समूह बी
स्पेन भर्सेस मोरक्को
समय– असार ११ गते, राति ११:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आज राति समूह 'बी' का निर्णायक खेल हुँदैछन्। स्पेन र मोरक्को तथा पोर्चुगल र इरानबीच एकै समयमा हुने खेलबाट अन्तिम १६ मा पुग्ने २ टिमको टुंगो लाग्दैछ। मोरक्को बाहिरिइसकेको छ भने बाँकी ३ टिममध्ये २ टिम नकआउट चरणका पुग्नेछन्।
स्पेन अन्य टिमको नतिजामा भर नपर्ने अभियानमा छ। जित वा बराबरी खेले स्पन अन्तिम १६ मा पुग्नेछ। हारेको अवस्थामा पनि स्पेनको सम्भावना हुन्छ। त्यसका लागि भने स्पनेले पोर्चुगल र इरानबीचको खेलको नतिजामा भर पर्नुपर्छ। अन्य टिमको नतिजामा भर पर्दा भने स्पेन गोल अन्तरमा अघि रहनुपर्नेछ।
स्पेनलाई प्रतियोगिताको दाबेदार टिम मानिएको छ। तर इरान विरुद्धको खेलमा स्पेनले सोचेअनुरुप प्रदर्शन गर्न सकेन। कठिन जित निकाल्दा स्पेनले अपराजित खेल संख्या २२ पुर्याएको थियो।
विश्वकपबाट बाहिरिइसकेको मोरक्को लगातार पराजित हुँदा दु:खित छ। त्यसलै मोरक्कोको एउटै लक्ष्य राम्रो खेलेर प्रदर्शन र खराब रेकर्ड सुधार गर्नु हुनेछ। दबाबबाट मुक्त भएर खेल्दा मोरक्कोले स्पेनलाई गाह्रो पर्ने सम्भावना देखिन्छ।
इरानविरुद्ध कठिन जित हात पारेपछि असन्तुष्ट देखिएका स्पेनिस प्रशिक्षक फर्नान्डो हिइरोले मिडफिल्डमा परितर्वन गर्न संकेत दिएका छन्। उनले विङमा पनि परिवर्तन गर्दै जित निकाल्ने रणनीति बनाउने अपेक्षा गरिएको छ।

रसिया विश्वकपबाट घर फर्कने पहिलो टिम बनेको मोरक्को अन्तिम खेलमा उत्कृष्ट खेल्न चाहन्छ। अंकविहीन मोरक्कोले अंकका लगि खेल्नेछ। नबिल डिएरर र नोर्डिन अमराबत टिममा फर्कंदा सकारात्मक प्रभाव पर्नेछ।
मोरक्कोले विश्वकपमा १५ खेल खेल्दा २ खेल मात्र जित हात पारेको छ। दुवै जित मोरक्कोले समूह चरणको अन्तिम खेलमा हात पारेको थियो। मोरक्कोले सन् १९८६ मा पोर्चुगललाई ३–० र सन् १९९८ मा स्कटल्यान्डलाई ३–० गोलले पराजित गरेको थियो।
सम्भावित टिम
स्पेन : डेभिड डे गिआ, जोर्डी अल्बा, सर्जिओ रामोस, जेरार्ड पिके, नाचो, सर्जिओ बुस्केट, थियागो अल्काटारा, आन्द्रेस इनिस्टा, इस्को, डेभिड सिल्भा, डिएगो कोस्टा
मोरक्को : मोनिर इल काजोउई, हाम्जा मन्डेल, रोमाइन साइस, मेहदी बनाइटा, अर्चाफ हाकिमी, हाकिम जिएच, एमबार्क बोसासोउफा, योनेस बेल्हान्डा, करिम इल अहमादी, नौरेडिन अमराबात, खालिब बाउटाइव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।