काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरण पुग्ने १६ वटै टिमको टुंगो लागेको छ। बिहीबार राति समूह 'एच' बाट अन्तिम १६ मा पुग्ने २ टिमको टुंगो लागेको हो।
समूह एचबाट कोलम्बिया समूह विजेता तथा जापान समूह उपविजेता अन्तिम १६ मा पुगेका हुन्। यता फेयर प्लेमा पछि परेपछि सेनेगल बाहिरिने अन्तिम टिम बन्यो ।
अब समूह 'जी' मा इंग्ल्यान्ड र बेल्जियमको भिडन्तपछि अन्तिम १६ को समिकरण पनि पूरा हुनेछ। इंग्ल्यान्ड र बेल्जियमबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुँदैछ।
अन्तिम १६ मा युरोपबाट १० टिम पुग्न सफल भए। यस्तै दक्षिण अमेरिकाबाट ४ टिमले नकआउट चरणमा स्थान पक्का गरे। उत्तर अमेरिकाबाट १ र एसियाबाट १ टिम अन्तिम १६ मा पुगे। अफ्रिकाबाट भने कुनैपनि टिम अन्तिम १६ मा पुग्न सकेनन्।
अन्तिम १६ मा पुगेका टिम
रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्विटजरल्यान्ड, स्विडेन, मेक्सिको, बेल्जियम, इंग्ल्यान्ड, कोलम्बिया र जापान
बाहिरिएका टिम
साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, कोस्टारिका, सर्विया, जर्मनी, दक्षिण कोरिया, पानामा, ट्युनिसिया, सेनेगल र पोल्यान्ड
अन्तिम १६ को खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।