काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह 'ई' र समूह 'एफ' बाट अन्तिम १६ मा पुग्ने टिमहरुको टुंगो लागेको छ। दुवै समूहका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने टिमहरुको टुंगो लागेको हो।
समूह 'ई' बाट ब्राजिल समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। ब्राजिलले अन्तिम खेलमा सर्वियालाई २-० गोलले हरायो। जितसँगै ब्राजिलले ७ अंक जोड्यो। अन्तिम खेलमा कोस्टारिकासँग २-२ को बराबरी खेलेको स्विट्जरल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्यो।
यता समूह 'एफ' बाट स्विडेन समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्यो। स्विडेनले अन्तिम खेलमा मेक्सिकोलाई ३-० गोलले हरायो। हारका बावजुद पनि मेक्सिको अन्तिम १६ मा पुगेको हो। यता कोरियासँग २-० गोलले पराजित भएसँगै साबिक विजेता जर्मनी बाहिरियो।
अब अन्तिम १६ मा ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ। यस्तै स्विडेनले स्विजरल्यान्डसँग भिड्नेछ। अब समूह जी र एचबाट अन्तिम १६ पुग्ने विजेता र उपविजेताको टुंगो लाग्न बाँकी छ।
अन्तिम १६ को खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।