समूह जी
पानामा भर्सेस ट्युनिसिया
बेल्जियम भर्सेस इंग्ल्यान्ड
समय– असार १४ गते, राति ७:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज मध्यरातमा समूह 'जी' का अन्तिम खेलहरु हुँदैछन्। पानामा र ट्युनिसिया तथा बेल्जियम र इंग्ल्यान्डबीच एकै समयमा हुने खेलपछि समूह चरणका सवै खेल सकिनेछन्।
समूहबाट बेल्जियम र इंग्ल्यान्डले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् भने ट्युनिसिया र पानामा बाहिरिसकेका छन्। बेल्जियम र इंग्ल्यान्डले समान २–२ खेलमा जित निकालेका थिए। ट्युनिसिया र पानामा भने दुवै खेलमा पराजित भएका थिए। अब बेल्जियम र इंग्ल्यान्डबीच हुने खेलले समूह विजेताको टुंगो लाग्नेछ। ट्युनिसिया र पानामबीचको खेल प्रतिष्ठाको लगाइँमा सीमित हुनेछ।

समूहको समिकरण
• बेल्जियम र इंग्यान्डबीच हुने खेलमा जित निकाल्ने टिम समूह विजेता बन्दै अन्तिम १६ मा पुग्नेछ ।
• बेल्जियम र इंग्ल्यान्डबीच बराबरी भएमा भने समूह विजेताको टुंगो कार्डको पाएको आधारमा लाग्नेछ। दुवै टिमको समान गोलअन्तर छ भने कार्डको आधारमा समूह विजेताको टुंगो लागेमा इंग्ल्यान्ड समूह विजेता हुनेछ। किनकी इंग्ल्यान्डले २ र बेल्जियमले ३ पहेँलो कार्ड पाएका छन्।
बेल्जियम भर्सेस इंग्ल्यान्ड
प्रतियोगितामा बढी गोल गर्ने टिमहरु बेल्जियम र इंग्ल्यान्डबीच हुने समूह चरण अन्तिम खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। उत्कृष्ट सुरुवात गरेका दुवै टिमलाई जित निकाल्दा आत्मविश्वास त बढ्छ नै समूह विजेता बनेर अन्तिम १६ मा पुग्ने अवसर हुनेछ।
दुवै टिमले सुरुवाती २ खेलमा ८–८ गोल गरिसकेका छन् भने समान २–२ गोल खाएका छन्। दुई टिमबीच विश्वकपमा अहिलेसम्म २ पटक प्रतिस्पर्धा भएको छ। सन् १९५४ मा समूह चरणमा भएको भिडन्त ४—४ गोलको बराबरीमा सकिएको थियो। यस्तै १९९० मा इंग्ल्यान्डले बेल्जियमलाई १–० गोलले पराजित गरेको थियो।
इंल्यान्डका लागि जारी विश्वकपमा समूह चरणमै ठूलो परीक्षा छ। किनकी इंग्ल्यान्डले आफ्नो क्षमता परिक्षण गर्न बेल्जियम जस्तो बलियो टिमसँग प्रतिस्पर्धा गर्दैछ। बेल्जियम विरुद्धको खेलमा इंग्ल्यान्डले केहि परिवर्तन गर्न सक्नेछ। लगातार २ खेलमा पहेँलो कार्ड पाएका कारण रुबेन लोफटस र केल वकलर खेल्न पाउनेछैनन्।
यस्तै बेल्जियमले पनि इंग्ल्यान्ड विरुद्ध रणनीति परिवर्तन गर्नेछ। इंग्ल्यान्ड विरुद्ध उत्कृष्ट खेल्दै विश्वकपको दाबेदारीता प्रस्तुत गर्ने योजनामा प्रशिक्षक मार्टिनेज छन्। अर्कोतर्फ दुवै टिमका खेलाडी एकअर्का जानकार छन्। इंग्ल्यान्डका सवै खेलाडी घरेलु लिग खेल्छन् भने बेल्जियमका अधिकांस खेलाडी इंग्लिस प्रिमियर लिग खेल्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।