काठमाडौं– इजिप्टका गोलकिपर इसाम इल हडारी फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने सवैभन्दा पाका खेलाडी बनेका छन।
उनले सोमबार साउदी अरेबिया खेल्दै विश्वकपकै पाका खेलाडीको रेकर्ड बनाएका हुन्। उनी यसअघिका २ खेलमा टिममा परेका थिएनन्। साउदी विरुद्ध मैदान उत्रिदा उनी ४५ वर्ष १ सय ६१ दिन उमेरका छन्। यसअघि विश्वकप खेल्ने पाका खेलाडीको रेकर्ड कोलम्बियाका गोलकिपर फार्यड मोन्ड्रागोनको नाममा थियो। उनी गत संस्करणको विश्वकप खेल्दा ४३ वर्षका थिए।
हडारीले १९९६ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। २२ वर्ष राष्ट्रिय टिमबाट खेलिसकेका उनले १ सय ५८ खेल खेलेका छन्। उनले लगातार २२ वर्ष राष्ट्रिय टिमबाट खेले। जारी विश्वकपमा इजिप्टका लागि अन्तिम खेलमा मौका पाउदा उनले रेकर्ड बनाउन सफल भएका हुन्। इजिप्ट लगातार २ खेलमा पराजित हुँदै समू चरणबाटै बाहिरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।