काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरण पुग्ने १६ वटै टिमको टुंगो लागेको छ। शुक्रबार विहान इंग्ल्यान्डलाई हराउँदै बेल्जियम समूह 'जी' को समूह विजेता बनेसँगै अन्तिम १६ को समिकरण पनि पूरा भएको छ।
अब अन्तिम १६ का खेलहरु शनिबार रातिबाट सुरु हुँनेछ। पहिलो दिन फ्रान्स र अर्जेन्टिना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ।
अन्तिम १६ मा युरोपबाट १० टिम पुग्न सफल भए। यस्तै दक्षिण अमेरिकाबाट ४ टिमले नकआउट चरणमा स्थान पक्का गरे। उत्तर अमेरिकाबाट १ र एसियाबाट १ टिम अन्तिम १६ मा पुगे। अफ्रिकाबाट भने कुनैपनि टिम अन्तिम १६ मा पुग्न सकेनन्।
अन्तिम १६ मा पुगेका टिम
रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्विटजरल्यान्ड, स्विडेन, मेक्सिको, बेल्जियम, इंग्ल्यान्ड, कोलम्बिया र जापान
बाहिरिएका टिम
साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, कोस्टारिका, सर्विया, जर्मनी, दक्षिण कोरिया, पानामा, ट्युनिसिया, सेनेगल र पोल्यान्ड
अन्तिम १६ को खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।