समूह एच
जापान भर्सेस सेनेगल
समय– असार १० गते, राति ८:४५ बजे
काठमाडौं– २०१८ विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति समूह 'एच'को महत्वपूर्ण खेलमा जापान र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ।
जापानले कोलम्बियालाई २–१ ले हराउँदै उत्कृष्ट खेल पस्केको थियो। तर जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई अपेक्षाकृत दबावमा राख्न सकेन। पहिलो खेलमा हात पारेको ३ अंकले जापानको आत्मविश्वास बढेको छ।
पहिलो खेलमा पोल्यान्डमाथि जित निकालेको सेनेगल जारी विश्वकपमा लयमा देखिएको अफ्रिकन टिम हो। जापान विरुद्ध जित हात पारे सेनेगलको अन्तिम १६ को यात्रा सहज हुनेछ।
जापानका प्रशिक्षक निशिनोले कोलम्बिया विरुद्ध मैदान उत्रिएको टिमलाई नै सेनेगल विरुद्ध उतार्न सक्छन्। यसपटक पनि केइसुके होन्डा बेन्चमा हुने अनुमान छ। डिफेन्डर जेन शोजीले विश्वकपका डेब्यू गर्दा उत्कृष्ट खेलेका थिए। सेनेगल विरुद्ध जापानले एक खेलाडी भन्दा पनि टिम गेममा ध्यानु जरुरी भएको टिमले विश्लेषकले बताएका छन्।

सेनेगलले जापान विरुद्ध पोल्यान्ड जस्तै खेल्ने अपेक्षा गरको छ। सेनेगलले विश्वकपको समूह चरणमा अहिलेसम्म हार बेहोरेको छैन।
सम्भावित टिम
जापान– इजी कावाशिमा, हिरोकी सकाइ, माया योशिदा, जेन शोजी, युट्टो नागातोमो, माकोटो हासिबे, गाकु शिकाशाकी, गेन्की हारगुची, सिन्जी कागावा, ताकासी इनुइ, याया ओसाको
सेनेगल– खादिम एनडियाये, मोउसा वागी, सरिफ साने, कालिडोउ काउललीबाली, लामिन ग्रासामा, स्माइल सार, अल्फेड एनडियाये, इड्रिसा गाने गुयु,ए साडियो माने, मानमे डियोफ, एमबाये नियाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।