काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा साबिक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ। बुधबार भएको महत्वपूर्ण खेलमा दक्षिण कोरियासँग २-० गोलले पराजित भएसँगै जर्मनी समूह चरणबाट घर फर्किएको हो।
साविक विजेता समूह चरणबाटै घर फर्किएको यो छैटौ पटक हो। यसअघि सन् १९५० र २०१० मा इटाली समूह चरणबाटै आउट भएको थियो। यस्तै ब्राजिल सन् १९६६ मा समूह चरणबाटै घर फर्किएको थियो। सन् २०१० को च्याम्पियन स्पेन पनि गत संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो। पछिल्लो सिकार सन् २०१४ विश्व विजेता जर्मनी बन्यो।

यस्तै जर्मनी ८० वर्षपछि विश्वकपमा पहिलो चरणबाटै बाहिरियो। सन् १९३८ म पहिलो चरणबाट बाहिरिएपछि जर्मनीले भाग लिएका सवै विश्वकपको पहिलो चरण पार गरेको थियो।
४ पटकको विश्वविजेता जर्मनी सन् २००२ यता २ पटक फाइनल र २ पटक सेमिफाइनलमा पुगेको थियो। जसमा जर्मनीले १ पटक उपाधि जितेको थियो भने एक पटक उपविजेता बनेको थियो। यस्तै जर्मनीले सन् २००२ यता २ पटक तेस्रो स्थान हात पार्यो।
विश्वकपमा जर्मनीको इतिहास

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।