• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

ई–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, कसरी दिने निवेदन?

64x64
नेपाल लाइभ मंगलबार, माघ ४, २०७८  १३:५४
1140x725
ई–पासपोर्टका लागि लाइन लागेकाहरू। तस्बिर : युबराज बस्नेत।

काठमाडौं– विद्युतीय राहदानी अनिवार्य गरिएपछि राहदानी विभागमा भीड बढेको छ। सीमित जिल्लामा मात्रै विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिन सकिने व्यवस्थाका कारण राहदानी विभागमा भीड बढेको हो। विभागले हालसम्म २३ जिल्लाबाट ई–पासपोर्ट का लागि लाइभ इन्‍रोलमेन्ट गर्न सकिने व्यवस्था गरेको छ।

सरकारले मंसिर १ गतेबाट मेसिन रिडेबल पासपोर्टको ठाउँमा विद्युतीय राहदानी वितरण गर्दै आएको छ। ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। विभागले राहदानी जारी गर्ने संख्यामा वृद्धि गर्दै गए पनि त्रिपुरेश्वरस्थित कार्यालयमा भीड कम भएको छैन। केही दिन अघिसम्म दैनिक सात सय पासपोर्ट वितरण गर्दै आएको विभागले उक्त संख्यालाई वृद्धि गर्दै एक हजार माथि पुर्‍याएको छ।

एक वर्ष वा सोभन्दा बढी अवधि रहेको पुरानो राहदानी बाहकलाई विद्युतीय राहदानी जारी नहुने विभागले प्रष्टाएको छ।

राहदानीका लागि निवेदन कसरी दिने?
यसको लागि अनिवार्य रुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ। बुकिङ गरे अनुसार नै पालो निर्धारण गरिएको छ। पहिले बुकिङ गर्नेको पालो पहिले आउँछ। विद्युतीय राहदानीका लागि
फारम भर्न यो लिंक खोल्नुपर्छ। 

त्यसपछि, आवेदनको प्रकार र राहदानीको प्रकार छान्नुपर्छ। पुरानो मेसिन रिडेबल राहदानी हुनेहरुले नवीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) अप्सनमा क्लिक गर्नुपर्छ। नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनोट गर्दा राहदानी विभाग (DOP), जिल्ला वा तोकिएका इलाका प्रशासन कार्यालय छान्न सकिनेछ। जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिँदा आफूले नागरिकता लिएको वा बसाइँसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ।

राष्ट्रिय परिचयपत्र जारी नभएको अवस्थामा ई–पासपोर्ट बन्न सक्दैन। राष्ट्रिय परिचयपत्र एक्टिभेट भए/नभएको पञ्जीकरण विभागको हट लाइन नम्बरमा फोन गरेर बुझ्न सकिन्छ। राष्ट्रिय परिचयपत्र एक्टिभेटको जानकारी लिन पञ्जीकरण विभागले भाइबर, ह्वाटस् एपमा मेसेज गरेर बुझ्न सकिने व्यवस्थासमेत गरेको छ। राष्ट्रिय परिचय पत्रको यकिन गरेपछि मात्रै ई–पासपोर्टको लाइभ इन्‍रोलमेन्टको प्रक्रिया सुरु गर्नुपर्छ। 

कुन–कुन जिल्लामा विद्युतीय राहदानीको लागि लाइभ इन्‍रोलमेन्ट गर्न सकिन्छ?
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट लाइभ इन्‍रोलमेन्ट गर्न सकिन्छ। उपत्यकाबाहिर कास्की, चितवन, मकवानपुर, कपिलवस्तु, रुपन्देही, सुर्खेत, नवलपरासी, बुटवल, झापा, मोरङ, धनुषा, पर्सा, सर्लाही, सुनसरी, उदयपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, गुल्मी लगायतका जिल्लाहरुमा विद्युतीय राहदानीको लागि निवेदन दिन सकिन्छ।

ती जिल्लामा लाइभ इन्‍रोलमेन्ट गर्न बुकिङ खुलिसकेको विभागले जानकारी गराएको छ। काभ्रे र तनहुँमा जडान कार्य सकिएर बुकिङको लागि अन्तिम तयारी भइरहेको विभागले जानकारी दिएको छ। साथै, अन्य जिल्लामा पनि दैनिक रुपमा स्टेशनहरु स्थापना हुँदै गएको बताइएको छ।

Ncell 2
Ncell 2

विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ?
सामान्य अवस्थामा लाइभ इन्‍रोलमेन्ट गरेको मितिले दुईदेखि तीन दिनभित्र ई–पासपोर्ट जारी हुन्छ। तर, अनलाइनबाट समय बुक गरेको र राष्ट्रिय परिचय पत्रसँगको विवरण मिलेको हुनुपर्छ। हाल विभागमा अत्यधिक चाप र कोभिडको कारणले समेत पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने अवस्था नरहेको परराष्ट्र मन्त्रालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए। विदेश जाने समयलाई आकलन गरेर हरसम्भव  इन्‍रोलमेन्टको लागि समय बुक गर्न ती कर्मचारीको सुझाव छ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नहुने अवस्थामा अनुसन्धानका लागि थप समय खर्चिनुपर्छ। आईकाओको मापदण्डअनुसार तस्बिर नमिलेमा प्रणालीले स्वीकार गर्दैन। प्रणालीले नै विवरणलाई अस्वीकार गरेपछि राहदानी बनाउन थप समय लाग्ने उनले बताए। राहदानी प्राप्त नहुँदै विदेशका लागि हवाई टिकट बुक नगर्न विभागले अनुरोध गरेको छ। पासपोर्ट तयार भएपछि एसएमएसमार्फत जानकारी गराउने गरिएको छ। 

