काठमाडौं- २०१८ -फिफा विश्वकप फुटबल प्रतियोगितामा एसियन टिम साउदी अरेबियाले इजिप्टलाई २-१ गोलले पराजित गरेको छ। दुवै टिम लगातार २ खेलमा पराजित भएपछि यसअघि नै बाहिरिसकेका थिए।
मंगलबार भएको समूह एको खेलमा इजिप्टलाई पराजित गर्दै साउदी अरेबियाले २४ वर्षपछि विश्वकपमा जित हात पारेको हो। साउदीले पछिल्लो पटक १९९४ मा जित हात पारेको थियो।
साउदीको जितमा दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा सालहले निर्णायक गोल गरेका थिए। त्यसअघि पहिलो हाफको इन्जुरी टाइममा साउदीका सलमानले बराबरी गोल फर्काएका थिए।
४१ मिनेटमा इजिप्टका गोलकिपर अलहडारीले साउदीका फहादको पेनाल्टीलाई बिफल पारेका थिए। हडारीले साउदी अरेबियासँग खेल्दै विश्वकपको पाका खेलाडीको रेकर्ड बनाएका थिए। उनी ४५ बर्ष ६ महिनाका भए।
त्यसअघि इजिप्टका लागि मोहमद सलाहले २२ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।