• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

ई–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, कसरी दिने निवेदन?

64x64
नेपाल लाइभ मंगलबार, माघ ४, २०७८  १३:५४
1140x725
ई–पासपोर्टका लागि लाइन लागेकाहरू। तस्बिर : युबराज बस्नेत।

काठमाडौं– विद्युतीय राहदानी अनिवार्य गरिएपछि राहदानी विभागमा भीड बढेको छ। सीमित जिल्लामा मात्रै विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिन सकिने व्यवस्थाका कारण राहदानी विभागमा भीड बढेको हो। विभागले हालसम्म २३ जिल्लाबाट ई–पासपोर्ट का लागि लाइभ इन्‍रोलमेन्ट गर्न सकिने व्यवस्था गरेको छ।

सरकारले मंसिर १ गतेबाट मेसिन रिडेबल पासपोर्टको ठाउँमा विद्युतीय राहदानी वितरण गर्दै आएको छ। ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। विभागले राहदानी जारी गर्ने संख्यामा वृद्धि गर्दै गए पनि त्रिपुरेश्वरस्थित कार्यालयमा भीड कम भएको छैन। केही दिन अघिसम्म दैनिक सात सय पासपोर्ट वितरण गर्दै आएको विभागले उक्त संख्यालाई वृद्धि गर्दै एक हजार माथि पुर्‍याएको छ।

एक वर्ष वा सोभन्दा बढी अवधि रहेको पुरानो राहदानी बाहकलाई विद्युतीय राहदानी जारी नहुने विभागले प्रष्टाएको छ।

राहदानीका लागि निवेदन कसरी दिने?
यसको लागि अनिवार्य रुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ। बुकिङ गरे अनुसार नै पालो निर्धारण गरिएको छ। पहिले बुकिङ गर्नेको पालो पहिले आउँछ। विद्युतीय राहदानीका लागि
फारम भर्न यो लिंक खोल्नुपर्छ। 

त्यसपछि, आवेदनको प्रकार र राहदानीको प्रकार छान्नुपर्छ। पुरानो मेसिन रिडेबल राहदानी हुनेहरुले नवीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) अप्सनमा क्लिक गर्नुपर्छ। नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनोट गर्दा राहदानी विभाग (DOP), जिल्ला वा तोकिएका इलाका प्रशासन कार्यालय छान्न सकिनेछ। जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिँदा आफूले नागरिकता लिएको वा बसाइँसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ।

राष्ट्रिय परिचयपत्र जारी नभएको अवस्थामा ई–पासपोर्ट बन्न सक्दैन। राष्ट्रिय परिचयपत्र एक्टिभेट भए/नभएको पञ्जीकरण विभागको हट लाइन नम्बरमा फोन गरेर बुझ्न सकिन्छ। राष्ट्रिय परिचयपत्र एक्टिभेटको जानकारी लिन पञ्जीकरण विभागले भाइबर, ह्वाटस् एपमा मेसेज गरेर बुझ्न सकिने व्यवस्थासमेत गरेको छ। राष्ट्रिय परिचय पत्रको यकिन गरेपछि मात्रै ई–पासपोर्टको लाइभ इन्‍रोलमेन्टको प्रक्रिया सुरु गर्नुपर्छ। 

कुन–कुन जिल्लामा विद्युतीय राहदानीको लागि लाइभ इन्‍रोलमेन्ट गर्न सकिन्छ?
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट लाइभ इन्‍रोलमेन्ट गर्न सकिन्छ। उपत्यकाबाहिर कास्की, चितवन, मकवानपुर, कपिलवस्तु, रुपन्देही, सुर्खेत, नवलपरासी, बुटवल, झापा, मोरङ, धनुषा, पर्सा, सर्लाही, सुनसरी, उदयपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, गुल्मी लगायतका जिल्लाहरुमा विद्युतीय राहदानीको लागि निवेदन दिन सकिन्छ।

ती जिल्लामा लाइभ इन्‍रोलमेन्ट गर्न बुकिङ खुलिसकेको विभागले जानकारी गराएको छ। काभ्रे र तनहुँमा जडान कार्य सकिएर बुकिङको लागि अन्तिम तयारी भइरहेको विभागले जानकारी दिएको छ। साथै, अन्य जिल्लामा पनि दैनिक रुपमा स्टेशनहरु स्थापना हुँदै गएको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ?
सामान्य अवस्थामा लाइभ इन्‍रोलमेन्ट गरेको मितिले दुईदेखि तीन दिनभित्र ई–पासपोर्ट जारी हुन्छ। तर, अनलाइनबाट समय बुक गरेको र राष्ट्रिय परिचय पत्रसँगको विवरण मिलेको हुनुपर्छ। हाल विभागमा अत्यधिक चाप र कोभिडको कारणले समेत पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने अवस्था नरहेको परराष्ट्र मन्त्रालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए। विदेश जाने समयलाई आकलन गरेर हरसम्भव  इन्‍रोलमेन्टको लागि समय बुक गर्न ती कर्मचारीको सुझाव छ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नहुने अवस्थामा अनुसन्धानका लागि थप समय खर्चिनुपर्छ। आईकाओको मापदण्डअनुसार तस्बिर नमिलेमा प्रणालीले स्वीकार गर्दैन। प्रणालीले नै विवरणलाई अस्वीकार गरेपछि राहदानी बनाउन थप समय लाग्ने उनले बताए। राहदानी प्राप्त नहुँदै विदेशका लागि हवाई टिकट बुक नगर्न विभागले अनुरोध गरेको छ। पासपोर्ट तयार भएपछि एसएमएसमार्फत जानकारी गराउने गरिएको छ। 

