काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा जापान र सेनेगलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँगै समूह 'एच' मा दुवै टिमले ४-४ अंक जोडेका छन् भने अन्तिम १६ पुग्ने सम्भावना कायम राखेका छन्।
खेलमा अग्रता सेनेगलले लियो। सेनेगलका लागि साडियो मानेले ११ मिनेटमा गोल गरेका थिए। तर ३४ मिनेटमा जापानका टाकासी इनुइले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए।
७१ मिनेटमा माउसा वागुइले गोल गरेर सेनेगललाई दोस्रो पटक अग्रता दिलाए। तर ७८ मिनेटमा जापानले दोस्रो पटक बराबरी गोल फर्काउन सफल भयो। केइसुकी हाेन्डाले गोल गर्दै जापानलाई २-२ ले अघि बढाएका थिए।
खेल विवरण






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।