काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा मेक्सिको लगातार दोस्रो जित निकाल्दै नकआउट चरण नजिक पुगेको छ। मेक्सिकोले शनिबार भएको समूह 'एफ'को खेलमा दक्षिण कोरियालाई २-१ गोलले पराजित गरेको हो। लगातार दोस्रो हारपछि कोरिया भने समूह चरणबाट बाहिरिने खतरा बढेको छ।
शनिबार मेक्सिकोका लागि कार्लोस भेलाले २६ मिनेटमा गोल गरेर अग्रता दिलाए। कोरियाका सन जाङले डिबक्सभित्र ह्यान्ड गरेपछ प्राप्त पेनाल्टीमा भेलाले गोल गरेका हुन्।
मेक्सिकोका लागि जाभियर हर्नान्डेजले ६६ मिनेटमा दोस्रो गोल गरे। लोजानोले उपलब्धा गराएको पासमा उनले गोल गरेका थिए।
कोरियाका लागि मिन सनले इन्जुरी टाइमको तेस्रो मिनेटमा आकर्षक गोल गर्दै मेक्सिकोको अन्तर २-१ मा झारे। उनले डिबक्स नजिकबाट अाकर्षक गोल गरेका थिए। तर त्यतिबेलासम्म कोरियलाई खेलमा फर्कन ढिला भइसकेको थियो।
यसअघि पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई पराजित गर्दा कोरियालाई स्विडेनले हराएको थियो।

ु



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।