विद्युतीय र मेसिन रिडेबल राहदानीको दस्तुर के कति छ?
विभागले विद्युतीय र मेसिन रिडेबल राहदानीको शुल्क समान तोकेको छ। ६६ पृष्ठको साधारण राहदानीको दस्तुरको हकमा भने फरक छ।

ई–पासपोर्ट वितरण हुनु अघि विभागमा पहिले १/२/३ दिने सेवा दिइएको थियो। संशोधित राहदानी नियमावली अनुसार दुई कार्यदिनभित्र जारी हुने गरी द्रुत सेवा कायम गरिएको छ। प्रक्रिया पुगेर आएको विवरण दुई दिनभित्र प्रदान गरिने पासपोर्टको १२ हजार दस्तुर तोकिएको छ। जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीका लागि पूर्वनिर्धारित दस्तुर अनुसारकै पाँच हजार कायम गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिँदा बीस हजार राजस्व लाग्नेछ। विदेशस्थित कूटनीतिक नियोगहरुबाट पासपोर्ट लिँदा छुट्टै दस्तुर तोकिएको छ। पासपोर्ट हराएको, च्यातिएको र १० वर्षभन्दा कम उमेरका बच्चाको हकमा पनि फरक फरक राजश्व तिर्नुपर्नेछ। 

जिल्लामा लाइभ इन्‍रोलमेन्ट गरिसकेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ?
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ताभित्र नै राहदानी उपलब्ध गराउने विभागले जनाएको छ। काठमाडौं बाहिरका महेन्द्र राजमार्ग आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिनभित्र राहदानी उपलब्ध गराउने विभागको दाबी छ। जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त गर्नेका लागि पनि एसएमएस आउने विभागले प्रष्टाएको छ।

विद्युतीय राहदानी के हो?
विद्युतीय राहदानी हालसम्म संसारमा जारी भएका पासपोर्टमध्ये अत्याधुनिकमा पर्छ। विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको छ। आईकाओ पिकेडीमार्फत विवरणहरु रुजु हुने हुँदा अध्यागमन कार्यालयमा छिटो र सहज हुन्छ। विद्युतीय गेटहरु भएका स्थानमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ।

विगतमा प्रदान गरिने राहदानीमा भएको व्यवस्था यथावत राखेर विद्युतीय चिप र एन्टेना राखिएको छ। औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण चिपमार्फत जानकारी हुन्छ। चिप लक गरेपछि  विवरण थपघट तथा फेरबदल गर्न सकिँदैन। 

ई–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र कसलाई अनिवार्य छ?
१६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्छ। विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन। भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ। भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ।

निवेदन अस्वीकृत भएको मेसेज आएमा के गर्ने?
निवेदन अस्वीकृत भएको अवस्थामा रिजेक्सन काउन्टरमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ। रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः लाइभ इन्‍रोलमेन्ट गर्नुपर्ने हुन्छ। सुरक्षाको कारणले गर्दा एकपटक पेस भइसकेको फर्म पुनः संशोधन हुन नसक्ने भएकाले फर्ममा विवरण भर्दा होसियारी अपनाउन विभागले आग्रह गरेको छ। 

केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेकाले राहदानी बन्न नसकेको विभागले प्रष्टाएको छ। विवरण नभिडेको अवस्थामा नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन विभागले सुझाव दिएको छ। राष्ट्रिय परिचयपत्र पेस गरेर पनि विवरण नमिलेको अवस्थामा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ। 

एमआरपीको म्याद कायम भएको अवस्थामा के हुन्छ?
हालको मेसिन रिडेबल पासपोर्टको म्याद कायम रहेको अवस्थामा विद्युतीय राहदानी बनाउनु नपर्ने विभागले जनाएको छ। एमआरपीको समयावधि सकिएको भए नवीकरण हुँदैन। नयाँ पासपोर्ट लिनुपर्दछ। आईकाओले एमआरपी प्रयोगविहीन हुने वा फलानो मितिबाट कार्य नगर्ने भनी कुनै निर्णय गरेको छैन।

विद्युतीय राहदानी लिन नसकेको अवस्थामा आरआरपी बनाउन पनि सकिँदैन। तर, विदेशस्थित कूटनीतिक नियोगबाट एमआरपी प्राप्त गर्न सकिने अवस्था भने छ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने
फूलपाती भित्र्याइँदै
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्