काठमाडौं- स्पेन र पोर्चुगल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन्। समूह 'बी' अन्तिम खेलमा आ-आफ्ना खेलमा बराबरी खेल्दै स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन्। यता महत्वपूर्ण खेलमा बराबरीमा रोकिएपछि इरान भने बाहिरिएको छ।
मंगलबार बिहान सम्पन्न खेलमा स्पेन मोरक्कोसँग २-२ गोलको बराबरीमा रोकियो। मोरक्कोले दुई पटक अग्रता लिएपनि स्पेनले बराबरी गोल फर्काएको थियो। १४ मिनेटमा बाउटाइबले गोल गरेर मोरक्कोलाई अग्रता दिलाएका थिए। तर इस्कोले १९ मिनेटमा बराबरी गोल फर्काउन सफल भए। ८१ मिनेटमा इननेग्रसीले गोल गरेर मोरक्कोलाई दोस्रो पटक अग्रता दिलाए। तर इन्जुरी टाइममा इयागो अस्पासले स्पेनका लागि बराबरी गोल फर्काए।
यता पोर्चुगल र इरानले पनि १-१ को बराबरी खेले। बराबरीपछि इरान बाहिरिदा पोर्चुगल अन्तिम १६ मा पुग्यो। पोर्चुगलका लागि क्वारिज्माले ४५ मिनेटमा गोल गरे। दोस्रो हाफमा पोर्चुगलले पेनाल्टी पाएको थियो। तर क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहारलाई इरानका गोलकिपरले बिफल पारे। इरानले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। करिमले इरानका लागि पेनाल्टीमार्फत बराबरी गोल गरेपनि दोस्रो चरणका लागि पर्याप्त हुन सकेन।
समूह बी अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।