काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। समूह 'सी' बाट यसअघि नै नकआउट चरणमा पुगेको फ्रान्स अन्तिम चरणको खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेल्दै समूह विजेता बनेको हो।
यता बराबरीपछि डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। डेनमार्कलाई अन्तिम १६ मा पुग्न बराबरी काफि थियो।
यता पेरुसँग २-० ले पराजित भएको अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ। अन्तिम १६ मा पुग्न जितका साथै डेनमार्कको हारको कामना गरेको अस्ट्रेलियाको दुवै लक्ष्य पूरा हुन सकेन।
समूहमा फ्रान्सले ३ खेलमा २ जित र १ बराबरि खेल्दै ७ अंक जोड्यो। डेनमार्कले २ बराबरी र १ जित निकाल्दै ५ अंक बटुल्यो। पेरुले १ जित हात पार्दा २ खेलमा हार बेहोर्यो। अस्ट्रेलिया २ खेलमा पराजित हुँदा १ खेलमा बराबरीमा रोकियो।
अब फ्रान्सले अन्तिम १६ मा समूह डीको उपविजेता तथा डेनमार्कले समूह डीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।