गोल
गोलका लागि बढी प्रहार भएको खेल – बेल्जियम भर्सेस ट्युनिसिया – ३१ प्रहार
बढी कार्ड देखाइएको खेल – बेल्जियम भर्सेस पानामा– ८ कार्ड
बढी पास खेलिएको खेल– स्पेन भर्सेस पोर्चुगल– ९९७ पास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।