विद्युतीय र मेसिन रिडेबल राहदानीको दस्तुर के कति छ?
विभागले विद्युतीय र मेसिन रिडेबल राहदानीको शुल्क समान तोकेको छ। ६६ पृष्ठको साधारण राहदानीको दस्तुरको हकमा भने फरक छ।

ई–पासपोर्ट वितरण हुनु अघि विभागमा पहिले १/२/३ दिने सेवा दिइएको थियो। संशोधित राहदानी नियमावली अनुसार दुई कार्यदिनभित्र जारी हुने गरी द्रुत सेवा कायम गरिएको छ। प्रक्रिया पुगेर आएको विवरण दुई दिनभित्र प्रदान गरिने पासपोर्टको १२ हजार दस्तुर तोकिएको छ। जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीका लागि पूर्वनिर्धारित दस्तुर अनुसारकै पाँच हजार कायम गरिएको छ।

विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिँदा बीस हजार राजस्व लाग्नेछ। विदेशस्थित कूटनीतिक नियोगहरुबाट पासपोर्ट लिँदा छुट्टै दस्तुर तोकिएको छ। पासपोर्ट हराएको, च्यातिएको र १० वर्षभन्दा कम उमेरका बच्चाको हकमा पनि फरक फरक राजश्व तिर्नुपर्नेछ। 

जिल्लामा लाइभ इन्‍रोलमेन्ट गरिसकेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ?
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ताभित्र नै राहदानी उपलब्ध गराउने विभागले जनाएको छ। काठमाडौं बाहिरका महेन्द्र राजमार्ग आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिनभित्र राहदानी उपलब्ध गराउने विभागको दाबी छ। जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त गर्नेका लागि पनि एसएमएस आउने विभागले प्रष्टाएको छ।

विद्युतीय राहदानी के हो?
विद्युतीय राहदानी हालसम्म संसारमा जारी भएका पासपोर्टमध्ये अत्याधुनिकमा पर्छ। विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको छ। आईकाओ पिकेडीमार्फत विवरणहरु रुजु हुने हुँदा अध्यागमन कार्यालयमा छिटो र सहज हुन्छ। विद्युतीय गेटहरु भएका स्थानमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ।

विगतमा प्रदान गरिने राहदानीमा भएको व्यवस्था यथावत राखेर विद्युतीय चिप र एन्टेना राखिएको छ। औंठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरण चिपमार्फत जानकारी हुन्छ। चिप लक गरेपछि  विवरण थपघट तथा फेरबदल गर्न सकिँदैन। 

ई–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र कसलाई अनिवार्य छ?
१६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्छ। विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन। भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ। भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ।

निवेदन अस्वीकृत भएको मेसेज आएमा के गर्ने?
निवेदन अस्वीकृत भएको अवस्थामा रिजेक्सन काउन्टरमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ। रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः लाइभ इन्‍रोलमेन्ट गर्नुपर्ने हुन्छ। सुरक्षाको कारणले गर्दा एकपटक पेस भइसकेको फर्म पुनः संशोधन हुन नसक्ने भएकाले फर्ममा विवरण भर्दा होसियारी अपनाउन विभागले आग्रह गरेको छ। 

केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेकाले राहदानी बन्न नसकेको विभागले प्रष्टाएको छ। विवरण नभिडेको अवस्थामा नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन विभागले सुझाव दिएको छ। राष्ट्रिय परिचयपत्र पेस गरेर पनि विवरण नमिलेको अवस्थामा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ। 

एमआरपीको म्याद कायम भएको अवस्थामा के हुन्छ?
हालको मेसिन रिडेबल पासपोर्टको म्याद कायम रहेको अवस्थामा विद्युतीय राहदानी बनाउनु नपर्ने विभागले जनाएको छ। एमआरपीको समयावधि सकिएको भए नवीकरण हुँदैन। नयाँ पासपोर्ट लिनुपर्दछ। आईकाओले एमआरपी प्रयोगविहीन हुने वा फलानो मितिबाट कार्य नगर्ने भनी कुनै निर्णय गरेको छैन।

विद्युतीय राहदानी लिन नसकेको अवस्थामा आरआरपी बनाउन पनि सकिँदैन। तर, विदेशस्थित कूटनीतिक नियोगबाट एमआरपी प्राप्त गर्न सकिने अवस्था भने छ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ?
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ? बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बुधबार, माघ ७, २०८२
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन बुधबार, माघ ७, २०८२
स्वास्थ्यका पूर्व मन्त्रीहरुको चुनावी मैदानमा: को कहाँ? बुधबार, माघ ७, २०८२
४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्