काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा इंल्यान्डले पानामामाथि ६–१ को सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ।
समूह 'जी' को खेलमा लगातार २ जित निकालेको इंग्ल्यान्डले अन्तिम खेलअघि नै नकआउट चरणमा स्थान बनाएको हो। इंग्ल्यान्डले पानामालाई हराएपछि बेल्जिमयले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ। यता लगातार २ खेलमा पराजित भएका पानामा र ट्युनिसिया भने बाहिरिएका छन्। अब इंग्ल्यान्ड र बेल्जियमबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ।
इंल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे। केनले २२ र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरेका थिए। यस्तै उनले ६२ मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे।
यस्तै जोन स्टोन्सले २ गोल गर्न सफल भए। उनले ८ र ४० मिनेटमा गोल गरेका थिए। जिसे लिंगार्डले ३६ मिनेटमा गोल गरेका थिए। पानामाका लागि बालोएले ७८ मिनेटमा गरेको गोल सान्त्वना गोल फर्काएका थिए।
जारी विश्वकपमा एकै खेलमा बढी गोल गर्ने टिम इंग्ल्यान्ड बन्यो। यसअघि आयोजक रसियाले साउदी अरेबियालाई ५ –० गोलले हराएको थियो।
खेल विवरण





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।