काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह 'सी' र 'डी' को विजेता र उपविजेताको टुंगो लागेको छ। मंगलबार राति भएको खेलमा डेनमार्कसँग बराबरीमा रोकिएपनि फ्रान्स समूह 'सी' को विजेता बन्यो। यस्तै डेनमार्कले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गर्यो।
यता समूह 'डी' मा लगातार ३ खेलमा जित हात पारेको क्रोएसिया समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो। महत्वपूर्ण खेलमा जित हात पारेको अर्जेन्टिनाले समूह 'डी' को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो।
अब अन्तिम १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। यस्तै क्रोएसिया र डेनमार्कबीच अर्को खेलमा भिडन्त हुनेछ। यसअघि उरुग्वे र पोर्चुगल तथा स्पेन र रसियाबीचको भिडन्त पक्का भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।