काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह चरणका खेल सकिएका छन्। समूह चरणका खेल सकिएसँगै १६ वटा टिम नकआउट चरणमा प्रवेश गरेका छन्। यी टिमबीच शनिबारबाट नकआउट चरण सुरु हुनेछ।
पहिलो चरणमा युरोपियन टिमले दबदबा कामय राखेका छन्। युरोपबाट सहभागी भएका १४ टिम मध्ये १० टिम नकआउट चरणमा पुगेका छन्। यस्तै दक्षिण अमेरिकी टिमले पनि राम्रो रेकर्ड राखे। सहभागी भएका ५ टिम मध्ये ४ टिम दोस्रो चरणमा पुगे। दक्षिण अमेरिकन टिम पेरु मात्र अन्तिम १६ मा पुग्न सकेन।
यता उत्तर अमेरिकाबाट ३ टिम मध्ये १ टिम मेक्सिकोले पनि अन्तिम १६ मा स्थान बनायो। एसियाबाट ५ टिम सहभागी भएपनि जापान मात्र अन्तिम १६ मा पुग्ने टिम बन्यो। अफ्रिकाबाट सहभागी ५ वटै टिम पहिलो चरणबाटै बाहिरिए। अन्तिम दिन सेनेगल पनि बाहिरिएपछि अफ्रिकाका लागि खराब विश्वकप सावित भयो। सेनेगल बाहिरिदा जापानले एसियाको इज्जत जोगायो।
अन्तिम १६ मा पुगेका टिम
युरोप - रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड, बेल्जियम, इंग्ल्यान्ड
दक्षिण अमेरिका - उरुग्वे, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया
एसिया - जापान
उत्तर अमेरिका - मेक्सिको
बाहिरिएका टिम
एसिया- साउदी अरेबिया, इरान, अस्ट्रेलिया, दक्षिण कोरिया
अफ्रिका - इजिप्ट, मोरक्को, नाइजेरिया, ट्युनिसिया, सेनेगल
युरोप - आइसल्यान्ड, सर्विया, जर्मनी, पोल्यान्ड
दक्षिण अमेरिका - पेरु,
उत्तर अमेरिका - कोस्टारिका, पानामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।