काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा कोलम्बियाले पोल्यान्डमाथि ३-० को सानदार जित हात पारेको छ।
समूह 'एच' को खेलमा पहिलो जित हात पारेसँगै कोलम्बियाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवित नै राखेको छ। अन्तिम चरणको खेलअघि यस समूहमा जापान र सेनेगलको समान ४-४ अंक छ। कोलम्बियाको ३ अंक भएको छ। २ खेलमा पराजित पोल्यान्ड अंकबिहिन हुँदै प्रतियाेगिताबाटै बाहिरिएकाे छ।
अब अन्तिम चरणमा जापान र पोल्यान्ड तथा सेनेगल र कोलम्बियाबीच खेल हुनेछ। दोस्रो चरणमा पुग्न जापान र सेनेगललाई बराबरी काफी छ भने कोलम्बियालाई जितको खाँचो छ।
कोलम्बियाको जितमा युरी मिनाले ४० मिनेटमा गोल गरेका थिए। कप्तान राडामेल फाल्काओले ७० मिनेटमा अग्रता दोब्बर परेका थिए। ७५ मिनेटमा काउराडोले तेस्रो गोल गरे।
खेल विवरण




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।