काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह 'एच' बाट कोलम्बिया र जापान अन्तिम १६ मा पुगेका छन्। बिहीबार पोल्यान्डसँग १-० गोलले पराजित भएपनि जापानले अन्तिम १६ मा स्थान पक्का गरेको हो।
यता कोलम्बियाले अन्तिम खेलमा सेनेगललाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। कोलम्बिायका लागि मिनाले ७४ मिनेटमा गोल गरे।
समूहमा कोलम्बियाले ६ अंक जोड्दै समूह विजेता बन्यो। जापान समूह उपविजेता बन्यो। जापान र सेनेगलले ४-४ अंक जोडे। दुवै टिमको गोलअन्तर पनि समान थियो। तर जापानले कम पहेँलो कार्ड पाएका कारण सेनेगललाई पछि पार्न सफल भयो। फेयर प्लेमा जापानको -४ र सेनेगलको -६ अंक थियो।
योसँगै नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।