समूह ए
रसिया भर्सेस उरुग्वे
इजिप्ट भर्सेस साउदी अरेबिया
समय– असार ११ गते, समय राति ७:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आजबाट समूहको अन्तिम चरणका खेल सुरु हुँदैछन्। आज समूह 'ए' अन्तर्गत रसिया र उरुग्वेबीच पौने ८ बजे प्रतिस्पर्धा हुँदैछ। यसअघि नै समूह चरणमा पुगिसकेकाले दुवै टिम समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन्।
समूह 'ए' कै अर्को खेलमा साउदी अरेबिया र इजिप्टबीच यहि समयमा खेल हुँदैछ। दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेकाले खेल प्रतिष्ठाको लगाईमै सीमित हुनेछ।
रसिया र उरुग्वेबीच बराबरी भएमा भने रसिया समूह विजेता बन्नेछ। त्यसैले उरुग्वेले जितका लागि खेल्नेछ। समूह एमा गोल नखाने टिम उरुग्वेको फरवार्ड पनि राम्रा छन्। लुइस सुआरेज र इडिन्सन काभानीले रसियाको रक्षापंक्तिलाई गाह्रो पर्न सक्छन्।

उरुग्वेले प्रतियोगितामा सोचे जस्तो खेल्न सकिरहेको छैन। प्रशिक्षक ओस्कार ताबारेजले मिडफिल्डमा परिवर्तन गर्न सक्नेछन्।
आयोजक रसियाले अन्तिम १६ मा पुगेर आफ्नो न्यूनतमा लक्ष्य पूरा गरिसकेको छ। उच्च लयमा रहेको रसिया अब भने समूह विजेताका लागि खेल्नेछ। आफ्नो लयलाई कायम राख्न रसियाले जित बाहेक अन्य विकल्प सोचेको छैन।
सम्भावित टिम
उरुग्वे
फर्नान्डो मुस्लेरा, गुइलेर्मो भारेला, जोसे मरिया गिमेनेज, डिएगो गोडिन, मार्टिन काकेरेस, नाथालिन नान्डेज, मार्टियास भेसिनो, रोद्रिगो बेन्टाकुर, क्रिस्टियन रोद्रिगेज, इडिन्सन काभानी, लुइस सुआरेज
रसिया
इगोर अकिनफीभ, मारियो फर्नान्डेज, इल्या कुटेपोभ, सेर्जी इगनासेभिच, युरो जिर्कोभ, रवम जोब्निन, युरी गाजिन्की, डलेर कुजिइएभ, अलेक्जेन्डर गोलोभिन, डेनिस चेरीसेभ र फगोर स्मोलोभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।