समूह सी
फ्रान्स भर्सेस डेनमार्क
समय : असार १२ गते, राति ७:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह 'सी' को अन्तिम खेलमा अस्ट्रेलिया र पेरु तथा डेनमार्क र फ्रान्सबीच आज राति पौने ८ बजे खेल हुँदैछ। फ्रान्स नकआउट चरणमा पुगिसकेको छ। पेरु लगातार दोस्रो हारसँग बाहिरिएको छ। अब अस्ट्रेलिया र डेनमार्क मध्ये १ टिम अन्तिम १६ मा पुग्नेछ।
फ्रान्सको लक्ष्य समूह विजेता र डेनमार्कको लक्ष्य अन्तिम १६ मा पुग्नु हो। नकआउट चरण पुगिसकेको फ्रान्सका लागि समूह विजेता हुँन बराबरी पर्याप्त छ। डेनमार्कका लागि पनि समूह चरण पार गर्न बराबरी नै काफी छ। हार बहोर्ने टिमको भने लक्ष्य पूरा हुनेछैन।
यसअघि नै अन्तिम १६ मा पुगेकाले फ्रान्स दबाबरहित छ। डेनमार्कपनि सहज अवस्थामा छ। डेनमार्कले हार टार्न पर्ने भएकाले उसले रक्षात्मक खेल्नेछ।
डेनमार्क र फ्रान्सबीच सन् १९९८ को विश्वकपको समूह चरणमा पनि खेल भएको थियो। खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको थियो। त्यतिबेला हारका वाबदुज पनि डेनमार्क दोस्रो चरणमा पुगेको थियो। यसपटक भने बराबरीले अन्तिम १६ मा पुग्ने डेनमार्क कुनै पनि हालतमा खेल गुमाउन चाहादैन। यता फ्रान्सले प्रतियोगितामा सोचेअनुरुप खेल्न सकेको छैन। त्यसलै नकआउट चरणमा चुस्त प्रदर्शनका लागि फ्रान्स डेनमार्कलाई हराउने अभियानमा छ।

सम्भावित टिम
डेनमार्क
कास्पर स्मेचेल, जेन्स स्टरेगर लार्सेन, आन्द्रेस क्रस्टिनसेन, सिमोन क्जाइर, हेनरिक डलागार्ड, लासी स्चोन, टोमस डेलाने, क्रिस्टियन इरिक्सेन, पिओनी सिस्टो, निकोलाइ जोर्गेसन, युसुफ युरारी पाउलसेन
फ्रान्स
हुगो लोरिस, बेन्जामिन पभार्ड, स्यामुयल उम्टिटी, राफायल भारान, लुकास हर्नान्डेज, ब्लासी माटाउटी, एनगोलो कान्टे, पाउल पोग्वा, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरुउड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।