काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ प्रवेश गरेको छ। बिहीबार विहान सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गर्दै समूह 'ई' को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।
ब्राजिलका लागि पाउलिन्होले ३६ मिनेटमा गोल गरेर अग्रता दिलाए। उनले काउटिन्होले उपलब्ध गराएको पासमा सर्वियाका गोलकिपरलाई छक्काउदै गोल गरेका थिए। ब्राजिलका लागि दोस्रो गोल डिफेन्डर थियागो सिल्भाले गरे। उनले ६८ मिनेटमा नेइमारले प्रहार गरेको कर्नर बलमा गोल गरे।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।